साना किसान हरिपुर र ग्रामिण नवलपुरको साधारण सभा सम्पन्न

सन्जु कर्ण, सर्लाही
सर्लाही, असोज १३ गते । सर्लाहीको हरिपुर २ मा रहेको साना किसान कृषि सहकारी संस्थाको १७ औं साधारण सभा सम्पन्न भएको छ ।
संस्थाले आर्थिक वर्ष २०७९÷०८० मा ३२ करोड ४२ लाख ६ हजार ८ सय २९ रुपियाँ कारोवार गरी १ करोड ५ लाख ७२ हजार मुनाफा आर्जन गरेको छ । ।
संस्थाको शनिवार सम्पन्न १७ औँ वार्षिक साधारण सभामा प्राप्त मुनाफाबाट आफ्ना शेयर सदस्यलाई १५ प्रतिशत लाभांस वितरण गरिने घोषणा गरिएको छ ।
हरिपुरमा प्रधान कार्यालय १ हजार १ सय पाँच मध्ये १ हजार १९ जना महिला र ६८ जना पुरुष शेयर सदस्य रहेका संस्थाका प्रवन्धक नरेन्द्र कुमार चौधरीले बताएको छ । संस्थाका अध्यक्ष जमुना कुमारी धामीको अध्यक्षता तथा पुर्व माननिय तथा संविधान सभा सदस्य राम चन्द्र चोधरीको प्रमुख आतिथ्यतामा हरिपुर नगरपालिका नगरपालिकाका प्रमुख गोपाल पजियार उपप्रमुख निलम देवी रायको रंजना सरकार साना किसान केन्द्रिय संघका केन्द्रिय सदस्य अंजु पौडेलको आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।
संस्थाका ब्यबस्थापक तथा प्रबन्धक नरेन्द्र कुमार चौधरीको संचालन तथा संस्थाका उपाध्यक्ष बविता कुमरी चैधरीले स्वागत मन्तव्य रहेको थियो । यस बर्ष संस्थाले ९ जना जेष्ठ नागरीकलाइ सम्मान गरेको छ भने एसइइ परिक्षामा उत्कृष्ट अंक ल्याइ उतिर्णहुने दुइ जना छात्रछात्रालाइ पनि सम्मान गरिएको छ । त्यसै गरी कृषि कार्यमा उत्कृष्ट व्यबसाय गर्ने किसानलाइ समेत सम्मान गरेको संस्थाले जनाएको छ ।
यसै बिच नवपुरमा रहेको ग्रामिण बचत तथा ऋण सहकारी संस्थाले नयाँ नेतृत्व निर्विरोध चयन गर्दै अधिवेशन सम्मपन्न गरेको छ । आज भएको अधिवेशनले सुरेन्द्र बिक्रम कार्कीको अध्यक्षतामा ११ सदस्य संचालक समिति भयन गरिएको छ । उपाध्यक्षमा कमला कुमारी उपाध्याय सचिवमा महेश्वर प्रसाद घिमिरे कोषध्यक्षमा राजन कुमार चालिसे, सदस्यहरुमा भिष्मराज चालिसे, अम्बिका काफ्ले, पुरुषेतम हर िश्रेष्ठ, भगवती सुबेदी, प्रल्हाद कुमार थापा, अनिता कुमार िबुढाथोकी, काजी राम खड्का चयन भएको जनाएको छ ।कार्यक्रममा प्रदेश सांसद माननिय बेची लुंगेलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । संस्थाले आर्थिक बर्ष २०७९÷०८० मा ४४ लाख २९ हजार ७६८ रुपियाँ ८२ पैसा आम्दानी गरेको छ भने १६ करोड ८६ लाख २७ हजार ७९९ रुपियाँ ४ पैसा कारोवार गरेको संस्थाका अध्यक्ष कार्कीले वनाएको छ ।
कमेन्ट गर्नुहोस्

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
11 दिन पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
11 दिन पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
11 दिन पहिले
होटल व्यवसायीहरुको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने प्..
नारायण घिमिरेमहोत्तरी, असार ८ गते । मधेस प्रदेशका होटल सञ्चालकहरुको व्यवसायिक क्षमता अभिवृद्धि तथा होटेलको स्त..
13 दिन पहिले
संघीय निजामती सेवा विधेयकमा मधेशी समुदायको समावेशीताको..
प्रेमचन्द्र झा, काठमाडौं, असार ०३ गते । संघीय निजामती सेवा विधेयक, २०८२ मा मधेशी समुदायको निष्पक्ष, समावेशी र न्या..
18 दिन पहिले

