महामाना राजेश्वर नेपाली क्रिकेट प्रतियोगिताको ८ औं दिन को खेलमा बेला टिम विजय

कमल साह
जनकपुरधाम, मंसिर २७ गते । नेपाली पत्रकारिता जगतका भीष्म पितामह , प्रेस तथा प्रजातन्त्र स्वतन्त्रता सेनानी राजेश्वर नेपालीको स्मृतिमा जनकपुरधाम उप महानगरपालिका वडा नंं २३ बेलामा जारी महामना राजेश्वर नेपाली टि–२० क्रिकेट प्रतियोगिताको आठौं दिनको खेलमा धनुषाको बेला क्रिकेट टिम विजयी भएको छ ।
बुधवार धनुषाको बेला र महोत्तरीको अलिपट्टी क्रिकेट टिमबीच भएको खेलमा बेला क्रिकेट टिम ३२ रनले जीत हासिल गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको बेला क्रिकेट टिमले प्रस्तुत गरेको १ सय ५६ रनको लक्ष्य पछयाउने क्रममा अलिपट्टी क्रिकेट टिम १ सय २४ रनमै अल आउट भएपछि बेला क्रिकेट टिमको जीत दर्ज भएको हो ।
उक्त खेलमा म्यान अफ दी म्याच अलिपट्टी क्रिकेट टिमका गौतम मिश्रलाई घोषित गरिएको थियो ।
दूधमती युवा क्लब जनकपुरधाम २३ वेलाको आयोजनामा जारी रहेको प्रतियोगितामा धनुषा तथा महोत्तरी जिल्लाका गरी १६ वटा क्रिकेट टिमको सहभागिता रहेको छ ।
१३ दिनसम्म चल्ने प्रतियोगितामा विजय हासिल गर्नेका लागि विजेतालाई ५५ हजार ५ सय ५५ र उपविजेतालाई २५ हजार ५ सय ५५ रुपैयाको पुरस्कार , प्रमाण पत्र र कप रहेको आयोजक जनकपुरधाम उप महानगरपालिका वडा नं २३ का वडा अध्यक्ष राघबेन्द्र प्रसाद साहले बताउनु भएको छ।
उहाँले महामना राजेश्वर नेपाली टी ट्वेन्टी क्रिकेट प्रतियोगितालाई आगामी वर्षहरूमा निरन्तरता दिने र उक्त खेल जनकपुरधामको बेला लादो अवस्थित १४ बिघा जग्गा रहेको राजेश्वर नेपाली खेलकूद मैदानमा आयोजना गरिने बताउनु भएको छ ।
कमेन्ट गर्नुहोस्

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
10 दिन पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
10 दिन पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
10 दिन पहिले
होटल व्यवसायीहरुको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने प्..
नारायण घिमिरेमहोत्तरी, असार ८ गते । मधेस प्रदेशका होटल सञ्चालकहरुको व्यवसायिक क्षमता अभिवृद्धि तथा होटेलको स्त..
11 दिन पहिले
संघीय निजामती सेवा विधेयकमा मधेशी समुदायको समावेशीताको..
प्रेमचन्द्र झा, काठमाडौं, असार ०३ गते । संघीय निजामती सेवा विधेयक, २०८२ मा मधेशी समुदायको निष्पक्ष, समावेशी र न्या..
16 दिन पहिले

