शहीदनगरमा शिक्षा सुधारका लागि हेल्दी स्कुल
कमल साह
जनकपुरधाम,फागुन १७ गते । शहीदनगर नगरपालिका वार्ड नं ३ शहीदनगर (यदुकूहा) स्थित श्री जनता एकाई उच्च माध्यमिक विद्यालयमा हेल्दी स्कुल कार्यक्रम आयोजना फागुन १३ गतेबाट लागु गरिएको छ ।
मानव जीवनको प्रमुख आधार स्तम्भ रहेको शिक्षा सुधार गर्न उदेश्यले संचालित स्वस्थ विद्यालय “हेल्दी स्कुल” अभियान अन्तर्गत धनुषा निर्वाचन क्षेत्र नं २ का केहि ग्रामिण भेगका सामुदायिक विद्यालयहरुमा हेल्दी स्कुल कार्यक्रम संचालनमा आएको छ ।
जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता मधेश प्रदेशका प्रदेश सांसद रामअशिष यादवको परिकल्पनामा थालिएको स्वस्थ विद्यालय “हेल्दी स्कुल” कार्यक्रम अन्तर्गत शहीदनगर नगरपालिकाको यदुकुहा गाउँमा स्थापित श्री जनता उच्च माध्यमिक विधालयमा अध्ययनरत सम्पूर्ण वालवालिकाहरुलाई निःशुल्क स्वास्थ्य परिक्षण गरि आवश्यक ओैषधि पनि उपलब्ध गरिएको छ ।
मधेश प्रदेश नीति आयोगका पुर्व उपाध्यक्ष शिक्षा क्षेत्रका धरोहर प्रा डा भोगेन्द्र झाको विशेष उपस्थितिमा सम्पन्न भएको “हेल्दी स्कुल” कार्यक्रममा हेल्दी स्कुल कार्यक्रमका संयोजक डा निरन्जन कुमार गोईत,डा दिपेन्द्र यादव,डा एम के ठाकुर,डा ललिता यादव र डा कृष्णा पाल महतो, डा,श्रृणा रौनियार,डा संतोष यादव, डा रामबाबु यादव सहितका चिकित्सकहरुले वालवालिकाहरुलाई स्वास्थ्य परिक्षण गरेको कुरा प्राधानाध्यपक प्रदीप साहले जानकारी दिएका छन ।
सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षा प्रेमि नागेन्द्र मंडलले सहभागी चिकित्सक सहित अतिथिहरुलाई सम्मान गरेका छन ।
त्यसमा प्रा डा भोगेन्द्र झाले जीवनमा शिक्षाको महत्वमाथि प्रकाश पार्दै व्यवस्थापन तर्फ अध्ययनरत वालवालिकाहरुको सुबिधाका लागि ५० थान महत्वपूर्ण किताबहरु विद्यालयलाई सहयोग गरेका छन ।
स्वास्थ्य जांचको क्रममा केहि वालवालिकाहरुको दांत, आँखा र कानमा सामान्य समस्या देखिएको कुरा स्वस्थ विद्यालय “हेल्दी स्कुल” कार्यक्रमका संयोजक डा निरन्जन कुमार गोईतले जानकारी दिएका छन ।
देश र प्रदेशको कर्णधार वालवालिकाहरुलाई मानसिक तथा शारीरिक रुपमा स्वस्थ पार्न र सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा सुधारसंगै विद्यालयको भौतिक पुर्वाधार विकास, शिक्षक प्रोत्साहन, प्रशिक्षण तथा वालवालिकालाई प्रविधि मैत्री अध्ययन गराउन उदेश्यले सामुदायिक विधालयहरुमा “हेल्दी स्कुल” स्वस्थ विद्यालय कार्यक्रम थालिएको कार्यक्रम संयोजक डा निरन्जन गोईतले बताउनुभयो ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
26 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
2 महीना पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
3 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
3 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
4 महीना पहिले
संवाददाता
