+977 9854027065 | akulpdsah@gmail.com

सर्लाहीलाई उखु जोन बनाउने – प्रदेश भूमि व्यवस्था तथा कृषि मन्त्री गोविन्द बहादुर न्यौपाने

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1005 Views

शर्मिला घिमिरे
महोत्तरी, पुस ५ गते । उखुको मूल्य चिनीको मूल्यको आधारमा प्रति क्वीन्टल रु ७५० कायम गर,मूल्य अभिवद्धि कर वापतको बक्यौता रकम तुरून्त भुक्तानी गर, उखूको प्रवर्द्धन हटाई नियम अनुसार अनुदान सोही आर्थिक वर्षमा भुक्तानी गर,उन्नत जातको उखुको बीउको प्रवर्धन गर,कृषि योग्य जमीनमा सिँचाइको व्यवस्था गर,किसानलाई चाहिने मल खाद्यको प्रवर्द्धन गर भन्दै सर्लाहीका उखु किसानहरूले अनसन सहितको आन्दोलन गरेका छन् ।
आन्दोलन सहित अनसनरत किसानहरूको मागलाई सम्बोधन गर्न पुगेका भूमि व्यवस्था तथा कृषि मन्त्री गोविन्द न्यौपानेले उखु किसानको मार्कालाई आफूले नजिकबाट नियालेको व्यक्त गर्दै सर्लाहीलाई उखु जोन बनाउने लक्ष्य रहेको विचार व्यक्त गरे। किसानलाई कुनैपनि कोणबाट अप्यारो पर्न नदिने विचार व्यक्त गर्दै विगतका दिनमा भएको कमी कमजोरीलाई समेट्दै अबका दिनमा किसान हितकारी नियम बनाएको छु । म किसानको मन्त्री किसान हुँ यसकालागि के गर्नु पर्छ मैले राम्ररी बुझेको छु भन्दै किसानहरु आफ्नो सामान्य मागलाई पूरा गर्नकालागि आन्दोलन सहितको अनसन बस्नु परेकोमा दुख्ख व्यक्त गरेका थिए ।
किसानहरु आफैमा स्वावलम्बन, आत्मानिर्भर र मिहिनेत हुन्छौ यस्तो कार्य गर्ने हामीले अनुदान माग गरेर हात फैल्याउने हैन हाम्रो कार्यकालागि हामीलाई प्रोत्साहन चाहियो भन्ने हो ।
किसानहरूको मागलाई दीर्घकाली रूपमा यथाशीघ्र पूरागर्ने बाचा लिएको छु साथै कृषिमा युवा कार्यक्रलाई पनि जोड दिएको छु भन्दै आफू सधैं किसानको साथ रहेको विचार व्यक्त गरे ।
“किसानहरुको मागको पूर्ण रुपमा सम्बोधन गरेको छु र यसमा आफुले सकेको चाँडो समाधानका उपाए पनि खोजेको छु “ सामाननीय जवारलाल कुसुवाले भने ।
“हामी हाम्रो माग पूरा नहुन्जेल आन्दोलन तोड्दैनौं। यसकालागि जे पर्दछ सो भोग्न तयार छौं“। किसानहरूको एकमुष्ट बोली सुनिथ्यो।
अनसन स्थलमा किसान हकहित समितिका विभिन्न पदाधिकारी सहित किसानहरूको बाक्लो उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

26 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

2 महीना पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

3 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

3 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

4 महीना पहिले