+977 9854027065 | akulpdsah@gmail.com

स्वदेशमा लगानी गर्न युवा उपाध्यक्षका उम्मेदवार बासिदको आग्रह

2 महीना पहिले प्रकाशित

Akul Prasad Sah

168 Views

कमल साह
जनकपुरधाम, असोज २१ गते । गैरआवासिय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को वर्तमान युवा संयोजक अब्दुल बासिद ले आगामी कार्यकालका लागि युवा उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ ।
उहाँ भन्नुहुन्छ, ‘म लामो समयदेखी कतारलाई कर्मथलो बनाउँदै आएको छु । हाल नेपाल, कतार र बेलायतमा व्यवसाय सञ्चालन गर्दै आएको छु । एनआरएनए युवा संयोजक हुँदा ब्रिटिश कम्पनी ‘बेलाको’ होम अप्लाइन्समार्फत केही नेपालीलाई रोजगारी प्रदान गर्दै आएको कुरा तपाईंहरुमाझ विदितै छ ।’
गैरआवासिय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का युवा उपाध्यक्षमा तपाईंहरु मलाई निर्वाचित गर्नुभयो बताउँदै उहाँले स्वदेशमै युवाहरुलाई रोजगारी सिर्जना गर्न निरन्तर खटेर काम गर्नेछु थप्नुहुन्छ। उहाँले भन्नुभयो, ‘कर्मथलो विदेश भए पनि मातृभूमी नेपालमा लगानी गरेर धेरै भन्दा धेरै नेपालीलाई रोजगारी दिने विश्वास दिलाउँन चाहन्छु ।’ साथै विदेशमा व्यवसाय गरिरहेका साथीहरुलाई स्वदेशमा लगानी गर्न समेत उहाँ आग्रह गनुहुन्छु ।
उहाँ अगाडी थप्नुहुन्छ,‘बिगतमा मैले एनआरएनए कतार र एनआरएनए आईसीसी लगायतका संघसंस्थामा रहेर बटुलेको अनुभबलाई आगामी कार्यकालमा अझ उपयोग गर्न चाहन्छु ।’
उहाँले युवाको वृहत सहभागिता, संस्थाको दीगो सफलता, श्रमको सम्मानसहित विदेशको सीप, पुँजी र ज्ञान नेपाल भित्र्याउँने तथा समृद्ध नेपालमा एनआरएनएको सहभागिता मेरो मूल मुद्दाहरु हुन् बताउनु हुन्छ ।
आगामी कार्यकालका लागि सबैको आग्रह र एनआरएनएभित्र काम गर्न सक्ने पदमा पुगेर संगठन र देशका लागि केही गर्ने इच्छा अनुसार मैले एनआरएनए आइसीसी युवा उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने निर्णय गरिसकेको उहाँ थप्नुहुन्छ ।
अन्तमा गैरआवासिय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को युवा उपाध्यक्षमा मलाई जिताएर सबैले सघाउनु हुने उहाँ विश्वास व्यक्त गर्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

वरिष्ठ पत्रकार नेपालीको स्मृतीमा टी २० क्रिकेट टुर्नाम..

कमल साहजनकपुरधाम, मसिंर २० गते । प्रेस स्वतन्त्रता सेनानी तथा बरिष्ठ पत्रकार राजेश्वर नेपालीको स्मृतीमा जनकपुर..

2 महीना पहिले

विवाह पंचमी महोत्सवमा ७२ क्वीन्टल अनाज निर्मित श्री सित..

कमल साहजनकपुरधाम, मंसिर २० गते । श्री राम जानकी विवाह पञ्चमी महोत्सवको अवसरमा अनाजबाट निर्माण भएको ११ हजार वर्गफ..

2 महीना पहिले

बेलाको ब्राण्डको घराइसी सामग्रीको शाखा आजबाट जनकपुरधाम..

कमल साहजनकपुरधाम,मंसिर १६ गते । ब्रिटिस ब्राण्ड बेलाको (British brand home appliances) शाखा कार्यालय अजाबाट यहाँ सुभारम्भ भएको छ । ज..

2 महीना पहिले

धनुषा क्षेत्र ३ मा भएको महासमिति निर्वाचनको परिणाम अनुस..

कमल साहजनकपुरधाम, मंसिर १६ गते । नेपाली काँग्रेस महासमिति सदस्य पदका लागि क्षेत्र नं. ३ को निर्वाचन परिणामले आजका ..

2 महीना पहिले

हरिवन नगरस्तरीय हाजिरी जवाफ प्रतियोगतिा सम्पन्न, महादे..

सन्जु कर्ण, सर्लाही, हरिवन, मंसिर १६ गते । हरिवनस्थित महादेव जनता नमूना माध्यमिक विद्यालय नगरस्तरीय अन्तर मावि हा..

2 महीना पहिले