+977 9854027065 | akulpdsah@gmail.com

मुटुरोगीको संख्या बढ्दै गएको वरिष्ठ मुटुरोग विशेषज्ञ ः डा.रामकिशोर

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

2531 Views

निरंजन साह, जनकपुरधाम
जनकपुरधाम, आश्विन्र १३ गते । वरिष्ठ मुटुरोग विशेषज्ञ डा.रामकिशोर साहले खानपान तथा जीवनशैलीमा हेलचक्र्याई गर्दा मुटुरोगीको संख्या बढ्दै गएको बताएका छन् ।
शुक्रबार विश्व मुटुदिवसको अवसरमा जनकपुरधामको थापाचोक स्थित पार्वती हार्ट सेन्टरले बिरामीको निःशुल्के मुटु जाँच शिविरमा बोल्दै डा. साहले मुटुरोग हुनबाट बच्न तथा लागेपनि खानपान तथा जीवनशैलीमा परिवर्तन गरे त्यसबाट बच्न सकिने बताए ।
सेन्टरका संचालक समेत रहेका सीनियर कन्सल्टेन्ट कार्डियोलोजिष्ट प्राचार्य डा. राम किशोर साहले धुम्रपान तथा मध्यमान गर्ने व्यक्तिमा मुटुरोगको संक्रमणको जोखिम बढी रहेको समेत बताए ।
धुम्रपान तथा मध्यपान नगर्न उनको सुझाव छ ।


डाक्टर साहका अनुसार विरामी हुँदा मानिसले विशेषज्ञको सल्लाहविनै मनपर्दी औषधि सेवन गर्नाले बिरामीको स्वास्थ्यमा झनै जोखिम बढ्दै गएको बताए ।
सेन्टरका संचालक समेत रहेका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रामकिशोर साह र उनका पुत्र कन्सलटेन्ट कार्डियोलोजिष्ट डा. निश्चल साहले मुटुका बिरामीलाई निःशुल्क जाँच तथा उपचार समेत गरेको बताए ।
सो अवसरमा १८७ जना बिरामीको निःशुल्क जाँच तथा उपचार गरिएको सेन्टरका म्यानेजर विजय कुमार कामतीले जानकारी दिए।
कामतीका अनुसार शिविरमा बिरामीहरुको निःशुल्क ईसिजी, इक्को र रगत जाँच गर्नुको साथै औषधि समेत निशुलक प्रदान गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

3 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

23 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले