+977 9854027065 | akulpdsah@gmail.com

धनुषा प्रहरीले १३ दिनमा चोरबाट ४० मोटरसाइकल गरियो वरामद

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

907 Views

कमल साह
जनकपुरधाम, जेठ १९ गते । धनुषा जिल्लामा बढदैगएको चोरी नियन्त्रण गर्न चलाएको अभियान अन्तर्गत १३ दिन भित्रमा ४० वटा चोरीका मोटरसाईकल बरामद गरेको छ र सात दिन भित्रमा विभिन्न किसिमका चोरीमा संलग्नको आरोपा १३ जना लाई जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको छ ।
विभिन्न चोरी घटनामा संलग्न रहेका आरोपमा पक्राउ परेका चोरलार्ई जिप्रका धनुषा ले विहिवार सार्वजनिक गरेको छ ।
जिप्रका धनुषाद्वारा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक भएका चोरहरुमा एक जना महिला हुन भने बाँकी १२ जना पुरुष रहेका छन ।
पक्राउ परेका चोरहरुमा जानकी मन्दिरमा चैन काट्नेदेखि सुनका गरगहना, मोटरसाइकल, साइकल र मोबाइल चोरीका घटनामा संलग्न रहेकाहरु हुन जिप्रका प्रमुख एस.पी. विश्वराज खड्का बताउनु हुन्छ । जिप्रका धनुषाले परिचालन गरेको २५ सदस्यीय टोलीको सहयोगमा उनिहरु पक्राउ परेका हुन उहाँ थप्नुहुन्छ ।
जेठ १० गतेसम्म चोरी आरोपमा पक्राउ परेका मध्ये एक जना धरौटीमा छुटेको, ३ जना करागार चलान भएको बताउँदै एसपी खड्काले बांकी २३ जना र यत्ता पक्राउ परेका १३ समेत ३६ जना माथि अनुसन्धान भइरहेको थप्नुभयो ।
विभिन्न चोरीको आरोपमा समातिएकाहरु यस प्रकार रहेका छन । उहाँले ६ दिन भित्रमा बरामद गरिएको १३ वटा मोटर साइकल पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै थप्नुभयो यो १३ दिनको अभियानमा ४० वटा मोटरसाईकल बरामद भएको छ ।


मोटरसाईकलको नम्बर बदलेर चोरहरुले चढदै आएको बताउँदै उहाँले यदी कसैको मोटरसाईकल चोरीएको छ भने आफना प्रमाणका रुपमा चेसीस नम्बर खुल्ने कागजात लिई आउन सुझाब दिनुहुन्छ ।
जिल्ला प्रहरी कार्यालयमा थन्किएको मोटरसाईकल हेराउँदै उहाँले हालसम्म दाबी गर्न नआएका सवारीहरुलाई अब लिलाम प्रक्रियाको लागि कार्यवाही चलाईने थप्नुभयो ।
चालु आर्थिक वर्ष २०७९÷८० मा हालसम्म चोरी घटनामा पक्राउ परेका ५ सय ९ जना मध्ये चोरी घटना मुद्दा र चोरी घटनामा पक्राउ परेपनि अभद्र व्यवहार मुद्दा दर्तामा गरी १ सय ३१ जनालाई कारागार पठाइएको बताउनु भयो ।
उहाँले चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ७ सय फरार प्रतिवादीलाई पक्राउ गरी ६७ लाखभन्दा बढी रकम जरिवाना र साढे ७ करोड रुपैया भन्सार चोरी निकासीबाट बरामद गरिएका सामानबाट राजश्व संकलन गरिएको बताउनु भयो

धनुषामा चालु आ.व.मा हालसम्म ४ सय ३८ वटा चोरी घटना भएकोमा ९९ वटा चोरी घटना मुद्दा दर्ता भएको र पिडीतले जाहेरी दिन नमानेपछि चोरी घटनालाई अभद्र व्यवहार मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाइएको उहाँले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

1 दिन पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

3 दिन पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

1 महीना पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

1 महीना पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

2 महीना पहिले