+977 9854027065 | akulpdsah@gmail.com

गुठी जग्गामा अबैध बनाएका संरचनाहरुलाई बैध बनाउन गुठीबाट नै पहल हुँदै

1 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

524 Views

कमल साह
जनकपुरधाम,माघ १९ गते । गुठी संस्थानले आफ्नै अधिनमा रहेको जग्गा सुरक्षा गर्न पाईनरहेको ले ऐनमा संशोधन हुनु आवश्यकता रहेको विभिन्न वक्ताहरुले आवाज उठान थालेका छन । तर, त्यसमा गुठी संस्थानले आफ्नै दलालहरुलाई मात्र निम्तो गरेको हुनाले गुठीको जग्गाबाट मालामाल हुने गर्भे योजना रहेको स्पष्टरुपमा झल्किदैछन ।
गुठी संस्थानको जग्गा व्यवस्थापनका विषयमा सरोकारवालाबीच सम्पन्न अन्तक्र्रियाबाट मांग भएको छ । जहाँ गुठी अधिनमार रहेको मठमन्दिर क्षेत्रका गाउँवासीदेखि वडा अध्यक्षहरुलाई निम्तो गरिएको थिएनन् ।
गुठी संस्थान कार्यालयको पहलमा बोलाईको अन्तरक्रियामा “गुठी संस्थानको जग्गा व्यवस्थापन र स्थानीय सरकारको भूमिका” विषयक समेटिएको थियो । सो अन्तरक्रियामा गुठीका पदाधिकारी, केहि स्थानीय तहका जनप्रतिनिधि, गुठीको मासिक तलबबाट पालिका कानुनविद्हरू र गुठीको जमिनमा मनोमानी तरिकाबाट घर निर्माण गरेका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले गुठी जग्गाको कानुनी जटिलताका कारण मठ–मन्दिर र गुठी जग्गाको व्यवस्थापन तथा संरक्षणमा समस्या हुँदै आएको बिचार राख्नु भयो । उहाँले स्थानीय तहमा गरिने विकासका लागि आवश्यक गुठी जमिन सहज रूपमा उपलब्ध नहुँदा समस्या अझै थपिएको बताउनु भयो ।
मेयर साहले गुठीका जमिनबाट राजस्व उठाउने अधिकार स्थानीय तहलाई दिनुपर्ने र यसका लागि विद्यमान कानुन संशोधन गर्नुपर्ने धारणा राख्नु भयो । तर, उहाँले गुठीको जमिनमा अन्धिकृत रुपमा बनाएको घरहरुको बारेमा बोल्नु भएन । उहाँले अन्धिकृत रुपमा बनाएको घरलाई कसरी राजश्वको दायरामा राख्न सकिन्छ भने बारेमा मात्र चर्चा गनुभयो ।
सो कार्यक्रममा गुठी संस्थान जनकपुरधाम कार्यालय प्रमुख आनन्द कर्माचार्यले गुठी जग्गाको संरक्षण गर्ने जिम्मेवारी स्थानीय तहले लिनुपर्ने बताउँनु भयो । तर, कुन ऐन नियम अनुसार स्थानिय सरकारले गुठीको जग्गामा अतिक्रमण रोक्न सकिन्छ बारेमा केहि बोलेनन् उहाँले । गुठीको जमिनलाई संरक्षण गर्नमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने मात्रै बताउनु भयो ।
उक्त कार्यक्रममा सहभागी रहनु भएका कानुनविद्हरूले २०३३ सालको गुठी ऐनलाई संशोधन गर्दै समयानुकूल कानुन निर्माण गर्नुपर्नेमा बचिरा राख्नु भयो । साथै, गुठी जग्गामा बनेका संरचनाबाट स्थानीय तहले कर उठाउन सक्ने व्यवस्था गर्नुपर्ने सुझाव दिनु भयो ।
तर, गुठी अधिन अन्तर्गत मठ मन्दिरको जग्गामा अबैधरुपमा निर्माण गरिएको भवन तथा जमिनलाई बैध रुप दिनका लागि कानुनविद्हरुले बिचार राख्नुभयो। कार्यक्रममा सभागि भएका कानुनव्यावसायीहरुबाट आएको विचारले हिजोका दिनमा जनकपुरधामबाट मठमन्दिर समाप्त हुने आशंका सहभागिहरु व्यक्त गरेका छन ।
मठमन्दिरका जमिनहरु अवैधरुमा विक्री भएकोलाई गुठी संस्थान केन्द्रिय कार्यालय काठमाण्डौले एक पल्ट अझै यस्तै प्रकारका कार्यक्रम स्थानिय एक होटलमा आयोजना गरेको थियो । त्यस कार्यक्रममा तत्कालिन वृहित्तर जनकपुरका अध्यक्ष रामकुमार शर्माले विरोध जनाउँदा कार्यक्रम उनिहरुको त्यस्तै स्थगित भएको थियो । आज फेरि गुठीमा निर्माण भएको अबैध सम्पितलाई बैधपार्न गुठी संस्थानबाट नै पहल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

13 दिन पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

24 दिन पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

1 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

1 महीना पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

2 महीना पहिले