छुरा प्रहार गरि प्रीन्स महासेठको हत्या

निरंजन साह, जनकपुरधाम
जनकपुरधाम, चैत्र २६ गते । जनकपुरमा छुरा प्रहार गरि एक युवकको हत्या भएको छ ।
सोमबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर –४ स्थित विश्वकर्मा चोकमा २० वर्षीय प्रीन्स महासेठको छुरा प्रहार गरी हत्या भएको धनुषा प्रहरी प्रवक्ता रञ्जन अवाले बताए ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाका अनुसार विश्वकर्मा चोकमा तीन÷चार जनाको एक समूहबिच झगडा हुँदा महोत्तरीको एकडारा गाउ पालिका वडा नम्बर ३ भटौलीया निवासी घर भएका प्रीन्समाथि छुरा प्रहार भएको थियो।
गाउँको सम्पत्ति बेचेर उनको परिवार जनकपुर बस्दै आएको थियो । बुवा जमाहिर लाल महासेठको कोरोना कालमा मृत्यु पश्चात आमा ले फलफूल व्यबसाय गरी बालबच्चा को पालन पोषण गर्दै आएकी थिइन ।
प्रीन्सलाई उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको प्रवक्ता अवाले बताए । स्थानीयका अनुसार छुरा प्रहारबाट गम्भीर घाइते प्रीन्स त्यहाँबाट भाग्दै गर्दा बाटोमा लडी बेहोस भएको थियो ।
सोही अवस्थामा स्थानीय र प्रहरीले प्रीन्सलाइ उद्धार गरि प्रादेशिक अस्पताल जनकपुरधाममा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। जनकपुरधामको शान्तिनगर बस्ने रोशन दास र अर्का ठेगाना खुल्न नसकेको अर्जुन साहलाई अनुसन्धानको लागि पक्राउगरेको प्रवक्ता अवाले बताए ।
मृतक युवकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
1 महीना पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
1 महीना पहिले
गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
2 महीना पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
2 महीना पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
2 महीना पहिले

