+977 9854027065 | akulpdsah@gmail.com

जनकपुरधाममा चौथो अन्तर स्कुल क्रिकेट प्रतियोगितामा खेलमा जनकपुर पब्लिक स्कुल विजयी

4 महीना पहिले प्रकाशित

Akul Prasad Sah

449 Views

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, फाल्गुन १७ गते । जनकपुरधाममा शनिवार चौथो अन्तर स्कुल क्रिकेट प्रतियोगिता सुरु भएको र खेलमा जनकपुर पब्लिक स्कुल विजयी छ । बाह्रविघा मैदानमा सुरु भएको क्रिकेट प्रतियोगिताको समुदघाटन जनकपुरधाम उपमहा नगरपालिकाका नगर प्रमुख मनोज साहले गरेका छन् । रंगभुमी मैदान बाह्रबिघामा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले ब्याटिङ र नेपाल उद्योग बाणिज्य संघ मधेस प्रदेशका उपाध्यक्ष जितेन्द्र महासेठले बलिङ गर्दै उद्घाटन गरिएको छ ।
खेलको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नगर प्रमुख मनोज साहले खेलाडीहरुलाई क्रिकेट खेल जगतमा आफ्नो छबि बनाउन र सफल हुनको लागि कोशिस गर्न सुझाव दिएका छन । वहाले मधेश प्रदेश क्रिकेट सहित अन्य खेलहरुमा अगाडी आईरहेको र खेलाडीहरुलाइ आगामी दिनमा अगाडी बढन धेरै सम्भावना रहेको बताउनु भयो। साथै यस्तो आयोजकले प्रतियोगिताहरुको आयोजना गरेर खेलाडिहरुलाई प्रोत्साहन र उर्जावान बनाईरहेको बताएको छन्। अहिलेको युवा पुस्ता खेलमा व्यस्त रहदा लागुऔषध तिर ध्यान नपुग्ने र युवाहरको भोलिको भविश्य उज्वल रहने बताइन ।
जनकपुरको बाह्रबिघा रंगभूमि मैदानमा सुरु भएको प्रतियोगिता जनकपुर स्पोट्र्स क्लब र न्यु भिजन नेपालको आयोजनामा भईरहेको छ। आजको उद्घाटन कार्यक्रमको अध्यक्षता न्यु भिजन नेपालका अध्यक्ष अम्भु प्रसाद साहले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साह,अतिथिहरुमा नेपाल उद्योग वाणिज्य संघ मधेस प्रदेसका उपाध्यक्ष जितेन्द्र महासेठ,जनकपुरधाम उपमहानगरपालिका वडा न.– १० का वडा अध्यक्ष मिथिलेश कुमार कर्ण, जनकपुरधाम उपमहानगरपालिका वडा न.– ११ का वडा अध्यक्ष अर्जुन चौधरी, राम युवा कमिटीका पुर्व अध्यक्ष राम बाबु साह, एनसिडिए धनुषाका अध्यक्ष प्रमोद अग्रवाल, हिरा हेल्थ केयरका अध्यक्ष हिरा यादव, निर्माण व्यवसायी संघ धनुषाका महासचिव रुपेश सिंह (मुन्ना), टुर्नामेन्टका ब्रान्ड एमबेस्डर चर्चित राष्ट्रिय कृकेटर मयन यादव, टुर्नामेन्टका मिडिया पार्टनर सजिलो पोस्टका अध्यक्ष गिरिजानन्द साह, जनकपुरधाम टुर गाईड एसोसिएसनका अध्यक्ष विक्रम साह, जनकपुरधाम टुर गाईड एसोसिएसनका उपाअध्यक्ष राम भगत यादव,विभिन्न स्कुलका प्रतिनिधिहरु,खेलाडीहरु र खेल प्रेमी दर्शकहरुको उपस्थिति रहेका थिए।
आजको उद्घाटन खेलमा जनकपुर पब्लिक स्कुल ९ रनले विजय भएको छ । शनिवार भएको खेलमा शिशु प्रज्ञा सदनलाई ९ रनले पराजित गर्दै जनकपुर पब्लिक स्कुल विजयी भएको हो । खेलमा जनकपुर पब्लिक स्कुलले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । ब्याटिङ सुरु गरेको जनकपुर पब्लिक स्कुलका खेलाडीहरु अल आउट हुदै ११० रन बनाउदै प्रतिद्वन्द्वी टिमलाई जितको लागि १११ रनको लक्ष्य दिएको थियो । जनकपुर पब्लिक स्कुल टिमका लागि ओम यादवले ३८ रन र रिजवान राइनले ९ रनको योगदान दिएको थियो । शिशु प्रज्ञा सदनको तर्फबाट बलिङ गरेका देवान्शु मिश्राले ४ ओभरमा १८ रन खर्चेर २ विकेट र शिवम ठाकुरले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिन सफल भएका थिए ।
खेलमा जवाफि ब्याटिङका लागि शिशु प्रज्ञा सदनको खेलाडीहरु अल आउट हुँदै १०१ रन मात्र बनाउन सफल भयो। शिशु प्रज्ञा सदनको खेलाडीहरु मध्ये देवान्शु मिश्राले सर्वाधिक ३५ रन बनाए । जनकपुर पब्लिक स्कुलको टिमका लागि बलिङ गरेका आदित्य यादवले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट र करन यादवले २.१ ओभरमा ३ रन खर्चेर २ विकेट लिन सफल भएको थियो । यस खेलको म्यान अफ दी म्याच जनकपुर पब्लिक स्कुलका खेलाडी आदित्य यादव भएको छ । जसले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिन सफल भएको थियो।
भोलि पहिलो खेल मिट स्कुल र हिमाली स्कुल विच विहान ९ बजे प्रतिस्पर्धा हुने छ भने दोस्रो खेल दिउसो १ बजे अन्नपूर्ण स्कुल र एर्रे इन्टरनेशनल स्कुल बीच प्रतिस्पर्धा हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..

कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..

6 दिन पहिले

जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..

7 दिन पहिले

नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..

मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..

7 दिन पहिले

होटल व्यवसायीहरुको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने प्..

नारायण घिमिरेमहोत्तरी, असार ८ गते । मधेस प्रदेशका होटल सञ्चालकहरुको व्यवसायिक क्षमता अभिवृद्धि तथा होटेलको स्त..

8 दिन पहिले

संघीय निजामती सेवा विधेयकमा मधेशी समुदायको समावेशीताको..

प्रेमचन्द्र झा, काठमाडौं, असार ०३ गते । संघीय निजामती सेवा विधेयक, २०८२ मा मधेशी समुदायको निष्पक्ष, समावेशी र न्या..

13 दिन पहिले