+977 9854027065 | akulpdsah@gmail.com

मारवाड़ी सेवा समितिका अध्यक्ष र महासचिबद्वारा एक–एकजना पत्रकारलाई पुरस्कार

1 वर्ष पहिले प्रकाशित

Mithila Jagaran

572 Views

कमल साह
जनकपुरधाम, पुस १३ गते । यहाँका मारवाड़ी सेवा समितिका अध्यक्ष र महासचिबद्वारा दुई जना पत्रकारलाई एक–एक वटा पुरस्कार प्रदान गर्ने विहिबार घोषणा भएको छ ।
नेपाल पत्रकार महासंघ धनुषा का नव निर्वाचित अध्यक्ष पुरन साह तथा कार्यसमितिका पदाधिकारी र सदस्यहरु लाई स्वागत तथा सम्मान कार्यक्रम मा उक्त पुरस्कारको घोषणा भएको छ ।
मारवाड़ी सेवा समितिका अध्यक्ष निर्मल कुमार चौधरीले आफ्नो स्व.श्रीमती अनिता चौधरी को नामबाट “अनिता चौधरी आर्थिक पत्रकारिता पुरस्कार” र सोही संस्थाका महासचिव प्रमोद अग्रवाल ले आफ्नो बुवा आमा को नामबाट “राधा किशोरी खोजी पत्रकारिता पुरस्कार” घोषणा गर्नुभएको छ ।
सो अवसरमा अध्यक्ष चौधरीले एक जना मास कम्युनिकेशन पढ़नका लागी छात्रवृति दिन इच्छा रहेको समेत बताउनु भयो।उक्त पुरस्कारहरुको राशी प्रत्येक बर्ष ११ हजार रहने ब्यवस्था हुने बताउनु भयो ।
उहाँले उक्त कार्यको लागि कार्यविधि बनाउने, मान्यता दिने तथा अन्य कार्य पत्रकार महासंघ ले कार्यसमितिबाट अनुमोदन भए अनुसार नै हुने बताउनु भयो । सो अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष पुरन साह लगायतद्वारा धन्यवाद तथा आभार प्रकट गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

6 दिन पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

9 दिन पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

23 दिन पहिले

धनकौलका उखु किसान धर्नामा

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..

2 महीना पहिले

सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..

2 महीना पहिले