जनकपुरमा सटरको भाडा वैज्ञानिक बनाउन मांग
कमल साह
जनकपुरधाम,मंसिर १५ गते । जनकपुरधाम उद्योग वाणिज्य सङ्घले जनकपुरधाम उप महानगरपालिका नगरभित्रका सटरहरुको वैज्ञानिक रूपमा भाडा निर्धारण गर्न माग गरेको छ ।
संघका कार्यवाहक अध्यक्ष मनिष रमण साहको नेतृत्वमा व्यापारीहरूले जनकपुरधामका नगरप्रमुख मनोज कुमार साहलाई बिहीबार ज्ञापन पत्र बुझाउँदै माग गरेका छन् ।
व्यापारीहरू चौतर्फी मारमा परेको बेला चर्र्काे घरभाडा र घर धनीले एडभान्स लिने गरिएकाले वैज्ञानिक रूपमा भाडा निर्धारण गर्नुपर्ने मांग गर्दै ज्ञापन पत्र बुझाएको जनाएको छ ।
जनकपुरधामका सडकहरुको चौडाई बढाउँने क्रममा व्यावसायिक प्रतिष्ठान रहेका घरहरू टुटफुट हुँदा वर्षभरि नै व्यवसाय चौपट भएको’, ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
त्यसपछि कोभिड महामारी, आर्थिक मन्दी र बढेको बैङ्क व्याज दरले असर परेको ले सम्पूर्ण व्व्यवसायी मारमा पारेको उल्लेख छ ।
व्यावसायिक प्रतिष्ठानका निम्ति एडभान्स बापत बुझाउनु पर्ने मोटो रकम र चर्को घर भाडाले व्यवसायीहरू ठूलो आर्थिक मारमा परेकाले नगरभित्रका व्यवसायी प्रतिष्ठानहरू रहेको बजार र सडकको वैज्ञानिक रूपमा भाडा निर्धारण गर्न माग गरेको छ ।
जनकपुरधामको कतिपय सटरहरु व्यापारीहरूले आर्थिक मन्दी र चर्को भाडाका कारणले खाली गरेका छन् ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
14 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
17 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
1 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
2 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
3 महीना पहिले
संवाददाता
संवाददाता
