छुरा प्रहार गरि प्रीन्स महासेठको हत्या
निरंजन साह, जनकपुरधाम
जनकपुरधाम, चैत्र २६ गते । जनकपुरमा छुरा प्रहार गरि एक युवकको हत्या भएको छ ।
सोमबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर –४ स्थित विश्वकर्मा चोकमा २० वर्षीय प्रीन्स महासेठको छुरा प्रहार गरी हत्या भएको धनुषा प्रहरी प्रवक्ता रञ्जन अवाले बताए ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाका अनुसार विश्वकर्मा चोकमा तीन÷चार जनाको एक समूहबिच झगडा हुँदा महोत्तरीको एकडारा गाउ पालिका वडा नम्बर ३ भटौलीया निवासी घर भएका प्रीन्समाथि छुरा प्रहार भएको थियो।
गाउँको सम्पत्ति बेचेर उनको परिवार जनकपुर बस्दै आएको थियो । बुवा जमाहिर लाल महासेठको कोरोना कालमा मृत्यु पश्चात आमा ले फलफूल व्यबसाय गरी बालबच्चा को पालन पोषण गर्दै आएकी थिइन ।
प्रीन्सलाई उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको प्रवक्ता अवाले बताए । स्थानीयका अनुसार छुरा प्रहारबाट गम्भीर घाइते प्रीन्स त्यहाँबाट भाग्दै गर्दा बाटोमा लडी बेहोस भएको थियो ।
सोही अवस्थामा स्थानीय र प्रहरीले प्रीन्सलाइ उद्धार गरि प्रादेशिक अस्पताल जनकपुरधाममा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। जनकपुरधामको शान्तिनगर बस्ने रोशन दास र अर्का ठेगाना खुल्न नसकेको अर्जुन साहलाई अनुसन्धानको लागि पक्राउगरेको प्रवक्ता अवाले बताए ।
मृतक युवकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
9 दिन पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
22 दिन पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
24 दिन पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
2 महीना पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
2 महीना पहिले
संवाददाता
संवाददाता
