+977 9854027065 | akulpdsah@gmail.com

वरिष्ठ पत्रकार श्री नेपाली रहनु भएन

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

481 Views

कमल साह
जनकपुर धाम, भाद्र १२ गते । प्रजातन्त्र,लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रका २००७ सालका अथक योद्धा, नेपाली पत्रकारिताका भीष्म पितामह, साहित्य स्रष्टा, इतिहासविद, गूगल म्यान,ष्लकअजयिउभमष्ब, क्रान्तिवीर अभिनन्दनीय व्यक्तित्व राजेश्वर नेपाली ज्यू ८० वर्षको अल्पायुमा आज मिति २०८० साल भाद्र ११ गते सोमबारको साँझ ८ ः ५ बजेमा बैकुणठ बास हुनु भयो ।
उहांको अन्तिम यात्रा बिहान १० बजे मातृभुमी बेला गाउँ बाट निस्किने छन । नगर दर्शन पश्चात गाउँ मै ( दुधमति पुल गोविन्द मंन्दिर भन्दा पूर्व)अन्तिम संस्कार गरिने छ ।
दिवंगत आत्माको चीर शान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।


वि.सं. २००२ साल भदौ १९ गते धनुषाको बिन्धी गाविसको वडा नं. १ हाल जनकपुरधाम उपमहागनरपालिकाको वडा नं. २३ लादोबेलामा जन्मेका नेपाली पत्रकारिताका साथ साथै प्रजातन्त्र, लोकतन्त्रका हरेक जनआन्दोलनहरुमा अगुवाका रुपमा काम गरेका छन् ।
नेपाली जिउँदा ईतिहास थिए । २००७ साल देखिको विभिन्न आन्दोलन, देशमा कुन तिथि र समयमा के परिवर्तण, घटना परिघटनाहरु भए कुनै पनि बेला मौखिक (मुहजवानी) भन्न सक्ने क्षमताका उनको निधनले एक ईतिहाँसनै गुमाउनु परेको उनीबाट धेरै कुरा सिकेका मधेश सरकारका पुर्व सञ्चार तथा गृहमन्त्री भरत साह बताउछन् ।


देशका पहिला प्रधानमन्त्री विपी कोइराला देखि कांग्रेसका चर्चित नेताहरु संग पत्रकार र आन्दोलनका अगुवाका रुपमा काम गरिसकेका नेपाली एक पुत्र र पत्नी वियोग समेत सहि सकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..

कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..

11 दिन पहिले

जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..

11 दिन पहिले

नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..

मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..

11 दिन पहिले

होटल व्यवसायीहरुको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने प्..

नारायण घिमिरेमहोत्तरी, असार ८ गते । मधेस प्रदेशका होटल सञ्चालकहरुको व्यवसायिक क्षमता अभिवृद्धि तथा होटेलको स्त..

13 दिन पहिले

संघीय निजामती सेवा विधेयकमा मधेशी समुदायको समावेशीताको..

प्रेमचन्द्र झा, काठमाडौं, असार ०३ गते । संघीय निजामती सेवा विधेयक, २०८२ मा मधेशी समुदायको निष्पक्ष, समावेशी र न्या..

18 दिन पहिले