+977 9854027065 | akulpdsah@gmail.com

बेलाको ब्राण्डको घराइसी सामग्रीको शाखा आजबाट जनकपुरधाममा आरम्भ

8 महीना पहिले प्रकाशित

Akul Prasad Sah

1438 Views

कमल साह
जनकपुरधाम,मंसिर १६ गते । ब्रिटिस ब्राण्ड बेलाको (British brand home appliances) शाखा कार्यालय अजाबाट यहाँ सुभारम्भ भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका– २३ बेला लादो गाउँ स्थित बेलाको ब्राण्डको शाखा कार्यालय आजबाट संचालनमा आएको छ ।
गल्भ राष्ट्र दुबै कतारमा ख्याति कमाई सकेको आई.के.बी.एच ग्रुप अब नेपालमा आफ्नो हात बढाएको छ । बेलाको का सिइयो अब्दुल बासी ले आफ्नो मन्तव्य राख्दै हाम्रो जन्मभुमि नेपालमा अभाव रहेको ले नै अवसरहरु देख्दै बेलाको ब्राण्डको घराई समान लिएर तपाईहरुको माझमा आएको भन्नुभयो ।
सिईयो बासी ले अगाडी भन्नुभयो,‘ बेलाको ब्राण्डबाट उत्पादित घराईसी सामग्रीको गणस्तरियतामा कुनै किसिमको कमि नहुने विश्वास दिलाउनु भयो ।
उहाँले दुबई र कतारमा ख्याति कमाई सकेको कम्पनीले आफ्नै जन्भथलो जनकपुरधामको बेला लादोमा कम्पनी लगाउन अवसर पाएको मा आफु हृदयदेखि खुसी रहेको व्यक्त गर्नुभयो । तपाईहरुको माया ममता र स्नेह कै कारण निकट भविष्यमा जनकपुरधामबाट उत्पादित घराईसी सामग्री देश विदेशमा जाने र यसले हाम्रो शिर ठाडो हुने बताउनु भयो ।
बेलाकोको केन्द्रिय कार्यालय काठमाण्डौ स्थित सितापाईला मा रहेको छ ।
आई.के.बी.एच ग्रुपबाट उत्पादित बेलाको नामका उत्पादिन घरेलु उपकरणले गल्फ राष्ट्र कतार र बेलायतमा राम्रो बजार पाईसकेको बताईन्छ ।
आई.के.बी.एच. ग्रुपका अध्यक्ष हाजी मो. इसराईल ले जानकारी गराउनु भएको अनुसार यस कम्पनीबाट ४२ प्रकारको घरेलु उपकरण बजारमा आईसकेको छ । त्यस कम्पनीबाट उत्पादित सामग्री स–सानादेखि ठुल–ठुला रहेका छन ।कम्पनीका अध्यक्ष हाजीले भन्नुभयो ‘हाम्रो कम्पनीबाट एसी,वासिंग मेसिन,फ्रीज, टिभी,हिटर,गैस गिजर,टोस्टर, राईस कुकर,गैस चुल्हो लगायत ४२ प्रकारका घरेलु उपकरण नेपालभरीमा बिक्री भईरहेको छ ।’
निकट भविष्यमा यस लादोबेला गाउँको शाखालाई फ्याक्ट्रीको रुप दिने योजना रहेको उहाँ बताउँछन । त्यस कारखानाबाट ईलेक्ट्रीकल तथा इलेक्ट्रोनिक्स सामग्रीहरु उत्पादन हुनेछ ।
बेलाको ब्राण्ड नामक कम्पनीको शाखा कार्यालय प्रमुख अतिथी र कम्पनीको अध्यक्ष
संयुक्तरुपमा रिवन काटेर उद्घाटन गर्नुभयो ।
सो कार्यक्रमका प्रमुख अतिथी नेपाली काँग्रेसका नेता तथा पूर्व उपप्रधान मंत्री बिमलेन्द्र निधी ले बेलाको कम्पनी फलसोस पूmलोस् भनि कामना गर्नुृभयो ।
त्यस कार्यक्रममा जनकपुरधाम उपमहानगर पालिका २३ का वडा अध्यक्ष राघवेन्द्र साह र पूर्व उपाध्यक्ष सत्रोहण पाण्डेय लाई दोसाल्ला ओढाएर सम्मान गरियो ।
त्यस उद्घाटन कार्यक्रममा बेला,लादो र बिन्धी गाउँका जेष्ठ नागरिकहरुलाई सम्मान पनि गरियो ।
सो समारोहमा बेलाकोको ब्राण्डस्डेम्बर अभिनेता प्रदिप खडका,मधेश प्रदेशका पूर्व सांसद प्रमेश्वर साह, नगर उप प्रमुख किशोरी साह लगायतका वक्ताहरुले आ–आफ्नो शुभकामाना मन्तव्य राख्नु भयो । उक्त कार्यक्रम आई.के.बी.एच ग्रुपको अध्यक्ष हाजी मो. इससराई ले अध्यक्षतामा सम्पन्न भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

मधेश प्रदेशको राजधानी जनकपुरधाममा पासोलागी एक महिलाको ..

धिरेश दत्त, जनकपुरधाम, साउन ९ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा एक महिलाको मृत्यु भएको छ ।जनकपुरधामको वार्..

3 दिन पहिले

गीतकार अशोक दत्तलाई कर्मयोगी लखनराम सेवा सम्मान

कमल साह जनकपुरधाम,श्रावण ९ गते । साहित्यकार एवं पत्रकार अशोक दत्तलाई कर्मयोगी लखनराम सेवा सम्मान पुरस्कार पाउने ..

3 दिन पहिले

बाल कविता ः अनमोल ज्ञान

लेखक ः मनोज पण्डितबिदेह न.पा. ७,वेलापटटी, धनुषा नगर भुल बाबु नगएर स्कुल ।पाउदैनौ ज्ञान तिमी कहिले बिल्कुल ।।अन्य क..

1 महीना पहिले

कपिलवस्तुमा चट्याङ लागेर २ जनाको मृत्यु

प्रिंन्स मिश्रा, कपिलवस्तुकपिलवस्तु, असार १२ गते ।कपिलवस्तुमा आज बिहान चट्याङ लागेर २ जनाको मृत्यु भएको छ। खेतमा..

1 महीना पहिले

जसपाको महाअधिवेशन चौथो दिनमा पनि अधुरै कार्यसमिति अब चय..

कमल साहजनकपुरधाम,जेष्ठ ३२ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालको तीन दिने एकता महाअधिवेशन चौथो दिनसम्ममा अधुर..

1 महीना पहिले