+977 9854027065 | akulpdsah@gmail.com

सेतो अण्डा ९६ क्यारेट नष्ट

8 महीना पहिले प्रकाशित

Akul Prasad Sah

568 Views

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, चैत्र १५ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले अवैध ढङ्गले भित्रिने अण्डा, चल्ला, तयारी कुखुरा, कुखुराको मासु, क्रेट, कार्टुन र भ्याक्सिनको ओसारपसार नियन्त्रण गर्न प्रदेशस्थित उच्चपदस्थ सुरक्षा अधिकारीलाई निर्देशन दिएयता सशस्त्र प्रहरी बलले अवैध रूपमा आयातीत सेतो अण्डा बरामद तथा नष्ट गर्ने क्रमलाई तीव्र बनाएको छ ।
त्यसयता सशस्त्र प्रहरी बलले प्रदेशका आठवटै जिल्लामा दैनिकजसो सेतो अण्डा बरामद गरी नष्ट गर्नेगरेको सशस्त्र प्रहरी बल मधेस प्रदेश छिन्नमस्ता बाहिनी नम्बर २ मुख्यालयका प्रमुख एवं सशस्त्र प्रहरी नायब (डिआइजी) महानिरीक्षक कालीदास धौवजीले बताए ।
हिजो बुधबार सिरहाबाट २४ क्यारेट, सर्लाहीबट ३२ क्यारेट र रौतहटबाट ४० क्यारेट गरी ९६ क्यारेट सेतो अण्डा बरामद गरिएको छ ।
सशस्त्र डिआइजी धौवजीले सशस्त्र प्रहरी बलले नियमित रूपमा गर्दै आएको सेतो अण्डा ओसारपसार नियन्त्रण कार्यलाई अभियानकै रूपमा अगाडि बढाएको बताए ।

भारतबाट अवैध रूपमा भित्रिने त्यस्ता वस्तुका कारण व्यवसायमा समस्या भएको, भारतका विभिन्न प्रान्तमा देखापरेका बर्डफ्लु भित्रिने जोखिम उच्च रहेकाले पोल्ट्रीजन्य पदार्थको अवैध आयात नियन्त्रण गर्नुपर्ने भन्दै नेपाल लेयर्स कुखुरापालक सङ्घले बुधबार मुख्यमन्त्री सिंहको ध्यानाकर्षण गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

धनकौलका उखु किसान धर्नामा

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..

17 दिन पहिले

सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..

25 दिन पहिले

रमौलवाली रीना यादवको योगदानले मैथिली संस्कृतिमा नयाँ ऊ..

भागचरण यादब, जनकपुरधाम, जनकपुरधाम, कार्तिक १५ गते । रमौलवाली रीना यादव, जो बीस वर्षदेखि मैथिली कला र संस्कृतिसँग ..

27 दिन पहिले

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..

कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..

5 महीना पहिले

नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..

5 महीना पहिले