चरणबद्ध आन्दोलनको तयारीमा माध्यमीक विद्यालय शिक्षक युनियन
अकुल प्रसाद साह, जनकपुरधाम
जनकपुरधाम, चैत्र २० गते । मुखियापट्टी मुसरनिया गा.पा.का शिक्षकहरु तलब भत्ताबाट बन्चित भएका छन् ।
श्री बैधनाथ देवनारायण जनता नमुना मा.वि. तुलसियाहि कक्षा ११ र १२ मा पढाउने शिक्षकहरु तलबभत्ता नपाएको नौ महिना भइसकेको कुरा माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (HISTUN) ले जानकारी गराएको छ ।
कार्यरत्त शिक्षकहरु अमर नाथ प्रसाद साह, ईन्द्र कुमार झा, अमर नाथ साफिलाई मुखिया पट्टी मुसरनियाका गा.पा. अध्यक्ष जयकुमार यादबले बिभिन्न बहानामा दुःख दिने काम मात्र गरेको कुरा हिटुनका जिल्ला अध्यक्ष डा. भोगेन्द्र अधिकारीले बताएका हुन् ।
पिडित शिक्षकहरुको तलबभत्ता अभिलम्व उपलब्ध नगराए माध्यमिक बिद्यालय शिक्षक युनियन नेपाल (HISTUN) ले चरणबद्ध आन्दोलनमा जाने छ ।
आन्दोलन बाट उत्पन्न हुने समस्याको जिम्मेबारी सरोकारबाला निकायहरुले नै लिनुपर्ने कुरा विज्ञप्तीमा उल्लेख छ ।
शिक्षा तथा संस्कृती मंन्त्रालय मधेश प्रदेश, प्रदेश शिक्षा निर्देशनालय, जिल्ला प्रशासन कार्यालय धनुषा, शिक्षा बिकास तथा समन्वय एकाई धनुषा, मु.मु.गा.पा.को कार्यालय धनुषा समेतलाई बिज्ञप्ती बुझएको कुरा (HISTUN) का जिल्ला सचिब गजेन्द्र प्रसाद यादब ले जानकारी गराएका छन् ।
तलब भत्ता पाउने शिक्षकको अधिकार हो । शक्तिको आडमा जीवन जीविकासंग खेलबाड गर्ने कसैलाई पनि छुट छैन । पद र पदीय मर्यादालाई ख्याल नगरी शिक्षकको पेशामाथि आक्रमण गर्न खोज्नेहरुलाई (HISTUN) ले खबरदारी गर्ने कुरा बिज्ञप्तीमार्फत जानकारी गराएको छ ।
कमेन्ट गर्नुहोस्
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
2 दिन पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
29 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
1 महीना पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
2 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
संवाददाता
संवाददाता
