नारायणी अस्पतालको मुद्दा तत्काल छिनोफानो गर्न सांसद यादवको सर्वाेच्च अदालतको ध्यानाकर्षण
रंजित चौरसिया, वीरगंज,
वीरगंज चैत्र २ गते । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादवले नारायणी अस्पतालको मुद्दा तत्काल छिनोफानो गरेर निकास दिन सर्वोच्च अदालतको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा वोल्दै सांसद यादवले अस्पतालको भौतिक संरचना निर्माणको विषयमा विभाग र ठेकेदारको लडाइमा नारायणी अस्पतालको पाँच सय शैय्याको अस्पतालको निर्माण ओझेलमा परेको वताए । उनले त्यस कारण जनताले दुख भोगिरहेकोले तत्काल मुद्दाको छिनोफानो गरेर निकास दिन सर्वोच्च अदालतको ध्यानाकर्षण गराए ।
जनता समाजवादी पार्टी प्रमुख सचेतक एवम् पूर्व मन्त्री समेत रहेका सांसद यादवले वीरगंजको नारायणी अस्पतालमा भौतिक संरचनाको अभावले विरामीले दुख भोगिरहेको प्रतिनिधि सभाको बैठकमा जानकारी गराउँदै निकास दिन सार्वाेच अदालतको ध्यानकार्षण गराएका हुन् ।
उनले भने “नारायणीलाई पाँच सय शैय्याको अस्पताल बनाउने लक्ष्यअनुसार सरकारले अस्पताल निर्माणको लागि करिब डेढ अर्बको लागतमा पछिल्लोपटक ८ वैशाख ०७६ मा बोलपत्र आह्वान गरेको थियो । तर सहरी विकास तथा भवन निर्माण विभागले केही कागजात र भौचरको नाम फरक भएको कारण ठेक्का रद्ध गर्यो । अर्को बोलपत्र आह्वान भयो । त्यसविरुद्ध ठेकेदार कम्पनीले उच्च अदालतमा रिट दायर गर्यो । अदालतले १७ कात्तिक ०७७ मा दोस्रो बोलपत्र रद्ध गर्यो । यो आदेशविरुद्ध २ पुस ०७७ मा भवन निर्माण विभागले सर्वोच्च अदालतमा निवेदन दर्ता गर्यो र अहिलेसम्म विचाराधीन छ । पेशीमा चढ्छ, सुनुवाइ हुँदैन, फैसला पनि हुँदैन ।“
अर्काे प्रसंगमा कुरा राख्दै सांसद यादवले वीरगंजमा खानेपानी अभावको समस्या अन्त्य गर्न माग गरेका हुन् । उनले जनशक्ति र बजेटको अभावमा खानेपानी संस्थानलाई धेरै समस्या भएको वताउँदै वीरगंजमा खानेपानीको अभाव अन्त्य गर्नको लागि नेपाल सरकारको एक्सन प्लान के छ ? प्रश्न समेत गरेका छन् ।
उनले भने “गर्मीको दिन आइसकेकाले अबका केही दिनमा वीरगंजका सबै चापाकल सुक्छ जानकारले बताइरहेका छन् । सबै चापाकलको पानि सुक्यो भने वीरगंजमा पानीको अभावले विकराल अवस्था आउँछ । कुनै बेला सइ फिटमा पानी आउथ्यो, अहिले ३ सयको लेयरमा पनि पानी छैन । सरकारी धारा जडानका लागि खानेपानी संस्थानमा सेवाग्राहीको भिड भइरहेको छ । त्यही भएर समस्या अन्त्य गर्न माग गर्दछुं ।
कमेन्ट गर्नुहोस्
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
2 दिन पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
29 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
1 महीना पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
2 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
संवाददाता
संवाददाता
