कपिलवस्तु प्राविधिक प्रतिष्ठानले फार्मेसीमा भर्ना लिने
प्रिंन्स मिश्रा, कपिलवस्तु
कपिलवस्तु, मंसिर २३ गते । कपिलवस्तुको बाणगंगा नगरपालिका–२ पिपरामा अवस्थित कपिलवस्तु प्राविधिक प्रतिष्ठानले २०८१ सालको नतिजामा लुम्बिनी प्रदेशमा प्रथम र नेपाल अधिराज्यमा द्वितीय स्थान हासिल गरेको प्रतिष्ठित शैक्षिक संस्था हो । वि.सं. २०५४ सालमा स्थापित यस प्रतिष्ठानले स्वास्थ्य क्षेत्रका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। हाल प्रतिष्ठानमा एचए, ल्याब टेक्निसियन, फिजियो थेरापी र अमिन जस्ता कोर्सहरू सञ्चालन गर्दै आएको यस प्रतिष्ठानले अब फार्मेसीमा पनि ४० सिट शैक्षिक सत्र २०८१।०८२ लागि सि.टि.ई.भी.टी. बाट अनुमति प्राप्त गरेको छ ।
फार्मेसी, स्वास्थ्य विज्ञानको एक महत्वपूर्ण शाखा हो जसले औषधि निर्माण, वितरण र व्यवस्थापनसँग सम्बन्धित विज्ञान र कलाको अध्ययन गर्दछ । फार्मेसिस्टहरू बिरामीहरूलाई औषधि सम्बन्धी सल्लाह दिने, औषधि बनाउने र वितरण गर्ने काम गर्दछन् ।
कपिलवस्तु लगायत अन्य जिल्लाका फार्मेसी पढ्न चाहने विद्यार्थीका लागि राम्रो अवसर रहने क्याम्पस प्रशासनले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
27 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
2 महीना पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
3 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
3 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
4 महीना पहिले
संवाददाता
