कपिलेश्वरको श्री आधारभूत बिद्यालयमा पूनः तालाबन्दी
धिरेश दत्त
जनकपुरधाम, पुस १६ गते । श्री आधारभूत बिद्यालय कपिलेश्वरमा रहेको पूनः तालाबन्दी गरिएको छ । आईतबार स्थानीयहरुको एक समूहले बिद्यालयको कार्यालयमा तालाबन्दी गरेकाछन् ।
बिद्यालयका प्रधानाध्यापक सुरेश सहनी कहिल्यै पनि समयमा बिद्यालयमा उपस्थिति नहुने र बिद्यालयको अवस्था पहिला को भन्दा पनि झन् धरासायी बनाएकोे स्थानीहरुले आरोप लगाएकाछन् ।
बिद्यालयमा छात्र–छात्राहरु पढ्नकालागी बिहान १० बजे देखिनै आए पनि एघार, साढे एघार बजेसम्म विद्यालयमा कुनै पनि शिक्षक शिक्षिकाहरुको उपरिस्थत देखिदैनन् । त्यहि भएर बाध्य भई हामीले तालाबन्दी गर्नुपरेको स्थानीय मैनेजर यादबले बताए । उनले भने “जबसम्म यस बिद्यालयका प्र.अ. सुरेश सहनीलाई यस बिद्यालयबाट अन्यत्र सरुवा गरिदैन तबसम्म हामीले ताल्चा खोल्ने छैनौ ।”
बिद्यालय परिसरमा बिहान ११ बजे प्रबेश गर्दै शिक्षिका पुष्पा झालाई तपाईको आउने समय कति बजे हो भनी सोध्दा उहाँले “मेरो स्वस्थ्य ठिक नभएकोले आज मात्र अलिकति ढिलो भएको भनी स्वीकार गरे।”
त्यस्तै,अर्को शिक्षक बिनोद कुमार झा बिद्यालय परिसरमा बिहान ११ बजेर पाँच मिनेटमा प्रबेश गर्दै संचारकर्मीलाई देख्ने बितिके सोझै कक्षाकोठामा प्रवेश गरेका थिए ।उहाँलाई तपाईको आउने समय कति बजे हो भन्दा उहाँले “मलाई स्टेशन एरियाबाट आउनु पर्ने भएकोले समयमा ट्याम्पू नपाउँदा कहिले काहि मात्र ढिलो हुने गरेको बताए ।”
“प्र.अ. सहनीको आफ्नो एक निजी संस्थागत बिद्यालय समेत रहेकोले उहाँ बढी समय आफ्नो निजी बिद्यालयमा समय ब्यतित गर्दै आईरहेको र यस आधारभूत बिद्यालयलाई कुनै वास्ता नगरेको स्थानी सुनील गामीले बताए ।” यसै सन्दर्भमा हाम्रो सहकमी धिरेश दत्तले स्थानीय वडाअध्यक्ष रामचन्द्र पञ्जियार सँग कुरा बुझ्न फोन गर्दा उहाँले फोन उठाउनुभएन ।
बिद्यार्थीहरुबाट शिक्षकले कक्षाकोठा सफा गर्न लगाउने, फोहोरमैला टिप्न लगाउने र गर्न नमान्दा मारपिट गर्दै आईरहेको बिद्यार्थीहरुले आफ्नो दुखेसो पोखे । उनले भने “कार्यालय सहयोगी हुँदा पनि हामीलाई कक्षा कोठा सफा गर्न लगाउने, फोहोरहरु उठाउन लगाउने र गर्न नमान्दा हामीहरुलाई शिक्षकहरुले मारपिट, धाक धम्की दिदै आईरहेकोले इच्छा नहँ्दा पनि गर्न बाध्य भएका छौं” बताए ।
बिद्यालयमा जम्मा ७ पिरिएड भए पनि दुई र तीन पिरिएड भन्दा बढी कहिल्यै पढाई नभएको कक्षा ७ मा अध्ययनरत छात्रा साक्षी कर्णले बताए । बिद्यालयमा शिक्षक शिक्षिकाहरु जहिले पनि ११ बजे त कहिले १२ बजे आउने गरेको र १ डेढ घण्टा बस्ने अनि हाजिरी बनाई जाने गरेका कक्षा ७ मा अध्ययनरत अर्को छात्रा पिंकी कुमारीले बताए ।
यस बिद्यालयमा गरिब,बिपन्न तथा दलित परिवारका बिद्यार्थीहरु पढ्ने गरेकाछन् । हुने खानेहरुले त प्राईभेट बोर्डिङ्ग स्कुलमा आफ्ना नानीहरुलाई पढाउने गरेकाले पनि यस बिद्यालयमा कसैले ध्यान नदिएका स्थानीहरुले बताउँछन् । यस्तै रह्यो भने यी स–साना नानीहरुको भबिष्य कहाँ जाने हो ? भन्न सकिन्न तर अविभावक ले आफ्ना यी नानीहरुको भबिष्य नै यस्ता लापर्वाह शिक्षक शिक्षकाको हातमा सुम्पिएको हुँदा यसमा सचेत हुनु जरुरी देखिएको छ ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
6 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
9 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
23 दिन पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
2 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
2 महीना पहिले
संवाददाता
संवाददाता
