लक्ष्मी महासेठ सोसल वेलफेयर ट्रस्ट द्वारा आठ सय जना नि शुल्क उपचार र औसधि
निरंजन साह, जनकपुरधाम
जनकपुरधाम, भाद्र १० गते । धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ६ हरिपुरमा आज शनिवार निःशुल्क स्वास्थ्य शिविर संचालन गर्नुभएको छ ।
श्री लक्ष्मी महासेठ सोसल वेलफेयर ट्रस्टले हरिपुरस्थित माध्यमिक विद्यालयको प्राङ्गणमा सो शिविर संचालन गरेको थियो । शिविरमा आठ सय जनाले स्वास्थ्य जाँच गराई लाभ लिएको ट्रस्टका अध्यक्ष प्रमेश्वर महासेठले बताउनुभयो ।
गत साल करिब एक हजार पाच सय जनाले स्वास्थ्य जाँच गराइ लाभ लिनुभएको थियो तर यो साल बर्षाको कारण प्रभावित भएको डा.रामेश्वर महासेठले बताउनुभयो ।
यो वर्ष ट्रस्टले चार देखि ५ हजार जनाको उपचार गर्ने टारगेट राखेको थियो तर पानी परेर धेरै प्रभावित हुनगएको डा. चन्देश्वर महासेठले बताउनुभएको छ।
शिविरमा मेडिसिन, डेन्टल, सर्जन, गाइनो, बालरोग लगायतका दक्ष तथा अनुभवी चिकित्सकहरुले स्वास्थ्य जाँच गर्नुभएको शिविर व्यवस्थापक सहयोगी स्थानीय श्याम महतोले बताउनुभएको छ।
उपचार गराउनु आउनुभएको स्थानीय ५८ वर्षीय जित बहादुर परियारलाई पाखुरा दुख्ने समस्याले ग्रहसितले परेसान थियो तर गाउमै निशुल्क उपचार र औसधि पाउदा खुसी व्यक्त गर्नुभएको छ।
त्यस्तै उपचार गराउनु आउनुभएकी ७४ वर्षीय मुसिमाया लम्माले भन्निन हामी धेरै गरिब छौ घरमै निशुल्क उपचार भएकोमा भन्नुभयो यो सबै प्रमेश्वर महासेठको देन रहेको बताउनुभयो ।
उस्तै उपचार गराउनु आउनुभएको ५८ वर्षीय रामजतन महतो ,६७ वर्षीय रामप्रकाश महतो र ७५ वर्षीय मनमाया लम्माले भन्नुभयो समाज सेवा नै सबै धर्म रहेकोे यस्तो धेरै कामहरु श्री लक्ष्मी महासेठ सोसल वेलफेयर ट्रस्टले गर्नुभएको हो।

शिविरमा बालरोग विशेषज्ञ डा. चन्देश्वर महासेठ, फिजिसियन डा. रामेश्वर महासेठ, सर्जन प्रा.डा. सुबोध अधिकारी, गाईनो डा. संदिप पाण्डेय, मेडिकल अफिसर डा. विपिन साह, डा.सरोज साह, डेन्टीष्ट डा. ललिता यादव, रंजित राउत लगायतका चिकित्सकहरुले सम्बन्धित विरामीहरुको स्वास्थ जाँच गर्नुभएको थियो ।
यता शिविरमा जाँच गराएका विरामीहरुलाई पुर्जा अनुसारको औषधी समेत निःशुल्क वितरण गरिएको शिविर व्यवस्थापक श्री लक्ष्मी महासेठ सोसल वेलफेयर ट्रस्टका अध्यक्ष प्रमेश्वर महासेठले बताउनुभयो ।
बसाई जनकपुरधाममा भएपनि प्रत्येक वर्ष आफ्नो कुल देवताको पूजापाठ गर्न जन्मभूमि गाउँ हरिपुर आउने गरेको र सोहि मौकामा यहाँ आफ्नो बाजेको नामले स्थापित श्री लक्ष्मी महासेठ सोसल वेलफेयर ट्रस्टको आयोजनामा स्वास्थ शिविर लगाउने गरेको व्यवस्थापक महासेठले बताउनुभएको छ।
कमेन्ट गर्नुहोस्
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
8 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
2 महीना पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
2 महीना पहिले
संवाददाता
