+977 9854027065 | akulpdsah@gmail.com

उखु किसानद्वारा आन्दोलनको घोषणा, ७५० रुपियाँ मूल्य कायम गर्न माग

4 महीना पहिले प्रकाशित

Akul Prasad Sah

378 Views

सन्जु कर्ण, सर्लाही,
सर्लाही, मंसिर ३० गते । तत्काल उखुको अनुदान बक्यौता भुक्तानि गर्न र यो वर्षका लागि मूल्य तोक्न माग गर्दै उखु किसानले आन्दोलनको घोषणा गरेका छन् । नेपाल उखु उत्पादक महासङ्घसहित अन्य उखु उत्पादक समितिले आज सर्लाहीको हरिवनमा संयुक्त पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेका हुन् ।
किसानले यो वर्षका लागि उखुको न्यूनतम मूल्य प्रतिक्विन्टल ७५० रुपियाँ कायम गर्न माग गरेका छन् । उखुको मूल्य तोक्न र पुरानो बक्यौता भुक्तानि गर्न पटक–पटक आग्रह गर्दा पनि सरकारले बेवास्ता गरेपछि बाध्य भइ आन्दोलनमा जानुपरेको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताउनुभयो ।
आन्दोलनको कार्यक्रम अन्तर्गत भोली हरिवनमा उखु किसानको बृहत भेला गर्ने र पर्सी शनिबार उखुको लाक्रा बोकेर हरिवनमै पूर्व–पश्चिम राजमार्गमा प्रदर्शन गर्ने उखु किसानको तयारी छ ।
महासङ्घका अध्यक्ष मैनालीले सरकार आफैले गत वर्षको अनुदान रकम नदिएको र यो सिजनका लागि उखु काट्न ढिलो भइसक्दा समेत मूल्य नतोक्दा उखु सुकेर गइरहेकाले अन्य कुनै विकल्प नभएपछि सडक आन्दोलनमा जाने तयारी गरिएको बताउनुभयो । मङ्सिर २५ गते कृषि मन्त्रालयमा भएको वार्तामा उखुको मूल्य ५६५ रुपियाँ कायम गर्न सिफारिस गरिएको थियो । सो मूल्यमा किसानले असहमति जनाएका छन् । त्यस दिन मूल्य तय गर्न दिउँसो २ बजे बैठक भनेर बिहान ११ बजे मात्रै खबर गरिएको र जिल्लामा रहेका आफूहरु त्यहाँ पुग्न नसकेको उखु किसानका नेताहरुले बताएका छन् ।
सो बैठकमा तत्काल काठमाडौँमै रहनुभएका उखु किसान एवं गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र यादवलाई प्रतिनिधिका रुपमा पठाउँदा सरकारका तर्फबाट ५६५ रुपियाँमा सहमती गर्न आग्रह गरिएको र सो मूल्य आफूहरुले अस्वीकार गरेको महासङ्घका अध्यक्ष मैनालीले बताउनुभयो । त्यसअघि मङ्सिर १७ गते कृषि मन्त्रालयमै सरकार, उद्योगी र किसानका प्रतिनिधिबीच भएको त्रिपक्षीय वार्तामा उखुको मूल्य प्रतिक्विन्टल ५५१ रुपियाँ (अनुदान बाहेक) दिने सिफारिस गर्दा सो वार्तामा पनि उखु किसानका प्रतिनिधिले असहमती जनाएर उठेका थिए । गत वर्ष उखुको मूल्य प्रतिक्विन्टल ५४० (अनुदान बाहेक) कायम भएको थियो ।
त्यसमा सरकारले ७० रुपियाँ अनुदान दिएर ६१० रुपियाँ उपलब्ध गराउने निर्णय भएको थियो । गएको वर्षको ७० रुपियाँ सरकारी अनुदान रकम अझै किसानले पाउन सकेका छैनन् ।
यो वर्ष उखुको मूल्य निर्धारण गर्दा चिनीको बढेको बिक्री मूल्य, उखु उत्पादनमा लाग्ने हालको लागतको आधारमा न्यूनतम मूल्य ७५० रुपियाँ कायम गर्नुपर्ने आफूहरुको माग रहेको मैनालीले बताउनुभयो । (आवाज १) सर्लाहीका उखु किसानले उखुको मूल्य तय नहुन्जेल चिनी उद्योग सञ्चालन हुन नदिने अडान लिएका छन् । उखुको मूल्य निर्धारण नहुन्जेल उद्योग सन्चालन नगरिदिन किसानको आग्रहपछि इन्दुशङ्कर चिनी उद्योग हरिवन, एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज रामनगर महोत्तरी र अन्नपूर्ण चिनी उद्योग धनकौलसहितका केही चिनी उद्योगले उखु क्रसिङ सुरु गरेका छैनन् ।
उद्योगमा किसानले ल्याइसकेको उखु डम्पिङ गरेर राखिएको छ । मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीले सन्चालनमा रहेका केही चिनी उद्योगलाई तत्काल उद्योग बन्द गरिदिन र किसानलाई पनि उखु नकाट्न सूचना गरिरहेको बताउनुभयो । उखु किसानका प्रतिनिधिलाई दुई पटकसम्म वार्तामा बोलाएर अपहेलित गरी किसानको हित विपरीत मूल्य तय गर्ने प्रयास गरिएको उप्रेतीले गुनासो गर्नुभयो ।
(आवाज २ ) पत्रकार सम्मेलनमा उखु किसान समेत रहनुभएका हरिवन नगरपालिकाका पूर्व प्रमुख गणेशप्रसाद प्रसाईले किसानको जन, जोताइ, ढुवानी र मलखाद सबैँमा भाउ वृद्धि भएकाले सोही अनुसार उखुको मूल्य निर्धारण हुनुपर्ने बताउनुभयो । उखु किसानले राज्य नै छैन भन्ने महशुस गर्न थालेका प्रसाईको भनाई छ ।
उहाँले किसानलाई हप्काएर हचुवाको भरमा मूल्य तय गर्न खोजिए स्वीकार्य नहुने बताउनुभयो । (आवाज ३) सर्लाहीका उखु किसानले आजै जिल्ला प्रशासन कार्यालय मलङ्गवामा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छन् ।
प्रदेश सभा सदस्य कौशलकिशोर राय, पूर्व प्रदेशसभा सदस्य डिल्लीप्रसाद उप्रेती, हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलानसमेतको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलामार्फत सरकारलाई ज्ञापन पत्र बुझाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

