+977 9854027065 | akulpdsah@gmail.com

जनकपुरधामको नगर परिक्रमा सडकभित्र मांसमदिरा रोक्न मुख्यमन्त्री सिँहको आह्वान

6 महीना पहिले प्रकाशित

Mithila Jagaran

248 Views

कमल साह
जनकपुरधाम, पुस १९ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले जनकपुरधामको परिक्रमा सडकभित्र मांसमदिराको उत्पादन, बिक्रीवितरण र उपभोग निषेधसम्बन्धी धार्मिक मान्यता र कानुनी प्रावधान कडाइका साथ पालना हुनुपर्ने बताएका छन् । उहाँले जनकपुरधामको धार्मिक तथा साँस्कृतिक परम्परा, गरिमा र प्रतिष्ठा अक्षुण्ण राख्न स्वतःस्फुर्त ढंगले मांसमदिराको उत्पादन, बिक्रीवितरण र उपभोग नगर्न जनकपुरवासीलाई आह्वान गर्नुभयो ।
नेपाल पत्रकार महासंघ मधेश प्रदेश कमिटी द्वारा आयोजित पदस्थापन समारोहबाट मुख्यमंत्री सिंह अह्वान गर्नुभयो ।
उहाँले भन्नुभयो,‘कुनै पनि पीठक्षेत्रका बासिन्दामा उच्च आध्यात्मिक मूल्य र चेतना रहन्छ । जसको अभिव्यक्ति नै तिनको शुद्धता तथा पवित्रतामा आधारित जीवनशैलीबाट हुन्छ । त्यसैले जनकपुरधामवासीलाई परिक्रमा सडकभित्र निषेधित व्यवहार गर्न हुँदैन ’ ।
उनले जनकपुरधामको परिक्रमा सडकभित्रका ठाउँ धार्मिक तथा साँस्कृतिक अनुष्ठानको गौरवपूर्ण अतीत तथा वर्तमान उधिनेको बताउँदै त्यस क्षेत्रमा मांसमदिरा निषेधसम्बन्धी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्नका लागि प्रदेश सरकारले स्थानीय सरकारसँगै अन्य सरोकारवालासँग समन्वय गरिरहेको जानकारी दिए ।
मुख्यमन्त्री सिँहले सनातन परम्परामा अन्तर्निहित आशय, सरकारको निर्णय, अदालतको आदेश र सरोकारवालाहरूको आग्रहका बाबजुद परिक्रमा सडकभित्र मांसमदिरा निषेध नहुँदा धार्मिक समुदायमा नकारात्मक धारणा बन्न लागेको जोखिम औंल्याउँदै जनकपुरधामको अर्थतन्त्रको आधार धार्मिक पर्यटन जोगाउन पनि मांसमदिरा निषेधको व्यवहार अपनाउन जनकपुरधामवासीले चासो लिनुपर्ने बताउनु भयो ।
‘जनकपुरधामको परिक्रमा सडकभित्र मांसमदिराको उत्पादन तथा बिक्रीवितरण गर्न सरकारी निकायले अझै इजाजत दिँदैनन् । तर, इजाजतबिना नै मांसमदिराको किनबेच र उपभोग भइरहेको छ । यो दुर्भाग्यपूर्ण छ,’ मुख्यमन्त्री सिँहले भने, ‘कुनै पनि समाजका परम्परा र कानुनको पालना गर्ने दायित्व अमुक समुदायको हुन्छ । त्यसैले परिक्रमा सडकभित्र मांसमदिरा निषेध कार्यान्वयनमा स्थानीयको अग्रसरता जरुरी छ ।’
जनकपुरधाममा हुने विवाहपञ्चमी महोत्सव, छठलगायत विभिन्न धार्मिक तथा साँस्कृतिक पर्व, मेला आदिका बेला स्थानीय प्रशासनले परिक्रमा सडकभित्र पशुपक्षीको काटमार, मासु तथा मासुजन्य पदार्थको बेचबिखन र उपभोग निषेध गरेको सूचना जारी गर्नेगर्छ । त्यस आधारमा केही दिनका लागि मांसमदिरा निषेधित भए पनि अन्य दिन परिक्रमा सडकभित्र मांसमदिराको बेचबिखन तथा उपभोग भइरहन्छ ।
परिक्रमा सडकभित्र सदैवका लागि मांसमदिरा निषेध गर्न साधुसन्त, धार्मिक तथा सामाजिक अभियन्ताहरूले समयसमयमा आन्दोलन गरिरहेका छन् ।
केही समयअघि जनकपुरधाम उपमहानगरपालिका कार्यालयले परिक्रमा सडकभित्र मांसमदिराको बेचबिखन नगर्न सूचना जारी गरे पनि स्थानीय व्यवसायीले पूर्ववत् मांसमदिरा बिक्रीवितरण गरिरहेका छन् ।
उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहको पहलमा भने परिक्रमा सडकभित्र कुखुरालगायत पशुपक्षीको काटमार अहिले रोकिएको छ भने अन्य पशुपक्षीको काटमार परिक्रमा सडक बाहिरै हुने गरेकाले मासुमाछाको बजार जनकपुरधाममा परिक्रमा सडक बाहिर नै छन् ।
नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कर्ण ले नवनिर्वाचित अध्यक्ष श्याम बन्जारालाई पद हस्तान्तरण गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..

कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..

7 दिन पहिले

जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..

7 दिन पहिले

नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..

मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..

7 दिन पहिले

होटल व्यवसायीहरुको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने प्..

नारायण घिमिरेमहोत्तरी, असार ८ गते । मधेस प्रदेशका होटल सञ्चालकहरुको व्यवसायिक क्षमता अभिवृद्धि तथा होटेलको स्त..

9 दिन पहिले

संघीय निजामती सेवा विधेयकमा मधेशी समुदायको समावेशीताको..

प्रेमचन्द्र झा, काठमाडौं, असार ०३ गते । संघीय निजामती सेवा विधेयक, २०८२ मा मधेशी समुदायको निष्पक्ष, समावेशी र न्या..

14 दिन पहिले