+977 9854027065 | akulpdsah@gmail.com

पत्रकार रजकको हत्या विरोधमा रैली

10 महीना पहिले प्रकाशित

Akul Prasad Sah

1076 Views

कमल साह
जनकपुरधाम ,चैत्र १६ गते । नेपाल पत्रकार महासङ्घ धनुषाले एभिन्युज टेलिभिजनका क्यामरा पर्सन सुरेश रजकको शुक्रबार भएको हत्या विरूद्ध शनिबार जनकपुरधाममा प्रदर्शन तथा श्रद्धाञ्जली सभा भएको छ ।
राजसंस्थाको पुनस्र्थापनाको माग गर्दै बिहीबार काठमाडौँ केन्द्रित प्रदर्शनको क्रममा पत्रकार सुरेश रजकलाई प्रेसको लुगा तथा क्यामरा बोकिएको अवस्थामा जिउँदै जलाएर हत्या गरेको विरोधमा नेपाल पत्रकार महासङ्घ धनुषा ले ¥यालीसहित श्रद्धाञ्जली सभा गरेको हो ।


महासङ्घको सभापति पुरन गुप्ता कोअगुवाइमा निस्केको विरोध ¥याली नगरको विभिन्न भागको परिक्रमा गर्दै सभामा परिणत भएको थियो ।
ब्यानर, प्लेकार्डसहित निस्केको विरोध ¥यालीमा पत्रकार रजकलाई हत्या गर्ने माथि कारबाही गर, प्रेस स्वतन्त्रता कायम गर पत्रकार संस्था माथिको आक्रमण बन्द गर जस्ता विषयमा लगाइएको थियो ।


जनकचोकमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष पुरन गुप्ताले पत्रकार रजकको हत्यारालाई कारबाही नभए कडा आन्दोलनमा जाने बताउनुभयो ।
महासङ्घले विगतमा भएको प्रजातान्त्रिक आन्दोलनको क्रममा पनि पत्रकारलाई जिउँदै जलाउने काम नभएको भन्दै धनुषाका पत्रकारहरूले यस घटनाको निष्पक्ष छानविन गरी दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् ।


भोलि रविबार आआफ्नो संस्थामा कालो पट्टि बांधेर काम गर्ने महासंघ ले संचारकर्मिसंग अह्बान गरेको छ ।
सो कार्यक्रममा धनुषाका प्रेस संगठनमा संगलन प्रेस युनियन, प्रेस चौतारी, समाजवादी प्रेस संगठन, प्रेस मंच आदी संगठनहरुका सबै पत्रकारहरु सहभागी भई अन्तीमा हार्दिक श्रद्धाञ्जली अर्पन गरी दिप बालीएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

5 दिन पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

9 दिन पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

23 दिन पहिले

धनकौलका उखु किसान धर्नामा

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..

2 महीना पहिले

सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..

2 महीना पहिले