धनुषालाई सुख्खा क्षेत्र घोषणा गर्न विपद् व्यवस्थापनको मांग

कमल साह
जनकपुरधाम, साउन २२ गते । श्रावण महिनाको तेश्रो हप्तामा पनि वर्षा नहुँदा खेतहरु बाँझै रहन गएको र विडारमै धानको वेर्ना सुकिसकेले धनुषा जिल्लालाई सुख्खा क्षेत्र घोषण गर्ने निर्णय गरेको छ ।
जिल्लामा रहेको चपाकल, इनार सुकेर पिउने पानीको अभाव भएको, सिँचाइ नहुँदा धान रोपाई हुन नसकेको ठहर गर्दै जिल्ला विपद् व्यवस्थापन समिति धनुषाले सुख्खा क्षेत्र घोषणा गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।
विपद् व्यवस्थापन समितिले जिल्ला प्रशासन कार्यालय धनुषामा बुधबार गरेको बैठकले सुखा क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।
उक्त बैठकले लामेसमयदेखि वर्षा नहुँदा धनुषामा करिब ३३ प्रतिशतमात्र धान रोपाइँ भएको र केही स्थानीय तहमा सिँचाइको व्यवस्था भए पनि कमला नदीको बहाव न्यून हुँदा नहरमा पानी सञ्चालन हुन नसकेकाले धान रोपाई प्रभावित भएकाले धनुषालाई सुख्खा क्षेत्र घोषण गर्न गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले बताउनु भयो ।
यस क्षेत्रमा पर्याप्त वर्षा नहुँदा इनार, चापाकल, डिप बोरिङ सुक्न गएको ले खानेपानीे समेत हाहाकार भएको प्रजिअ दाहालले बताउनु भयो ।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सुख्खा क्षेत्रहरूमा विज्ञको टोली खटाएर स्थलगत अनुगमन गरी प्रभावित घरधुरीलाई राहतका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अनुरोध गर्ने, कृषि विद्युत् प्रसारण लाइनको व्यवस्था गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
बैठकले स्थानीय तहहरूले धान रोपाईको अवस्था, सुख्खा क्षेत्रको विवरण तथा खानेपानीको अभाव भएका क्षेत्रहरूको पहिचान गरी ३ दिनभित्र जिल्ला विपद् व्यवस्थापन समितिमा पेस गर्न र किसान तथा सर्वसाधारणले पाउने राहतका लागि संघीय खानेपानी मन्त्रालय, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, गृह तथा सञ्चार तथा कानुन मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
बैठकले रोपाइँ भएको क्षेत्रमा उपलब्ध प्रविधिमार्फत सिँचाइ गर्नुपर्ने अवस्थामा खासगरी विद्युत महसुलमा विशेष छुट उपलब्ध गराउन अनुरोध गर्ने निर्णय गरेको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले लम्पी स्किन संक्रमित पशुलाई खोप लगाउन स्थानीय तहले पशु अस्पतालसँग समन्वय गरी खोप खरिद गर्ने, डेंगी नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, आँखा पाक्ने रोगको उपचार गर्ने व्यवस्थाका लागि स्वास्थ्य कार्यालयसँग समन्वय गर्ने निर्णय गरेको छ ।
पहाडी क्षेत्रमा लगातारजसो पानी परिरहे पनि तराई मधेशका जिल्लामा खासै पानी परेको छैन । गएको जेठ ३१ गते नेपालमा मनसुन भित्रिएको थियो । त्यस यता कोशी, बाग्मती र गण्डकी प्रदेशमा लगातारजसो पानी परिहरेको छ । तर, मधेश प्रदेशमा पानी नपरेको ले खानेपालीको समहेत हाहाकार हुन गएको छ ।
पानीको समस्या देखेर नै मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गर्न जसपाका अध्यक्ष यादव उपेन्द्र यादवले एक कार्यक्रममा सरकारसंग मांग गर्नुभयो ।
मुसहर समुदायबाट एसईई उतीर्ण गरेका विद्यार्थीहरुको सम्मानमा साउन १६ गते अयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथिको आसनबाट अध्यक्ष यादवले मधेशलाई सुखा क्षेत्र घोषणा गर्न मांग गरेका हुन् । उहाँले खडेरीको समस्या समाधान गर्नका लागि गाउँ गाउँमा डीप बोरिङ्गको व्यवस्था गर्न आग्रह गर्नुभयो ।
मुख्यमन्त्री यादवलाई एमालेको पाँच बुँदे ज्ञापन नेकपा एमालेले मुख्यमन्त्री सरोज कुमार यादवलाई साउन १४ गते पाँच बुँदे ज्ञापन पत्र बुझाएको छ ।
एमालेको तर्फबाट प्रमुख सचेतक लखन दास तत्माले बुझाउनु भएको ज्ञापन पत्रमा मधेशमा देखिएको खडेरीको समस्या प्रति सचेत हुन ध्यानाकर्षण गराउनु भयो ।
एमालेको मागमा तत्काल मधेशलाई सुख्खाक्षेत्र घोषणा गर्न, लम्पि स्कीन रोगको निदान तथा नियन्त्रणका लागि प्राविधिक परिचालन गर्न र किसानलाई क्षतीपुर्ती दिन, उनलाई मल खाद्यको सरल सहज उपलब्धता बनाउन, यस वर्षको बिजुली बिल सरकारले तिरिदिनुपर्ने र आठवटै जिल्लामा कृषि तथा पशु अनुसन्धान प्रयोगशालाको व्यवस्था हुनुपर्ने रहेको छ ।
सो अवसरमा मुख्यमन्त्री सरोज कुमार यादवले मधेशमा परेको रौदी प्रति सरकार जानकार र गम्भिर रहेको भन्दै केहि दिनमै केहि निर्णय लिने बताउनु भयो ।
कमेन्ट गर्नुहोस्

हंसपुर नगरपालिकामा ८४ करोड भन्दा बढी बेरुजु
मिथिला जागरण समाचारदाताजनकपुरधाम, बैशाख २० गते । हंसपुर नगरपालिकामा ८४ करोड भन्दा बढी बेरुजु रहेको छ । महालेखापर..
11 दिन पहिले
खुलेआम अवैध रूपमा नदीजन्य सामग्री उत्खनन सम्बन्धीत निक..
धिरेश दत्तजनकपुरधाम, बैशाख १८ गते । धनुषाको मिथिला नगरपालिका–५ स्थित औरहीबाबा सामुदायिक वन क्षेत्रबाट दिउँसो..
12 दिन पहिले
पुर्ब राजा ज्ञानेन्द्रलाई काशिको पुजारी बन्न सुझाए – मन..
रश्मि पटेल, रौतहटरौतहट, चैत्र १९ गते । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एब्म पुर्ब मन्त्री योगेन्द्र यादवल..
1 महीना पहिले
पत्रकार रजकको हत्या विरोधमा रैली
कमल साहजनकपुरधाम ,चैत्र १६ गते । नेपाल पत्रकार महासङ्घ धनुषाले एभिन्युज टेलिभिजनका क्यामरा पर्सन सुरेश रजकको शु..
1 महीना पहिले
हंसपुर नगरपालिकामा माओवादीको तालाबन्दी
कमल साहजनकपुरधाम,चैत्र १५ गते । हंसपुर नगर प्रमुखलाई गुठीको जमिनमा निर्माण भएको घर भत्काउन दबाबको लागि मओवादीका ..
1 महीना पहिले
संवाददाता
संवाददाता
संवाददाता

