सर्लाहीको हरिवनमा शिक्षा पुरस्कारको लागि एक लाखको अक्षय कोष स्थापना

सन्जु कर्ण, सर्लाही,
सर्लाही, मंसिर १३ गते । सर्लाहीको हरिवन नगरपालिका वार्ड नम्वर ८ मा एक परिवारले आफ्ना स्वर्गीय अभिभावककोे स्मृतिमा शिक्षा पुरस्कारको लागि एक लाखको अक्षय कोष स्थापना गरेको छ ।
स्वर्गीय वालकृष्ण वाग्लेको परिवारले हरिवन नगरपालिका वार्ड नम्वर ८ कै बेतालीमा रहेको जनजागृति माध्यामिक विद्यालयमा एक लाखको अक्षय कोष स्थापना गरेको हो । हरेक वर्ष कक्षा ८ मा सर्वोत्कृष्ठ अंक ल्याएर उतिर्ण हुने एक छात्रा र एक छात्र गरि दुई विद्यार्थीलाई पुरस्कार प्रदान गर्न एक लाखको वालकृष्ण स्मृति पुरस्कार कोष स्थापना गरेको उहाका कान्छा छोरा चूडामणि वाग्लेले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि पुर्व रक्षा मन्त्री एवं प्रतिनिधि सभाका सदस्य हरि उप्रेतीले विद्यालयलाई अक्षय कोषको रकम हस्तान्तरण गर्नु भएको थियो ।
यो वर्षको पुरस्कार उक्त जनजागृति माध्यामिक विद्यालयवाट कक्षा ८ मा प्रथम भएका विद्यार्थी तेज वहादुर वस्नेत र द्धितिय विद्यार्थी शिवानी मोक्तानले प्राप्त गरेका छन । उनीहरुलाई नगद दुई हजार पाच सय र प्रमाण पत्र प्रदान गरिएको विद्यालयले वताएको छ ।
अक्षय कोष एवं पुरस्कार हस्तान्तरण कार्यक्रममा पुर्व रक्षा मन्त्री हरि उप्रेती, हरिवन नगरपालिकाका नगर प्रमुख रमेश वुढाथोकी, वडा अध्यक्ष प्रज्वल ढुंगाना लगायतले वाग्ले परिवारले गरेको काम प्रशंसनीय भएको धारणा राख्नुभयो । उहाहरुले यो कोष स्थापनाले अरुलाई पनि यस्तो काम गर्न प्रेरणा मिल्ने बताउनु भयो ।
अर्को वर्षदेखि अक्षय कोषको व्याजवाट पुरस्कारलाई निरन्तरता दिईने विद्यालयका प्रधानाध्यापक चन्द्र मोहन झाले जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यार्थी, अभिभावक, जनप्रतिनिधि र स्थानीयबासीको उपस्थिति थियो ।
कमेन्ट गर्नुहोस्

हंसपुर नगरपालिकामा ८४ करोड भन्दा बढी बेरुजु
मिथिला जागरण समाचारदाताजनकपुरधाम, बैशाख २० गते । हंसपुर नगरपालिकामा ८४ करोड भन्दा बढी बेरुजु रहेको छ । महालेखापर..
6 दिन पहिले
खुलेआम अवैध रूपमा नदीजन्य सामग्री उत्खनन सम्बन्धीत निक..
धिरेश दत्तजनकपुरधाम, बैशाख १८ गते । धनुषाको मिथिला नगरपालिका–५ स्थित औरहीबाबा सामुदायिक वन क्षेत्रबाट दिउँसो..
8 दिन पहिले
पुर्ब राजा ज्ञानेन्द्रलाई काशिको पुजारी बन्न सुझाए – मन..
रश्मि पटेल, रौतहटरौतहट, चैत्र १९ गते । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एब्म पुर्ब मन्त्री योगेन्द्र यादवल..
1 महीना पहिले
पत्रकार रजकको हत्या विरोधमा रैली
कमल साहजनकपुरधाम ,चैत्र १६ गते । नेपाल पत्रकार महासङ्घ धनुषाले एभिन्युज टेलिभिजनका क्यामरा पर्सन सुरेश रजकको शु..
1 महीना पहिले
हंसपुर नगरपालिकामा माओवादीको तालाबन्दी
कमल साहजनकपुरधाम,चैत्र १५ गते । हंसपुर नगर प्रमुखलाई गुठीको जमिनमा निर्माण भएको घर भत्काउन दबाबको लागि मओवादीका ..
1 महीना पहिले
संवाददाता
संवाददाता
संवाददाता

