+977 9854027065 | akulpdsah@gmail.com

अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरधाममा हुने

1 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

479 Views

कमल साह
जनकपुरधाम,पुस ११ गते । सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन मार्च २१ र २२ मा जनकपुरधाममा हुनेछ ।
सो सम्मेलनमा विश्वका विभिन्न देशका क्यान्सर रोग विशेषज्ञहरुको सहभागिता रहनेछ । सम्मेलनमा अमेरिका, भारत, बंगलादेश, नेपालका क्यान्सर रोग विशेषज्ञ र यसको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, नर्स र सरोकारवालाहरु सहभागी हुने आयोजक विनयतारा फाउन्डेसनले जनाएको छ ।
विश्वमा क्यान्सर उपचारमा भइरहेको नयाँ प्रगति, प्रविधि, अनुसन्धान र चिकित्सकहरुका अनुभवहरु सम्मेलनमा समेटिने सम्मेलनका निर्देशक तथा फाउन्डेसनका अध्यक्ष डा.विनय शाहले जानकारी गराउनु भयो । उहाँका अनुसार दुई दिन चल्ने सम्मेलनको पहिलो दिन नीतिगत बहश पनि हुनेछ । ‘स्वास्थ्य बीमा विषयमा राजनीतिज्ञ, नीतिनिर्माता र सरोकारवाला राखेर बहश गर्ने र त्यसलाई सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत् आमजनसम्म पु¥याउने तयारी पनि भइरहेको छ,’ डा. शाहले बताउनु भयो ।
पहिलो दिन मार्च २१ दिउसो १ः ३० बजेबाट सम्मेलन सुरु हुनेछ । रजिस्ट्रेसन, त्यसपछि हेड एण्ड नेक क्यान्सरका विषयमा छलफल, अब्स्ट्र्याक्ट प्रिजेन्टेसन, नीतिगत बहश र सांस्कृतिक कार्यक्रम राखिएको छ । दोस्रो दिन रजिस्ट्रेसनका साथै बिहान ८ बजेदेखि सेसन सुरु हुनेछन् । सुरुमा ब्रेस्ट क्यान्सर, त्यसपछि लङ क्यान्सर, जीआई अन्कोलोजी, सपोर्टिभ केयर, जीयु अन्कोलोजी, गाइनोक्लोजिक क्यान्सर, हेमाटोलोजिकल मेलिङन्यान्सिज र अब्स्ट्र्याक्ट पोस्टर सेसन हुने फाउन्डेसनले जनाएको छ ।
नेपाल क्यान्सर अस्पतालका सर्जिकल अन्कोलोजिस्ट डा.कपेन्द्र शेखर अमात्यले सम्मेलनको चेयर गर्नेछन् । अन्य केही नाम चलेका विशेषज्ञ चिकित्सकले सहभागी हुने पक्का गरिसकेका छन् । प्राडा जनक कोइराला (पाटन अस्पताल), डा.सुदिप श्रेष्ठ (नेपाल क्यान्सर अस्पताल), डा.मार्क पेग्राम (स्टेनफोर्ड हेल्थकेयर, अमेरिका), डा यिङ ली (युनिभर्सिटी अफ वासिङ्टन, युएसए), डा. दिनेश क्षेत्री (युसीएलए हेल्थ, युएसए), डा. सञ्जय ठाकुर (टाटा मेडिकल सेन्टर), डा. श्रीनिवास के तन्त्रावाही (हुन्तस्मान क्यान्सर इन्सिच्युट, युएसए), डा विप्लव यादव (अमेरिका), डा.प्रभात ठाकुर (नेपाल क्यान्सर अस्पताल), डा नोरा कु (रेन अन्कोलोजी, अमेरिका), डा अरुण शाही (पाटन अस्पताल), डा. धिरेशकुमार महर्जन (नेपाल), डा.रमेश श्रेष्ठ ( बीपीकेआईएचएस), डा.सजिन राजभण्डारी (प्राइमेरा हस्पिटल), डा.सुजिता हिराचन ( शिक्षण अस्पताल महाराजगञ्ज) रहेका छन् ।
सम्मेलनका अब्स्ट्याक्ट डिसेम्बर ३१ सम्म पठाइसक्नुपर्नेछ ।
विनयतारा फाउन्डेसन अमेरिकामा दर्ता भएको गैर नाफामुखी संस्था हो । फाउन्डेसनले स्वास्थ्य सेवामा न्युन पहुँच भएको दक्षिण एशियाका विभिन्न क्षेत्रमा काम गरिरहेको छ । बोनम्यारो प्रत्यारोपण केन्द्र, होम हस्पिस कार्यक्रम, क्यान्सर स्क्रिनिङ, स्रोतसाधन नपुगेका समुदायका लागि चिकित्सा अनुसन्धान अनुदान जस्ता कुरामा यसले सहयोग गरिरहेको छ ।
मधेश प्रदेशको जनकपुरमा २०० बेडको दक्षिण एशियाकै नमुना क्यान्सर उपचार केन्द्र बनाउने लक्ष्य लिएको फाउन्डेसनले जनकपुरमा २५ बेडको अस्पताल सञ्चालन गरिरहेको छ । नेपालको सिभिल अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनामा फाउन्डेसनले महत्वपूर्ण भूमिका छ ।
फाउन्डेसनकै अर्थिक सहयोगमा नेपालको बोनम्यारो प्रत्यारोपण केन्द्र टीमलाई सिकागो (अमेरिका) स्थित इलिनोइस विश्वविद्यालयमा तालिम प्रदान गरिएको थियो । नेपालमा मात्रै होइन, भारतको मध्य प्रदेश र दक्षीण अमेरिकामा समेत फाउन्डेसन क्यान्सर उपचार, अनुसन्धान र शिक्षा क्षेत्रमा काम गरिरहेको बताइएको छ ।
फाउन्डेसनले अमेरिका क्यान्सर सम्मेलन, कन्टिन्यु मेडिकल एजुकेसन (सीएमई) गर्नुका साथै अनलाइन क्यान्सर सीएमई एप अन्कोब्लास्ट समेत सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

12 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

2 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

3 महीना पहिले