+977 9854027065 | akulpdsah@gmail.com

हिमाली इंग्लिस बोर्डिङ स्कूलद्वारा ३२ औं स्थापना दिवसमा विज्ञान प्रदर्शनी तथा रक्तदान कार्यक्रम

4 महीना पहिले प्रकाशित

Akul Prasad Sah

263 Views

कमल साह
जनकपुरधाम,पुस २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा संचालित हिमाली इंग्लिस बोर्डिङ स्कूलले दुईदिने कार्यक्रमगरि ३२ औं स्थापना दिवस मनाइयो ।
कार्यक्रमका प्रमुख अतिथी मधेश प्रदेशका समाज कल्याण तथा शिक्षा मन्त्री रानी शर्मा तिवारी कार्यक्रमलाई केक काटेर उद्घाटन गर्नुभयो । उहाँले हिमाली बोर्डिंग ईंगलिश स्कूलको स्थापना दिवस कार्यक्रमबाट समाजलाई पनि शिख मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यो विद्यालयले विद्यार्थीलाई उर्जा प्रदनको लागि आयोजना गरेको विज्ञान प्रदशनी कार्यक्रम पनि उत्तम रहेको थप्नुभयो ।
विशिष्ट अतिथि शिक्षा विकास तथा समन्वय इकाई समितिका प्रमुख चेत कुमार पोख्रेल विशिष्ट अतिथी जनकपुरधाम उपमनापा २३ का वडा अध्यक्ष तथा रविन्द्र मेमोरियल फाउण्डेशनका अध्यक्ष राघवेन्द्र साह ले विद्यार्थीमा अतिरिक्त ज्ञान एवं कला आवश्यकता रहेको बताउँदै यस्ताखाले कार्यक्रम अगामी दिनहरुमा पनि आयोजना हुँदै रहोस् भनि कामना गर्नुभयो ।
त्यस्तै प्राध्यापक संघका सभापति सह प्राध्यापक श्री मुक्तिनाथ साह र जनकपुरधाम उपमहानगरपालिका–२३ का वडा अध्यक्ष तथा रबीन्द्र मेमोरियल होस्पिटलका महाप्रबन्धक राघबेन्द्र प्रसाद साह रहनु भएको थियो । उनिहरुले विज्ञान प्रदर्शनीे कार्यक्रम आयोजना हुँदै रहोस् बिचार राख्दै यस प्रकारका प्रदर्शनीहरुबाट विद्यार्थीलाई प्रस्फुटनमा मद्दत मिल्ने बताउनुभयो ।
त्यस्तै अतिथिहरुमा विद्यालयका संस्थापक दिपेन्द्र साह, एकल महिला संजालकी अध्यक्ष सुभद्रा आले, प्रा.सुरेश साह, रबीन्द्र मेमोरियल होस्पिटलका निर्देशक डा.शम्भु साह लगायतले शुभकामना मन्तव्य राख्नुभयो ।
शुक्रबार आयोजित विज्ञान प्रदर्शनी तथा बार्षिक पुरस्कार बितरण समारोहको अध्यक्षता विद्यालयका प्रधानाध्यापक रमेश कुमार साह ले गर्नुभयो । उदघोषन विाद्यालयका प्रशासन प्रमुख रूपेश कुमार आले ले गर्नुभयो ।
कार्यक्रम स्थलमा शिक्षक शिक्षिका, अभिभावक तथा विद्यार्थीहरू उपस्थितिले खचाखच भरिएको थियो ।
विद्यालयका संस्थापक तथा प्रधानध्यापक रमेश साह को अध्यक्षतामा आयोजित सांस्कृतिक कार्यक्रममा रविन्द्र मेमोरियलका मेडिकल सुप्रिडेण्ट डा.शम्भु साह, जनकपुरधाम उमनपाका वडा ध्यक्ष दिपेन्द्र साह र सांस्कृतिक कार्यक्रमका संयोजक तथा प्रशिक्षक लगायतलाई दोसाला ओढाएर सम्मान गरियो ।
त्यस समारोहमा विद्यालयका शिक्षक शिक्षिकासमेतलाई सम्मान गरियो । विज्ञान प्रदर्शनीमा सहभागी भएका विद्यार्थीलाई र सो कार्यक्रममा प्रथम,दितिय तथा तृतिय हुने विद्यार्थीलाई समेत प्रमाण पत्र प्रदान गरियो ।
त्इस्तै पुस १८ गते रक्तदान कार्यक्रमबाट आरम्भ भएको हिमाली इंग्लिस बोर्डिंग स्कूलकोे ँवार्षिकोत्सव पुस १९ गते विज्ञान प्रदर्शनी आयोजना गरेर सम्पन्न हुनेछ ।
हिमाली ई.बो. स्कूलको वार्षिकोत्सव अवसरमा विहिबार विद्यालयको हातामै रक्तदान कार्यक्रम आयोजन गरिएको थियो । सो रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गर्नुभएको समाचार प्राप्त भएको छ ।
सो कार्यक्रममा रक्तदान गर्नेहरुमा पशुपति कुमार यादव,संगिता सिंह,दिपा घले, दिनेश कुमार कर्ण,यदुविर सिंह,सतार अंसारी,बिनोद कुमार शर्मा,शैलेन्द्र कुमार महतो,संजिव कुमार साह,राजेश कुमार साह,संजिव सिंह थारु,विरेन्द्र साह,रंजित कुमार महतो,प्रदिप कुमार साह, संजिता कुमारी मण्डल,बबिता यादव,रुपेश कुमार आले र दिपक कुमार साह रहेका छन ।
वार्षिकोत्सव अवसरमा हिमाली ई.बो. स्कूलमा अध्ययनरत विद्यार्थीहरुले यसपाली ‘फुड फेस्टीवल’ विहिवार आयोजना गरेका थिए । कक्षा ६ देखि १० कक्षासम्म अध्ययनरत विद्यार्थीहरुले समुह बनाई ११ वटा स्टल लगाएर खाजाको व्यञ्जनहरु प्रस्तुत गरिएको थियो । एकदिने व्यञ्जन मेलामा उनिहरुले भाजा,कचरी,चप,छोला पास्ता,चाउमिन,मम, पानीपुरी,मन्चुरियन,चटपटे, ब्रेडपकौडा, समुसा, लिट्टी चोखा, समुसा चाट लगायतका सामग्रीहरु पस्किएका थिए ।
सो खाजा मेलामा शिक्षक,शिक्षिका,सो विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकहरु सहभागि भएका हुन ।
विद्यार्थीहरुले पस्किएका खाजा महोत्सवमा सबै भन्दाबढी भाजा,कचरी,चप र छोलाको स्टललाई रुचाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

