मधेश प्रदेश सरकारले एक हजार छियासी शहीद परिवारको बिमा गर्ने

कमल साह
जनकपुरधाम,पुस २५ गते । मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयले मधेश प्रदेशमा विभिन्न आन्दोलनको क्रममा शहीद भएका एक सय ८६ जनाको परिवारलाई निःशुल्क स्वास्थ्य विमा गर्न लागेको छ ।
मधेश गृह संचार मंत्रालयले विभिन्न आन्दोलका शहीद परिवारबाट पाँच जना परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्न लागेको छ ।
त्यस्तै मधेश प्रदेशका ८ वटै जिल्लाबाट १ हजार ८१ जना शहीद परिवारलाई यसै आर्थिक वर्षभित्रमा स्वास्थ्य बिमा गर्न लागेको मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखीले यहाँ पत्रकार सम्मेलन गरेर जानकारी दिनुभयो । मधेशी शहीद प्रतिष्ठान मार्फत शहीदहरूको तथ्याङ्क सङ्कलन गर्ने काम शुरु भएको शहीद परिवारका पाँज जना सदस्यलाई उक्त बिमामा आबद्ध भएपछि १ लाखसम्मको स्वास्थ्य उपचार गर्न मिल्ने मन्त्री लेखीले जानकारी गराउनुभयो । गृहमन्त्री लेखीले स्वास्थ्य बिमा गर्नका लागि स्वास्थ्य बिमा बोर्डसँग सम्झौता भएको जानकारी गराउँदै त्यसको शुरुआत अगामी माघ ९ गतेबाट गरिने बताउनु भयो । उहाँले माघ ५ गते प्रदेश सरकारले सामान्य रुपमा बलिदानी दिवस जनकपुरधाम मै मनाउने बताउनुभयो । मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयका सचिव उद्धव प्रसाद रिजालले १ हजार ८१ शहीद परिवारका पाँच जना सदस्यको स्वास्थ्य बिमाका लागि मधेश प्रदेश सरकारले स्वास्थ्य बिमा बोर्डलाई प्रति शहीद परिवार ३ हजार ५ सय बिमा शुल्क तिरिदिने भन्नुभयो । उहाँले स्वास्थ्य बिमाको कार्यक्रम यसै आर्थिक वर्षको असार १० गते भित्रमा गरिसक्नु पर्ने प्रावधान भएपनि मधेशी शहीद प्रतिष्ठानको सहयोगमा चाडै शुरुआत गरिने बताउनु भयो । बिमा कार्यक्रममा मधेश आन्दोलन, सशस्त्र आन्दोलन तथा २०६२–०६३ का आन्दोलनमा शहीद भएका परिवारहरू समेटिने जनाएको छ ।
कमेन्ट गर्नुहोस्

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
7 दिन पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
7 दिन पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
7 दिन पहिले
होटल व्यवसायीहरुको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने प्..
नारायण घिमिरेमहोत्तरी, असार ८ गते । मधेस प्रदेशका होटल सञ्चालकहरुको व्यवसायिक क्षमता अभिवृद्धि तथा होटेलको स्त..
9 दिन पहिले
संघीय निजामती सेवा विधेयकमा मधेशी समुदायको समावेशीताको..
प्रेमचन्द्र झा, काठमाडौं, असार ०३ गते । संघीय निजामती सेवा विधेयक, २०८२ मा मधेशी समुदायको निष्पक्ष, समावेशी र न्या..
13 दिन पहिले

