+977 9854027065 | akulpdsah@gmail.com

प्याब्सनको नृत्य प्रतियोगितामा हिमाली ईबो स्कुल प्रथम भयो

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1730 Views

कमल साह
जनकपुरधाम, माघ २७ गते । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आयोजना गरेको नगर स्तरीय नृत्य प्रतियोगिता हिमाली ई.बो. स्कूलका विद्यार्थीले प्रथम स्थान प्राप्त गरेको छ ।
प्याब्सनका नगर अध्यक्ष रविन्द्र कुमार चौधरीको अध्यक्षतामा आयोजित नृत्य प्रतियोगितामा हिमाली ई.बोर्डिङ्ग स्कूलका विद्यार्थीहरुले प्रथम स्थान हासिल गरेका छन ।
हिमाली ई.बो. स्कूलका विद्यार्थीले नगर स्तरीय नृत्य प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न सफल भएको मा विद्यालयका संस्थापक तथा प्रिन्सपल रमेश साह ले विद्यार्थीहरुलाई बधाई दिनु भएका छन ।
हिमाली ई.बो.स्कूलका विद्यार्थीले मिथिला बाहेक अन्य क्षेत्रमा लोकप्रिय रहेको झिमिmया नृत्य प्रस्तुत गरेका छन । त्यस प्रतियोगितामा झिझिया नृत्य हिमाली ई.बो. स्कूल लगायतका विद्यालयले पनि नृत्य प्रस्तुत गरेको थियो । सो प्रतियोगितामा सहभागि भएका विद्यालयहरुमा अधिकांशले ‘आजु मिथिला नगरिया’ हरहर गंगे लगायतका नृत्य प्रस्तुत गरेका छन ।
सो प्रतियोगितामा दोश्रो स्थान साउथ प्वाइन्ट स्कूलका विद्यार्थी भएका छन । तृतिय स्थान प्राप्त गर्ने दुई विद्यालयमा जनक सेकेन्ड्री बोर्डिंङ्ग स्कूल र गार्गी ई.बो. स्कूलका विद्यार्थी छन ।
सो प्रतियोगिताको निर्णायक मण्डलमा बरिष्ठ संचारकर्मी एवं साहित्यकार श्यामसुन्दर शशि र कलाकार रामनारायण ठाकुर रहेका थिए ।
जनकपुरधाम उपमहानगर स्तरीय आयोजित उक्त प्रतियोगितामा प्याबसनका सदस्यता लिएका मध्ये १८ वटा विद्यालयका विद्यार्थीहरु सहभागि भएका छन ।
सो प्रतियोगिता विद्यार्थीहरुको नृत्य हेरेर सहभागी दर्शकहरु दंग भएका छन ।


सो प्रतियोगिताका प्रमुख अतिथी मधेस प्रदेशका पूर्व मन्त्री एवं प्रदेशसभा सदस्य रामसरोज यादवले पुरस्कार प्रदान गर्ने अवसरमा भन्नुभयो,‘मैथिली भाषा साहित्यलाई अनिवार्य रुपमा पाठ्यक्रममा शामिल गराउनका लागि पहल हुनु आवश्यक रहेको बताएका छन् ।
उहाँले मैथिली भाषा, साहित्य, नृत्य, संगित लगायतका विषयलाई अनिवार्य रुपमा सिलेवशमा सामिल गराउने गरी आवाज उठाउनु पर्नेमा जोड दिनुभयो ।
उहाँले भाषा कमजोर भयो भने सभ्यताको विनाश निश्चित रहेकाले आफ्नो सभ्यताको संरक्षणका लागि पनि भाषा, साहित्यको संरक्षण हुनु आवश्यक रहेको बिचार राख्नुभयो ।
सो नृत्य प्रतियोगितामा मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, प्याब्सनका पूर्व प्रदेश सचिव विश्वलाल सिंह, एनप्याब्सनका नगर अध्यक्ष दीपक ठाकुर लगायतले मन्तव्य राखेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

11 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

1 महीना पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

3 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले