धनुषा प्रहरीले १३ दिनमा चोरबाट ४० मोटरसाइकल गरियो वरामद

कमल साह
जनकपुरधाम, जेठ १९ गते । धनुषा जिल्लामा बढदैगएको चोरी नियन्त्रण गर्न चलाएको अभियान अन्तर्गत १३ दिन भित्रमा ४० वटा चोरीका मोटरसाईकल बरामद गरेको छ र सात दिन भित्रमा विभिन्न किसिमका चोरीमा संलग्नको आरोपा १३ जना लाई जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको छ ।
विभिन्न चोरी घटनामा संलग्न रहेका आरोपमा पक्राउ परेका चोरलार्ई जिप्रका धनुषा ले विहिवार सार्वजनिक गरेको छ ।
जिप्रका धनुषाद्वारा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक भएका चोरहरुमा एक जना महिला हुन भने बाँकी १२ जना पुरुष रहेका छन ।
पक्राउ परेका चोरहरुमा जानकी मन्दिरमा चैन काट्नेदेखि सुनका गरगहना, मोटरसाइकल, साइकल र मोबाइल चोरीका घटनामा संलग्न रहेकाहरु हुन जिप्रका प्रमुख एस.पी. विश्वराज खड्का बताउनु हुन्छ । जिप्रका धनुषाले परिचालन गरेको २५ सदस्यीय टोलीको सहयोगमा उनिहरु पक्राउ परेका हुन उहाँ थप्नुहुन्छ ।
जेठ १० गतेसम्म चोरी आरोपमा पक्राउ परेका मध्ये एक जना धरौटीमा छुटेको, ३ जना करागार चलान भएको बताउँदै एसपी खड्काले बांकी २३ जना र यत्ता पक्राउ परेका १३ समेत ३६ जना माथि अनुसन्धान भइरहेको थप्नुभयो ।
विभिन्न चोरीको आरोपमा समातिएकाहरु यस प्रकार रहेका छन । उहाँले ६ दिन भित्रमा बरामद गरिएको १३ वटा मोटर साइकल पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै थप्नुभयो यो १३ दिनको अभियानमा ४० वटा मोटरसाईकल बरामद भएको छ ।
मोटरसाईकलको नम्बर बदलेर चोरहरुले चढदै आएको बताउँदै उहाँले यदी कसैको मोटरसाईकल चोरीएको छ भने आफना प्रमाणका रुपमा चेसीस नम्बर खुल्ने कागजात लिई आउन सुझाब दिनुहुन्छ ।
जिल्ला प्रहरी कार्यालयमा थन्किएको मोटरसाईकल हेराउँदै उहाँले हालसम्म दाबी गर्न नआएका सवारीहरुलाई अब लिलाम प्रक्रियाको लागि कार्यवाही चलाईने थप्नुभयो ।
चालु आर्थिक वर्ष २०७९÷८० मा हालसम्म चोरी घटनामा पक्राउ परेका ५ सय ९ जना मध्ये चोरी घटना मुद्दा र चोरी घटनामा पक्राउ परेपनि अभद्र व्यवहार मुद्दा दर्तामा गरी १ सय ३१ जनालाई कारागार पठाइएको बताउनु भयो ।
उहाँले चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ७ सय फरार प्रतिवादीलाई पक्राउ गरी ६७ लाखभन्दा बढी रकम जरिवाना र साढे ७ करोड रुपैया भन्सार चोरी निकासीबाट बरामद गरिएका सामानबाट राजश्व संकलन गरिएको बताउनु भयो
।
धनुषामा चालु आ.व.मा हालसम्म ४ सय ३८ वटा चोरी घटना भएकोमा ९९ वटा चोरी घटना मुद्दा दर्ता भएको र पिडीतले जाहेरी दिन नमानेपछि चोरी घटनालाई अभद्र व्यवहार मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाइएको उहाँले बताउनु भयो ।
कमेन्ट गर्नुहोस्

हंसपुर नगरपालिकामा ८४ करोड भन्दा बढी बेरुजु
मिथिला जागरण समाचारदाताजनकपुरधाम, बैशाख २० गते । हंसपुर नगरपालिकामा ८४ करोड भन्दा बढी बेरुजु रहेको छ । महालेखापर..
6 दिन पहिले
खुलेआम अवैध रूपमा नदीजन्य सामग्री उत्खनन सम्बन्धीत निक..
धिरेश दत्तजनकपुरधाम, बैशाख १८ गते । धनुषाको मिथिला नगरपालिका–५ स्थित औरहीबाबा सामुदायिक वन क्षेत्रबाट दिउँसो..
8 दिन पहिले
पुर्ब राजा ज्ञानेन्द्रलाई काशिको पुजारी बन्न सुझाए – मन..
रश्मि पटेल, रौतहटरौतहट, चैत्र १९ गते । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एब्म पुर्ब मन्त्री योगेन्द्र यादवल..
1 महीना पहिले
पत्रकार रजकको हत्या विरोधमा रैली
कमल साहजनकपुरधाम ,चैत्र १६ गते । नेपाल पत्रकार महासङ्घ धनुषाले एभिन्युज टेलिभिजनका क्यामरा पर्सन सुरेश रजकको शु..
1 महीना पहिले
हंसपुर नगरपालिकामा माओवादीको तालाबन्दी
कमल साहजनकपुरधाम,चैत्र १५ गते । हंसपुर नगर प्रमुखलाई गुठीको जमिनमा निर्माण भएको घर भत्काउन दबाबको लागि मओवादीका ..
1 महीना पहिले
संवाददाता
संवाददाता
संवाददाता

