कानु समाज नेपालको जनकपुर नगर कमिटी र युवा मंच गठन

कमल साह
जनकपुरधाम,चैत्र १५ गते । कानु समाज नेपाल धनुषा जिल्ला कार्यसमितिको सक्रियतामा जनकपुरधाम उपमहानगर पालिकामा नगर कमिटी तथा नगर युवा पंच कमिटी गठन भएको छ ।
कानु समाज धनुषको प्रथम अधिवेशनले जनकपुरधाम उपमहानगरपालिकाका युवा व्यवसायी शंकर प्रसाद साहको अध्यक्षतामा २१ सदस्यीय नगर कार्यसमिति सर्वसम्मतिबाट चयन भएको छ ।
अधिवेशनको बन्दसत्रले सर्वसम्मतिबाट पाँचसदस्यीय समन्वय छनोट समिति गठन गरेको थियो । सो समितिले जनकपुरधाम उपमहानगरपालिकाको २५ वटै वाडमा रहेका वैश्य मध्येशिया कानु तथा हलवाई जातिका सक्रिय व्यक्तित्वहरुलाई कार्यसमितिमा चयन गर्न मद्त पु¥याएको जिल्ला कार्यसमितिका सचिव प्राध्यापक मुक्तिनाथ साह ले बताउनु भयो ।
सो कार्यसमिति ले समन्वय छनोट समितिमा समाजका बरिष्ठ व्यक्तित्वहरुमा जनकपुरधाम ५ का वडा अध्यक्ष बेचन साह, पवन कुमार साह,बरिष्ठ पत्रकार कमल साह,प्राध्यापक रमेश कुमार साह र राष्ट्रिय बाणिज्य बैंकबाट अवकाश प्राप्त रामबहादुर साह लाई सर्वसमतिबाट चयन गरिएको थियो ।
नवगठीत कार्यसमितिका उपाध्यक्षमा सरोज कुमार साह,सचिवमा दिपमणि साह,सह सचिबमा दिलिप साह र कोषाध्यक्षमा राजु साह सर्वसम्मतिबाट चयन भएका छन ।
त्यस्तै कानु समाजका कार्यसमिति सदस्यमा सुरेन्द्र कुमार साह,जिवछ साह,बद्री प्रसाद साह,उदय साह,दिलिप कुमार साह,दिनेश कुमार साह,बलराम साह,अर्जुन साह,सरोज साह,श्याम साह,हरेराम साह,रामदेव साह,संतोष कुमार साह,रामशंकर साह र प्रकाश कुमार साह सर्वसम्मतिबाट चयन भएका छन ।
वैश्य मधेशिया कानु तथा हलवाई जातिको उत्थानका लागि नगर कार्यसमितिलाई बल पु¥याउन उद्येश्यका नगर कानु युवा मंच पनि गठन भएको छ । गणेश्य युवा कमिटीका पूर्व अध्यक्ष समेत रहि सक्नु भएका संतोष कुमार साहको अध्यक्षतामा २४ सदस्यीय कार्यसमिति गठन भएको छ ।
उम्मेदवार चयन समितिले चैत्र ११ गते अबेर राती घोषणा गरेको २४ सदस्यीय युवा कार्यसमितिका उपाध्यक्षमा महावीर युवा कमिटिको निवर्तमान उपाध्यक्ष अजय गुप्तालाई सर्वसमितिबाट चयन गरिएको छ । त्यस कार्यसमितिको सचिवमा विकास कुमार साह,सह सचिवमा किशन साह र कोषाध्यक्षमा संजय कुमार साह सर्वसम्मतिबाट चयन भएका छन ।
त्यस्तै नगर कार्यसमिति सदस्य पदमा सर्वसम्मतिबाट चयन हुनेहरुमा नरेश प्रसाद साह,गोविन्द साह,पारसमणी साह,सि.ए. हेमशंकर साह, राहुल साह,राकेश साह,संजिव साह,सत्यनारायण साह,इश्वर कुमार साह, राजा साह,अनिल कुमार साह,दिपक कुमार साह,प्रदिप कुमार साह,गोविन्द कुमार साह,मदन साह,अमन साह,बिक्की कुमार साह र संजिब साह रहेका छन ।
कानु सामज नेपाल धनुषा जिल्ला को प्रथम अधिवेशन चैत्र ११ सम्पन्न भएको थियो ।
धनुषा जिल्ला अध्यक्ष उदय चन्द्र साह को अध्यक्षता मा आयोजित अधिवेशनको उदघाटन सत्रको प्रमुख अतिथी राजश्व कार्यालय जनकपुरधामका कर प्रमुख आनन्द प्र.गुप्ता रहनु भएको थियो ।
कानु समाज नेपाल राष्ट्रिय कमिटीका बरिस्ठ उपाध्यक्ष रामसागर साह र ओैरही गाउँ पालिकाका उपमेयर श्रीमती पूनम साह विशिष्ट आतिथ्यमा भव्य सभ्यरुपमा प्रथम नगर अधिवेशन सफलतापूर्वक सम्पन्न भयो ।
सो समारोहमा प्राध्यापक रमेश कुमार साहले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य राख्नेहरुमा कानु समाज नेपालका केन्द्रीय सदस्य द्वय,पवन कुमार साह र कमल साह,नगराईन नगरपालिका का वडा अध्यक्ष सुरजनारायाण साह, मिथिला नपाका कार्यपालिका सदस्य विन्देश्वर साह , जनकपुरधाम उपमहानगरपालिकाका वडा नं.५ का अध्यक्ष वेचन साह,वडा नं २३ का अध्यक्ष राघवेन्द्र साह , नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष विजय साह शंकर प्र.साह लगायतका व्यक्तिहरु रहेका थिए ।
उद्घाटन कार्यक्रममा झण्डै ५० जना युवा तथा विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिएको थियो !
सो कार्यक्रमको उदघोषण बरिष्ठ पत्रकार श्रीनारायण साहले गर्नुभयो र धन्यवाद ज्ञापन प्राध्यापक मुक्तिनाथ साहले गर्नुभयो ।
कमेन्ट गर्नुहोस्

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
7 दिन पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
7 दिन पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
7 दिन पहिले
होटल व्यवसायीहरुको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने प्..
नारायण घिमिरेमहोत्तरी, असार ८ गते । मधेस प्रदेशका होटल सञ्चालकहरुको व्यवसायिक क्षमता अभिवृद्धि तथा होटेलको स्त..
9 दिन पहिले
संघीय निजामती सेवा विधेयकमा मधेशी समुदायको समावेशीताको..
प्रेमचन्द्र झा, काठमाडौं, असार ०३ गते । संघीय निजामती सेवा विधेयक, २०८२ मा मधेशी समुदायको निष्पक्ष, समावेशी र न्या..
14 दिन पहिले

