+977 9854027065 | akulpdsah@gmail.com

सिद्धार्थ बैङ्कका लुटेर प्रबन्धक बलम्पाकीलाई प्रहरीको संरक्षण प्रहरीले ऋणी रायलाई प्रहरी कार्यालायमा कुटपीट

8 महीना पहिले प्रकाशित

Akul Prasad Sah

316 Views

कमल साह
जनकपुरधाम,पुस ११ गते । सिद्धार्थ बैंक जनकपुर शाखाका प्रबन्धक बलम्पाकीले व्यापारीलाई घरबिहिन बनाएपनि प्रहरीले संरक्षण गर्नमा सक्रियता देखाएको छ । प्रहरी कार्यालयम पुगेका ऋणी व्यावसायी दिनेश राय कुर्मीलाई प्रहरी कार्यालय हातामा नै कुटपीट गरेका छन ।
जनकपुरधामको मिल्स एरियामा संचालित सिद्धार्थ बैङ्क लिमिटेडका शाखा प्रबन्धक अर्ण बलम्पाकी र लोन अधिकृत ले ऋणी सुद्रिका कुमारी देवी लाई बिना जानकारी गराई घर लिलाम गरे बापत प्रहरीले उनलाई संरक्षण गर्नमा सक्रियता देखाएको छ ।
ऋणी सुद्रिका कुमारी देवी ले बैंकबाट लिएको सम्पूर्ण ऋणको रकम तिर्नका लागि तयारी भई बैंकमा जाँदा तपाईंको घर जग्गा लिलाम भएको सुन्दै छांगमाबाट खसेकी छिन ।
ऋण तिर्न प्रत्यन गर्ने व्यावसायीको घरबार बिहिन गर्ने प्रबन्धक र ऋण अधिकृतिलाई कारवाही माग गर्दै जनकपुरका व्यवसायीहरू बैंकमा पुगेर नारा लगाएका छन ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी सहितका संघका अधिकारी, चेम्बर अफ कमर्सका सरोज कुमार मिश्र सहितले विना प्रक्रियागत घर जग्गा लिलामी गरेको भन्दै बैङ्कका शाखा प्रबन्धक अर्ण बलम्पाकी माथि कारवाहीको माग गरेका छन् ।
बैङ्कको कार्यालय क्षेत्रमा ठूलो सङ्ख्यामा व्यापारी तथा व्यवसायीहरू उपस्थित भई नाराबाजी गरिरहदा प्रहरीले शाखा प्रबन्धक बलम्पाकीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धनुषामा लगेका छन् ।
बैङ्कका म्यानेजरको सुरक्षा साथ प्रहरी भ्यानमा राखेर जिल्ला प्रहरी कार्यालय लगिएको छ ।
धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले तीनै पक्षलाई छलफलका लागि जिल्ला प्रहरी कार्यालयमा बोलाएको बताउनुभयो ।
जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी भन्नुहुन्छ, छलफलको हामीलाई बोलाए पनि कुनै वास्ता भएन । बरु त्यहाँ पिडीत व्यावसायी संजय रायलाई संजय यादव नामका प्रहरी जवानले कुटपीट समेत गरेका छन ।
जनकपुरधाम उपमहानगरपालिका वडा नंं ८ बाल्मिकीनगरनिवासी सुद्रिका कुमारी देवीको सिट नंं १३५६–१४ र कित्ता नंं १४१ को नाउँमा रहेको जग्गा र त्यसमा बनेको अढाई तल्लाको घर भित्रभित्रै लिलामी गरेर व्यक्तिको नाउँमा पास गरेको थाहा पाएपछि पीडितले जनकपुरधाम उद्योग वाणिज्य सङ्घ संग गुहार मांग्न पुगेका छन ।
जनकपुरधाम उमहानगर पालिका वार्ड नं. ७ स्थित भ्रमरपुरा चोकमा रहेको लक्ष्मी ट्रेडर्स संचालन गर्दै आईरहेका दिनेश राय कुर्मीले सिद्धार्थ बैंकको मिल्स एरिया शाखाबाट ३५ लाख रुपैयाँको विजनेश ऋण लिएका हुन । साथै उहाँले भाउजुको नाममा महेन्द्रनगरस्थित सिद्धार्थ बैंकको शाखाबाट ४५ लाखको व्यक्तिगत ऋण लिएका हुन । दुबै ऋणको ब्याज व्यावसायी रायले समय समयमा बुझाउँदै आएको दावी गर्नुहुन्छ ।
उहाँ भन्नुहुन्छ,‘ आफु पुरै ऋण चुक्ता गर्छु भनेपछि दुबै शाखाका प्रबन्धक मिलेर घरबार बिहिन बनाउन लागेको हो ।’ ऋण बुझाउनकै लागि गत दुई सातादखि आफु बैंक धाउँदै आईरहदा पनि कुनै वास्ता देखाएनन् उहाँले बताउनु हुन्छ ।
बैंकका प्रबन्धकलाई ऋण क्लियर गर्छु, हिसाब देखाई दिनुस् भन्दा सादा कागजमा मात्रै हिसाब देखाएको व्याबसायी रायले बताउनुभयो ।
उहाँ अगाडी बताउनुभयो, ‘सादा कागजको हिसाब मान्दिन भन्दा आजको आजै ऋण चुक्ता गर्नुस् नभए जग्गा निलाम गर्छु भन्दै धम्काईयो ।’
आफूले एक साताको समय दिनुस पुरै ऋण चुक्ता गर्छु भन्दा भन्दै पनि अरुको नाममा जग्गा पास गरि दिएको उहाँले गुनासो गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..

कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..

1 महीना पहिले

नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..

1 महीना पहिले

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..

कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..

2 महीना पहिले

जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..

2 महीना पहिले

नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..

मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..

2 महीना पहिले