हंसपुर नगरपालिकामा ८४ करोड भन्दा बढी बेरुजु

मिथिला जागरण समाचारदाताजनकपुरधाम, बैशाख २० गते । हंसपुर नगरपालिकामा ८४ करोड भन्दा बढी बेरुजु रहेको छ । महालेखापर..

7 दिन पहिले

खुलेआम अवैध रूपमा नदीजन्य सामग्री उत्खनन सम्बन्धीत निक..

धिरेश दत्तजनकपुरधाम, बैशाख १८ गते । धनुषाको मिथिला नगरपालिका–५ स्थित औरहीबाबा सामुदायिक वन क्षेत्रबाट दिउँसो..

8 दिन पहिले

पुर्ब राजा ज्ञानेन्द्रलाई काशिको पुजारी बन्न सुझाए – मन..

रश्मि पटेल, रौतहटरौतहट, चैत्र १९ गते । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एब्म पुर्ब मन्त्री योगेन्द्र यादवल..

1 महीना पहिले

पत्रकार रजकको हत्या विरोधमा रैली

कमल साहजनकपुरधाम ,चैत्र १६ गते । नेपाल पत्रकार महासङ्घ धनुषाले एभिन्युज टेलिभिजनका क्यामरा पर्सन सुरेश रजकको शु..

1 महीना पहिले

हंसपुर नगरपालिकामा माओवादीको तालाबन्दी

कमल साहजनकपुरधाम,चैत्र १५ गते । हंसपुर नगर प्रमुखलाई गुठीको जमिनमा निर्माण भएको घर भत्काउन दबाबको लागि मओवादीका ..

1 महीना पहिले