बिवाईडी दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट च्याम्पियन सीप २०८० को ट्रफी मदर टेरेसा स्कुल बिजय
मिथिला जागरण समाचारदाता
जनकपुरधाम, फाल्गुण १२ गते । जनकपुरधाममा आयोजित दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी मदर टेरेसा स्कुलले जितेको छ। शनिवार भएको फाइनल खेलमा गोगल प्रसाद मा.वि. लाई पराजित गर्दै मदर टेरेसा ट्रफी बिजय भएको छ ।
भव्यता पुर्वक सम्पन्न फाइनल खेलमा मदर टेरेशा स्कुलले टस जितेर गोगल प्रसाद मा.वि. लाई ब्याटिङको लागि आमन्त्रण गरेको थियो । गोगल प्रसाद मा.वि. को टिमले न १७.१ ओभरमा अल आउट हुँदै १२० रन बनाउदै १२१ रनको लक्ष्य मदर टेरेसा स्कुलको टिम समक्ष प्रस्तुत गरेका थिए । गोगल प्रसाद मा.वि. को टिमको लागि सचिन यादवले सार्वधिक २७ बलमा ३९ रन र धिरज दासले २२ बलमा २१ रन बनाएको थियो ।
.jpg)
मदर टेरेसा स्कुलको लागि बलिङ गरेका बजरङी साहले ४ ओभरमा २६ रन खर्चेर तीन विकेट र किशन साहले ४ ओभरमा १९ रन खर्चेर तीन विकेट लिएका थिए ।
जवाफी ब्याटिङका लागि आएका मदर टेरेसा स्कुलले १७ ओभरमा पाँच विकेट गुमाएर १२३ बनाउदै बिवाईडी(द्यथ्म्) दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी जित्यो। मदर टेरेसा स्कुलका लागि बजरङी साहले सार्वधिक नट आउट रहदै ३९ बलमा ५४ रन र इमरान साफीले १९ बलमा ३२ रनको योगदान दिएका थिए । गोगल प्रसाद मा. वि. का लागि बलिङ गरेका धिरज दासले ३ ओभरमा ३० रन खर्चेर २ विकेट र सुमित साहले ४ ओभर २३ रन खर्चेर दुइ विकेट लिएका थिए ।
.jpg)
यस खेलको म्यान अफ दी म्याच मदर टेरेसा स्कुलका खेलाडी बजरंगी साह घोषित भएका थिए । उनले कपमा पाँच विकेट र ५२ रन बनाएका थिए । म्यान अफ दी सिरिज पनि बजरङ्गी साह नै भए । उनले आजको खेलमा ३ विकेट र ब्याटिङ गर्दा नट आउट रहदै ५४ रन बनाएका थिए । बिवाईडी(द्यथ्म्) दोस्रो इन्टर स्कुल टी–२० क्रिकेट प्रतियोगितामा वेस्ट विकेट किपरको श्री राष्ट्रिय मा.वि. रुपैठा टिमका खेलाडि आशिस राउतले पाएको थियो भने बेस्ट फिल्डरको उपाधी संकट मोचन मा.वि. टिमका खेलाडी अंकित यादवले पाएको थियो। त्यस्तै प्रतियोगितामा बेस्ट बलरको उपाधी मदर टेरेसा स्कुलका खेलाडी किसन साह, बेस्ट ब्याटसम्यानमा संकट मोचन स्कुलका जस्मुदिन अन्सारी,इमर्जिङ प्लेयर को उपाधी सिद्धार्थ स्कुलका आयुस यादव र फेयर प्ले अवार्ड एरे ईन्टरनेशन स्कुल र म्यान अफ द सिरिजको उपाधी बजरंगी साहले पाएको थियो ।
समापन कार्यक्रम न्यु भिजन नेपालको अध्यक्ष अम्भु प्रसाद साहको अध्यक्षतामा भव्य रुपमा सम्पन्न भएको छ। समापन कार्यक्रमको प्रमुख अतिथिमा जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष श्री जितेन्द्र महासेठ रहेको थियो भने कार्यक्रममा अतिथीहरु जनकपुरधाम वडा न. –२४ को वडा अध्यक्ष उपेन्द्र सहनी, जनकपुरधाम वडा न. –१६ को वडा अध्यक्ष रामचन्द्र पजियार, हार्डवेयर व्यावसायि संघका अध्यक्ष शशी गुप्ता,विभिन्न स्कुलका प्रिन्सिपल सरहरु,प्रतियोगिताकामा सहयोग गर्ने स्पोन्सर्सका प्रतिनिधिहरु,पत्रकार र खेलप्रेमि दर्शकहरुको उपस्थिती रहेको थियो। यो प्रतियोगितामा सफल बनाउन साथ र सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी हाथहरुलाई सम्मान गर्दै र धन्यवाद दिदै न्यु भिजन नेपालको अध्यक्ष अम्भु प्रसाद साहले कार्यक्रम समापन गरेका थिए।
प्रतियोगितामा १६ वटा विद्यालयले भाग लिएक्क थियो । खेल आइसीसी मान्यता अनुसार भईरहेको थियो भने यो प्रतियोगिता जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको संयुक्त आयोजनामा प्रतियोगिता सम्पन्न गर्दै यहि हप्तामा इन्टर कलेज कृकेट प्रतियोगिताको घोषणा हुने जानकारी समेत गराए !
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
11 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
1 महीना पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
3 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
