+977 9854027065 | akulpdsah@gmail.com

प्रदेश कृषि हितकारी नीति बनाएको छु– प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्री गोविन्द बहादुर न्यौपाने

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

724 Views

शर्मिला घिमिरे
लालबन्दी, सर्लाही, पुस ७ गते । “कृषि हितकारी नीति बनाएको छु।कोही पनि किसानलाई मर्न दिन्न। यो नीति भित्र कृषि मार्फत युवा स्वरोजगार कार्यक्रमलाई पनि समावेश गराएको छु ।“जिल्ला दुग्ध उत्पादन एवम प्रशोधन सहकारी संघको आयोजना र इन इलम परियोजना ,हेल्भेटास नेपाल र स्वावलम्वन बजार व्यवस्थापन तथा रोजगार सिर्जना केन्द्रको सहकार्यमा भएको कार्यक्रममा बोल्दै प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्री गोविन्द बदुर न्यौपानेले भने ।
कृषि क्षेत्रमा समस्या भन्दा बढी हल्ला हुनेगरेको विचार व्यक्त गर्दै यो क्षेत्रमा समस्या नै नभएको हैन समस्या छ । जसलाई सहजै समाधान गर्न सकिन्छ ।अहिले असामान्य हिसाबमा कृषकको उत्पादनको मूल्य छैन ,बजार छैन, विउ छैन,माल खाद छैन भन्ने जस्ता समस्याहरू सुनिन्छन्। जुन समस्यामा सरकार सधै किसानको साथमा छ ।
किसानहरूको हरेक समस्याको समाधान हुनेगरी कृषि नीति ल्याएको छु ।विगतका दिनमा योजना र नीति दुवै नभएको अवस्था देखियो जसका कारण सधै किसानहरु अलमलमा पर्नुपरेको थियो ।यसका समाधानका लागि पहिले योजना र नीतिको महसुस गरे।अब योजनासहित नीति प्रष्ट छ ।
युवाहरुले मजदूरी र रोजगारीकालागि विदेशिनु पर्दैन ।आफनै देशको उत्पादनले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्नेछ। यसकालागि आफ्नो काम र उद्देश्यमा सधै बफादार भइदिए पुग्छ।
कार्यक्रममा किसान प्रतिनिधिहरूले राखेको गुनासो सम्बोधन गर्दै मन्त्री न्यौपानेले हामी कसले के गरो भन्दा बढी हाम्रो भूगोल सुहाउँदो कामको थालनी गर्नु पर्ने आवश्यक्ता छ । पशुपन्छी भित्र्याउँदा होस् तथा नसरत सुधार गर्दा होस् पशु र भूगोल दुवैलाई सुहाउँदो हुनुपर्ने विचार व्यक्त गरे । नसरत सुधारको आवस्यकता महसुस गरी प्रदेशले यसको स्थापन गरिसकेको छ । आवस्यकता परेको स्थानमा
अरु पनि स्थापना हुनेछन् । दूधको उत्पादन र सही बजारीकरणका विषयमा आफू पनि संवेदनशील रहेको विचार व्यक्त गरे ।
अन्तर्क्रिरया कार्यक्रममा बोल्दै दुग्ध विकास बोर्डका अधयक्ष उपेन्द्र सिंहले “ दुग्ध उत्पादन र बिक्री वितरणमा पहिला आन्तरिक बजार बलियो बनाउनु पर्ने आवश्यकता छ जब आन्तरिक बजार बलियो रहन्छ त्यसले विश्व बजारमा पनि वर्चश्व कायम राख्छ ।
आन्तरिक बजारलाई मात्र पुग्ने दुध हामीसंग अझै उत्पादन हुनसकेको छैन ।“भने । कार्यक्रममा जिल्ला दुग्ध उत्पादन एवम प्रशोधन सहकारी संघका अध्यक्ष लक्ष्मण पौडेल ,नगर प्रमुख वासुदेव अधिकारी , जवाहीलाल यादव, अच्युत काफ्ले , डी डी सी नवलपुरका प्रमुख नवीन यादव, डा शैलेन्द्र यादव , डा शम्भु साह, शिकारी साह, भूपेन्द्रमान श्रेष्ठ लगाएत विभिन्न सरोकारवाला संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

8 घन्टा पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

2 दिन पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

29 दिन पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

1 महीना पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

2 महीना पहिले