+977 9854027065 | akulpdsah@gmail.com

नयाँ नेपाली फिल्म ‘मायावी’को यतिबेला छायाकंन गर्ने तयारी

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

978 Views

प्रविण भटराई समाचारदाता
काठमाण्डौ, भदौ २७ गते । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली फिल्म ‘मायावी’को यतिबेला छायाकंन गर्ने तयारी हुर्दैछ । छायाकंनअघि यस फिल्मका मुख्य कलाकारहरुको लाइनअप सार्वजनिक भइरहेको छ ।

फिल्मका लागि असअघि नै दीपिका प्रसाई, पल शाह र सुशील सिटौला अनुबन्धित भइसकेका छन् । अभिनेता पल झण्डै डेढ वर्षपछि यसै फिल्ममार्फत रजतपटमा कमव्याक गर्दैछन् । अब यो फिल्ममा मोडल समिम खान भित्रिएका छन् । समिमको यो डेब्यू फिल्म हुनेछ ।

समिम ‘म्यान हन्ट इन्टरनेशनल नेपाल २०१६’का विजेता हुन् । दीपिका र दिवाकरले यस अघि फिल्म ‘ऐश्वर्य’मा सहकार्य गरिसकेका छन् ।

फिल्ममा निर्देशक भट्टराई स्वयंको कथा रहनेछ । क्रिएटिभ सिने आर्टसले निर्माण गर्न लागेको फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ ।

फिल्म असोज २ गतेबाट फ्लोरमा जानेछ । फिल्मको छायांकन पोखराको रमणीय स्थलमा गरिने निर्देशक भट्टराईले जानकारी दिए ।

दिवाकरले फिल्म ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ड्रिम्स’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ निर्देशन गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

13 दिन पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

16 दिन पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

1 महीना पहिले

धनकौलका उखु किसान धर्नामा

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..

2 महीना पहिले

सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..

3 महीना पहिले