ममता तेक्वान्दो दोजाङ्गद्वारा महिलाहरुको लागि आत्मरक्षाको महत्व प्रदर्शन कार्यक्रम सम्पन्न
मिथिला जागरण समाचारदाता
जनकपुरधाम, असोज २० गते । ममता तेक्वान्दो दोजाङ्गद्वारा महिलाहरुको लागि आत्मरक्षाको महत्व प्रदर्शन कार्यक्रम जानकी मन्दिरको प्राङगनमा भव्यताका साथ सम्पन्न भएको छ ।
सो कार्यक्रममा लगभग ६५ जना बिद्यार्थीहरुले सहभागी जनाएको थियो । यस ममता तेक्वान्दो दोजाङ्गद्वारा महिलाहरुको लागि आत्मरक्षाको महत्व प्रदर्शन कार्यक्रमका प्रमुख अतिथि खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेश प्रदेशका मा। मन्त्री प्रमोद जयसवाल रहनु भएको थियो ।
ममता तेक्वान्दो दोजाङ्ग गु्रपले बिभिन्न प्रकारको आ–आफ्नो प्रतियोगीताहरु प्रस्तुत गरेका छन् ।

जानकि मंदिरको प्राङ्गनमा स्वास्थ्यको लागि खेलकुद तथा राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ आज कार्यक्रम आयोजना गरेका छन् । खेलकुद तथा समाज कल्याण मन्त्रालयका मा। मन्त्री प्रमोद जयसवालले कार्यक्रमलाई सम्बोधन गर्दै विद्यार्थी भाई बहिनीहरूका लागि मार्सल आर्ट कला मात्र नभई आत्म सुरक्षाको अस्त्र मार्सल आर्ट हो भन्दै समाजमा बढदो हिंसाको घटनाहरुको ध्यानमा राख्दै तेक्वान्दो मार्स आर्टको माध्यम बाट सुरक्षित रहने कला , शारीरिक फिटनेस, मानसिक मजबुतीका लागि मार्सल आर्ट्स जरुरी रहेको मन्त्री जैसवालले बताएका थिए ।
दोजाङ्गका मुख्य तेक्वान्दो प्रशिक्षक उमेश साहको अध्यक्षता गर्नु भएको थियो । सो कार्यक्रममा धनुषा जिल्ला अध्यक्ष तेक्वान्दोका तिलक लामा तथा प्रदेशिक तेक्वान्दो कार्य समितिका विजय मिश्रा, प्रशिक्षक कृष्ण कुमार मण्डल, ममता कुमारी र बिद्यार्थीहरुका अभिभावकहरु लगायतका सक्रिय सहभागिता रहेका थिए र भव्यताका साथ कार्यक्रम सम्पन्न भएको थियो ।
कमेन्ट गर्नुहोस्
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
19 घन्टा पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
28 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
1 महीना पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
2 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
संवाददाता
संवाददाता
