+977 9854027065 | akulpdsah@gmail.com

महावीर युवाको साधारणसभा सखडामा सम्पन्न बडादशैं अवसरमा राजदेवी पूजनोत्सव व्यवस्थित रुपमा मनाउन मूल समिति तथा उपसमिति चयन

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

752 Views

कमल साह
जनकपुरधाम, भदौ ९ गते । देव भूमि जनकपुरधामको उज्वल नक्षत्र मान्दै आएको श्री महावीर युवा कमिटी ले सप्तरीको धार्मिक नगर सखडा भगवतीमा शनिवार ५७ औं साधारण सभा सम्पन्न गरेको छ ।
छिन्नमस्ता भगवती मन्दिरको प्राङ्गणमा आयोजित साधारणसभाबाट महावीर युवा कमिटीले माता राजदेवीको पूजालाई व्यवस्थित बनाउनकालागि मूल पूजा समितिसंगै विभिन्न उपसमिति चयन गरेको छ ।
महावीरको अध्यक्ष अजय गुप्ताको अध्यक्षतामा आरम्भ भएको सधारण सभाले राजदेवी पूजाको मूल पूजा संयोजकमा रंजित भगतलाई चयन गरिएको छ ।
साथै विभिन्न नौ वटा उपसमिति पनि चयन गरिएको छ । त्यसमा ठेहा संयोजकमा अजित शर्मा, महाप्रसाद संयोजकमा दिपक साह, भव्य शृगार संयोजकमा प्रदीप साह, भजन संध्या संयोजकमा रंजन जयसवाल, मेला संयोजकमा रोशन कुमार साह, खोईछ भराई संयोजक तथा पार्क संरक्षण संयोजकमा विकास साह ( बिक्की), सरसफाइ संयोजकमा सुनिल राउत, रावन बध संयोजकमा ओमप्रकाश गुप्ता, बिजय दशमी तथा झाँकी संयोजकमा मोहन साह(हिन्दु) र लाईन व्यवस्थापन तथा खाना संयोजकमा शशी साहलाई चयन गरिएको छ ।
सो साधारण सभाबाट गत आर्थिक वर्षको आय व्यय पारित गरिएको छ । कोषाध्यक्ष चन्दन राज शर्माले आर्थिक आय व्यय प्रस्तुत गर्नुभयो । त्यस्तै अगामी आर्थिक वर्षको भावी रेखा पनि महासचिव चन्दन नागवंशीले प्रस्तुत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

13 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

2 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

3 महीना पहिले