+977 9854027065 | akulpdsah@gmail.com

प्याब्सनको नृत्य प्रतियोगितामा हिमाली ईबो स्कुल प्रथम भयो

1 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1384 Views

कमल साह
जनकपुरधाम, माघ २७ गते । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आयोजना गरेको नगर स्तरीय नृत्य प्रतियोगिता हिमाली ई.बो. स्कूलका विद्यार्थीले प्रथम स्थान प्राप्त गरेको छ ।
प्याब्सनका नगर अध्यक्ष रविन्द्र कुमार चौधरीको अध्यक्षतामा आयोजित नृत्य प्रतियोगितामा हिमाली ई.बोर्डिङ्ग स्कूलका विद्यार्थीहरुले प्रथम स्थान हासिल गरेका छन ।
हिमाली ई.बो. स्कूलका विद्यार्थीले नगर स्तरीय नृत्य प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न सफल भएको मा विद्यालयका संस्थापक तथा प्रिन्सपल रमेश साह ले विद्यार्थीहरुलाई बधाई दिनु भएका छन ।
हिमाली ई.बो.स्कूलका विद्यार्थीले मिथिला बाहेक अन्य क्षेत्रमा लोकप्रिय रहेको झिमिmया नृत्य प्रस्तुत गरेका छन । त्यस प्रतियोगितामा झिझिया नृत्य हिमाली ई.बो. स्कूल लगायतका विद्यालयले पनि नृत्य प्रस्तुत गरेको थियो । सो प्रतियोगितामा सहभागि भएका विद्यालयहरुमा अधिकांशले ‘आजु मिथिला नगरिया’ हरहर गंगे लगायतका नृत्य प्रस्तुत गरेका छन ।
सो प्रतियोगितामा दोश्रो स्थान साउथ प्वाइन्ट स्कूलका विद्यार्थी भएका छन । तृतिय स्थान प्राप्त गर्ने दुई विद्यालयमा जनक सेकेन्ड्री बोर्डिंङ्ग स्कूल र गार्गी ई.बो. स्कूलका विद्यार्थी छन ।
सो प्रतियोगिताको निर्णायक मण्डलमा बरिष्ठ संचारकर्मी एवं साहित्यकार श्यामसुन्दर शशि र कलाकार रामनारायण ठाकुर रहेका थिए ।
जनकपुरधाम उपमहानगर स्तरीय आयोजित उक्त प्रतियोगितामा प्याबसनका सदस्यता लिएका मध्ये १८ वटा विद्यालयका विद्यार्थीहरु सहभागि भएका छन ।
सो प्रतियोगिता विद्यार्थीहरुको नृत्य हेरेर सहभागी दर्शकहरु दंग भएका छन ।


सो प्रतियोगिताका प्रमुख अतिथी मधेस प्रदेशका पूर्व मन्त्री एवं प्रदेशसभा सदस्य रामसरोज यादवले पुरस्कार प्रदान गर्ने अवसरमा भन्नुभयो,‘मैथिली भाषा साहित्यलाई अनिवार्य रुपमा पाठ्यक्रममा शामिल गराउनका लागि पहल हुनु आवश्यक रहेको बताएका छन् ।
उहाँले मैथिली भाषा, साहित्य, नृत्य, संगित लगायतका विषयलाई अनिवार्य रुपमा सिलेवशमा सामिल गराउने गरी आवाज उठाउनु पर्नेमा जोड दिनुभयो ।
उहाँले भाषा कमजोर भयो भने सभ्यताको विनाश निश्चित रहेकाले आफ्नो सभ्यताको संरक्षणका लागि पनि भाषा, साहित्यको संरक्षण हुनु आवश्यक रहेको बिचार राख्नुभयो ।
सो नृत्य प्रतियोगितामा मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, प्याब्सनका पूर्व प्रदेश सचिव विश्वलाल सिंह, एनप्याब्सनका नगर अध्यक्ष दीपक ठाकुर लगायतले मन्तव्य राखेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

हंसपुर नगरपालिकामा ८४ करोड भन्दा बढी बेरुजु

मिथिला जागरण समाचारदाताजनकपुरधाम, बैशाख २० गते । हंसपुर नगरपालिकामा ८४ करोड भन्दा बढी बेरुजु रहेको छ । महालेखापर..

6 दिन पहिले

खुलेआम अवैध रूपमा नदीजन्य सामग्री उत्खनन सम्बन्धीत निक..

धिरेश दत्तजनकपुरधाम, बैशाख १८ गते । धनुषाको मिथिला नगरपालिका–५ स्थित औरहीबाबा सामुदायिक वन क्षेत्रबाट दिउँसो..

8 दिन पहिले

पुर्ब राजा ज्ञानेन्द्रलाई काशिको पुजारी बन्न सुझाए – मन..

रश्मि पटेल, रौतहटरौतहट, चैत्र १९ गते । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एब्म पुर्ब मन्त्री योगेन्द्र यादवल..

1 महीना पहिले

पत्रकार रजकको हत्या विरोधमा रैली

कमल साहजनकपुरधाम ,चैत्र १६ गते । नेपाल पत्रकार महासङ्घ धनुषाले एभिन्युज टेलिभिजनका क्यामरा पर्सन सुरेश रजकको शु..

1 महीना पहिले

हंसपुर नगरपालिकामा माओवादीको तालाबन्दी

कमल साहजनकपुरधाम,चैत्र १५ गते । हंसपुर नगर प्रमुखलाई गुठीको जमिनमा निर्माण भएको घर भत्काउन दबाबको लागि मओवादीका ..

1 महीना पहिले