+977 9854027065 | akulpdsah@gmail.com

स्वदेशमा लगानी गर्न युवा उपाध्यक्षका उम्मेदवार बासिदको आग्रह

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

777 Views

कमल साह
जनकपुरधाम, असोज २१ गते । गैरआवासिय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को वर्तमान युवा संयोजक अब्दुल बासिद ले आगामी कार्यकालका लागि युवा उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ ।
उहाँ भन्नुहुन्छ, ‘म लामो समयदेखी कतारलाई कर्मथलो बनाउँदै आएको छु । हाल नेपाल, कतार र बेलायतमा व्यवसाय सञ्चालन गर्दै आएको छु । एनआरएनए युवा संयोजक हुँदा ब्रिटिश कम्पनी ‘बेलाको’ होम अप्लाइन्समार्फत केही नेपालीलाई रोजगारी प्रदान गर्दै आएको कुरा तपाईंहरुमाझ विदितै छ ।’
गैरआवासिय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का युवा उपाध्यक्षमा तपाईंहरु मलाई निर्वाचित गर्नुभयो बताउँदै उहाँले स्वदेशमै युवाहरुलाई रोजगारी सिर्जना गर्न निरन्तर खटेर काम गर्नेछु थप्नुहुन्छ। उहाँले भन्नुभयो, ‘कर्मथलो विदेश भए पनि मातृभूमी नेपालमा लगानी गरेर धेरै भन्दा धेरै नेपालीलाई रोजगारी दिने विश्वास दिलाउँन चाहन्छु ।’ साथै विदेशमा व्यवसाय गरिरहेका साथीहरुलाई स्वदेशमा लगानी गर्न समेत उहाँ आग्रह गनुहुन्छु ।
उहाँ अगाडी थप्नुहुन्छ,‘बिगतमा मैले एनआरएनए कतार र एनआरएनए आईसीसी लगायतका संघसंस्थामा रहेर बटुलेको अनुभबलाई आगामी कार्यकालमा अझ उपयोग गर्न चाहन्छु ।’
उहाँले युवाको वृहत सहभागिता, संस्थाको दीगो सफलता, श्रमको सम्मानसहित विदेशको सीप, पुँजी र ज्ञान नेपाल भित्र्याउँने तथा समृद्ध नेपालमा एनआरएनएको सहभागिता मेरो मूल मुद्दाहरु हुन् बताउनु हुन्छ ।
आगामी कार्यकालका लागि सबैको आग्रह र एनआरएनएभित्र काम गर्न सक्ने पदमा पुगेर संगठन र देशका लागि केही गर्ने इच्छा अनुसार मैले एनआरएनए आइसीसी युवा उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने निर्णय गरिसकेको उहाँ थप्नुहुन्छ ।
अन्तमा गैरआवासिय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को युवा उपाध्यक्षमा मलाई जिताएर सबैले सघाउनु हुने उहाँ विश्वास व्यक्त गर्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

17 घन्टा पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

3 दिन पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

30 दिन पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

1 महीना पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

2 महीना पहिले