मारवाड़ी सेवा समितिका अध्यक्ष र महासचिबद्वारा एक–एकजना पत्रकारलाई पुरस्कार
कमल साह
जनकपुरधाम, पुस १३ गते । यहाँका मारवाड़ी सेवा समितिका अध्यक्ष र महासचिबद्वारा दुई जना पत्रकारलाई एक–एक वटा पुरस्कार प्रदान गर्ने विहिबार घोषणा भएको छ ।
नेपाल पत्रकार महासंघ धनुषा का नव निर्वाचित अध्यक्ष पुरन साह तथा कार्यसमितिका पदाधिकारी र सदस्यहरु लाई स्वागत तथा सम्मान कार्यक्रम मा उक्त पुरस्कारको घोषणा भएको छ ।
मारवाड़ी सेवा समितिका अध्यक्ष निर्मल कुमार चौधरीले आफ्नो स्व.श्रीमती अनिता चौधरी को नामबाट “अनिता चौधरी आर्थिक पत्रकारिता पुरस्कार” र सोही संस्थाका महासचिव प्रमोद अग्रवाल ले आफ्नो बुवा आमा को नामबाट “राधा किशोरी खोजी पत्रकारिता पुरस्कार” घोषणा गर्नुभएको छ ।
सो अवसरमा अध्यक्ष चौधरीले एक जना मास कम्युनिकेशन पढ़नका लागी छात्रवृति दिन इच्छा रहेको समेत बताउनु भयो।उक्त पुरस्कारहरुको राशी प्रत्येक बर्ष ११ हजार रहने ब्यवस्था हुने बताउनु भयो ।
उहाँले उक्त कार्यको लागि कार्यविधि बनाउने, मान्यता दिने तथा अन्य कार्य पत्रकार महासंघ ले कार्यसमितिबाट अनुमोदन भए अनुसार नै हुने बताउनु भयो । सो अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष पुरन साह लगायतद्वारा धन्यवाद तथा आभार प्रकट गरियो ।
कमेन्ट गर्नुहोस्
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
9 दिन पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
22 दिन पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
24 दिन पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
2 महीना पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
2 महीना पहिले
संवाददाता
संवाददाता
