+977 9854027065 | akulpdsah@gmail.com

स्व. राजेश्वर नेपालीको स्मरणमा पंचम अन्तराष्ट्रिय साहित्य महोत्सव आज शुक्रबार देखि हुंदै

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

782 Views

कमल साह
जनकपुरधाम, मसिंर २९ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा आज शुक्रवार देखि पंचम अन्तराष्ट्रिय साहित्य महोत्सवको आयोजना हुदैछ ।
नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको विशेष उपस्थितीमा हुने महोत्सवमा नेपाल, भारत, थाईल्याण्ड, मरिसस, श्रीलंका सहितका देशहरुबाट साहित्यकार र कविहरुको आगमण भइरहेको छ ।


वरिष्ठ पत्रकार प्रेस तथा प्रजातन्त्र सेनानी स्व. राजेश्वर नेपाली प्रति श्रद्धाञ्जली अर्पण गर्न आयोजना हुन लागेको पंचम अन्तराष्ट्रिय साहित्य महोत्सवमा वृहत साहित्यीक चर्चा परिचर्चा, बहुभाषिक कविता वाचन हुनेछ । उपस्थित विज्ञ, साहित्यकार र कविहरु आ आफनो मातृभाषमा कविता र साहित्य प्रस्तुत गर्नेछन् ।सो कार्यक्रमको मुख्य उद्देश्य मातृभाषाको उत्थान रहेको कार्यक्रमका सहजकर्ता जनकपुरधाम उपमहानगरपालिका वडा नं. २३ का वडा अध्यक्ष राघवेन्द्र साहले बताउनु भयो ।

नेपाल हिन्दी प्रतिष्ठान जनकपुरधाम तथा शान्तिनिकेतन हिन्दी प्रचार सभ, शान्ति निकेतन पश्चिम बंगाल भारतले आयोजना गर्न लागेको उक्त कार्यक्रममा नेपाली पत्रकारिताका एतिहाँसिक व्यक्तित्व राजेश्वर नेपालीको स्मरणमा गर्ने भएपछि आफुले सहजकर्ताको भुमिका निर्वाह गर्न लागेको वडा अध्यक्ष साह ले बताउनु भयो ।
प्रथम राष्ट्रपतिको प्रमुख आतिथ्यतामा हुन लागेको कार्यक्रम जनकपुर धाम उपमहानगरपालिका २३ लादोबेला स्थित दुधमती तटमा रहेको श्री गोविन्द सेवा समिति को कक्षमा हुने वडाअध्यक्ष साहले जानकारी गराउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

12 दिन पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

22 दिन पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

1 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

1 महीना पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

2 महीना पहिले