उद्योग बाणिज्य संघ हरिवनको निर्माण हुन लागेको भवनको शिल..

सन्जु कर्ण, सर्लाही, सर्लाही, बैशाख १६ गते । उद्योग बाणिज्य संघ हरिवनको निर्माण हुन लागेको भवनको (शुक्रबार) शिलान्..

4 घन्टा पहिले

होटल होलिडे एण्ड गेष्ट हाउसमा एक महिला र पुरुष मृत भेटिए

मिथिला जागरण समाचारदाताजनकपुरधाम, बैशाख ११ गते । जनकपुरधाममा रहेको रामानन्दचोकको होटल होलिडे एण्ड गेष्ट हाउसमा..

5 दिन पहिले

मोटरसाइकल दुर्घटना हुँदा पत्रकार विनय कुमार यादवको मृत..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, बैशाख ११ गते । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा पत्रकार विनय कुमार यादवको मृ..

5 दिन पहिले

कमिशनको मातमा रहेका प्रमुख महतो खुशीको जिवन बिताउनमा मस..

रंजित चौरसिया, वीरगंज ८ बैशाख । पर्सा जिल्लाको दोश्रो सदरमुकामको रुपमा चिनिने पोखरिया नगरपालिका भ्रष्टाचारजन्य..

8 दिन पहिले

कविता : स्वार्थ व्यवहार

       कविता स्वार्थ व्यवहार लेखक ः मनोज पण्डितबिदेह न.पा. ७,वेलापटटी, धनुषा     सोचु सोचु बाबु भैया बरहु अ..

14 दिन पहिले