+977 9854027065 | akulpdsah@gmail.com

भ्रष्टचारी अधिकृत र लेखा प्रमुखले नक्कली बिल बिजकबाट खाए २२ लाख

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

704 Views

रंजित चौरसिया, वीरगंज १८ असार । पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा नक्कली बिल बिजकबाट २२ लाख भन्दा बढी रुपैयाँ भुक्तानी भएको पाईएको छ । सो नगरपालिकामा आर्थिक वर्ष २०७८÷०७९ मा विभिन्न संस्थाहरुबाट कार्यक्रम संचालन गरेको देखाई नक्कली बिल बिजकबाट २२ लाख भन्दा बढी भुक्तानी भएको पाईएको हो ।
सो नगरपालिकाका तत्कालिन भ्रष्ट प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादव र लेखा प्रमुख श्याम नारायण भगत मालीले पान नम्बरमा दर्ता भएको संस्थाको नाममा मुल्य अभिबृद्धि करमा दर्ता भएको जनाई नक्कली बिजकबाट भुक्तानी देखाई लाखौं लाख रुपैयाँ घोटाला गरेको स्थानीयको आरोप छ ।
मुल्य अभिबृद्धि कर ऐन, २०५२ को दफा १४ बमोजिम मुल्य अभिबृद्धि करमा दर्ता भएका फर्म संग तोकिएको ढाँचाको कर बिजक लिई खरिद गर्नुपर्ने व्यवस्था छ । तर नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत यादव र लेख प्रमुख मालीले पान नम्बरमा दर्ता भएको विभिन्न गैर सरकारी संस्थाहरुको नाममा मुल्य अभिबृद्धि करमा दर्ता भएको देखाई नक्कली बिजकबाट भुक्तानी गरि लाखौं लाख रुपैयाँ हिनामिना÷घोटाला गरेका छन् ।
तत्कालिन प्रमुख प्रशासकीय अधिकृत यादव र लेखा प्रमुख मालीले आर्थिक वर्ष २०७८÷०७९ मा समाज कल्याण प्रतिष्ठान नेपाल बारा संग बृक्षारोपण तथा वातावरण संरक्षण कार्ययोजना तयारी, समाजको लागि मानव अधिकार र विकास संस्था संग सार्वजनिक सुनुवाई कार्यक्रम र परिवर्तनशिल समाज बारा संग पोषण स्वास्थ्य तालिम तथा सामग्री वितरण कार्यक्रम गरि मुल्य अभिबृद्धि कर सहित २२ लाख २३ हजार ८८२ रुपैयाँ भुक्तानी देखाएका छन् ।
तर ती गैरसरकारी संस्थाहरुबाट पेश भएको मुल्य अभिबृद्धि कर बिजक परीक्षण गर्दा मुल्य अभिबृद्धि करमा दर्ता नभएको महालेखा परिक्षण कार्यालयको प्रतिवेदनमा उल्लेख छ । तर अधिकृत यादव र लेखा प्रमुख मालीले फर्जी÷नक्कली बिल बनाएर सो संस्था मुल्य अभिबृद्धि करमा दर्ता रहेको देखाई सो कार्यक्रम वापत २ लाख २९ हजार बढी रुपैयाँ मुल्य अभिबृद्धि कर सहित १९ लाख ९४ हजार गरि २२ लाख भन्दा बढी रुपैयाँ नक्कली बिलमार्फत भुक्तानी देखाई लाखौं लाख रुपैयाँ हिनामिना गरेको स्थानीयको आरोपलाई मलेपको प्रतिवेदनले पुष्टि गरेको देखिन्छ ।
पान नम्बरमा दर्ता भएको संस्था वा फर्मबाट २० हजारभन्दा बढीको कारोबार गर्न नमिल्ने कानुनी व्यवस्था छ । तर अधिकृत यादव र लेखा प्रमुख मालीसहितकाले कमिसनको सेटिङ्गमा पान नम्बरमा दर्ता रहेको संस्थालाई मुल्य अभिबृद्धि करमा दर्ता भएको नक्कली बिजक बनाई ऐन विपरित खर्च गरि लाखौं रुपैयाँ हिनामिना गरेको देखिन्छ ।
मलेपको कार्यालयले पान नम्बरमा दर्ता भएको संस्थाको नाममा मुल्य अभिबृद्धि कर रकम सम्बन्धित संस्थाबाट असुल गर्नुपर्ने बेरुजुमा बर्गिकरण गरेको छ । सरकारी कार्यालय संग २० हजारभन्दा बढीको कारोबार गर्दा मुल्य अभिबृद्धि कर (भ्याट) बिलमा काम गर्नुपर्ने व्यवस्था छ ।
तर तत्कालिन भ्रष्ट अधिकतृ यादव र लेखा प्रमुख मालीले जानी जानी पान नम्बरमा दर्ता रहेको फर्मबाट त्यती मुल्य बराबरको कार्यक्रम गर्न नमिल्ने भए पनि अबैध आर्थिक लाभ लिन पदको दुरुपयोग गर्दै पान नम्बरको बिजकलाई भ्याटमा दर्ता भएको नक्कली बिल बनाई भुक्तानी देखाएर लाखौं रुपैयाँ हिनामिना गरे पनि मियमनकारी निकायको ध्यान नजाँदा पर्सागढीबासीहरु आश्चर्यमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

1 दिन पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

3 दिन पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

1 महीना पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

1 महीना पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

2 महीना पहिले