+977 9854027065 | akulpdsah@gmail.com

पत्रकार रजकको हत्या विरोधमा रैली

1 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1230 Views

कमल साह
जनकपुरधाम ,चैत्र १६ गते । नेपाल पत्रकार महासङ्घ धनुषाले एभिन्युज टेलिभिजनका क्यामरा पर्सन सुरेश रजकको शुक्रबार भएको हत्या विरूद्ध शनिबार जनकपुरधाममा प्रदर्शन तथा श्रद्धाञ्जली सभा भएको छ ।
राजसंस्थाको पुनस्र्थापनाको माग गर्दै बिहीबार काठमाडौँ केन्द्रित प्रदर्शनको क्रममा पत्रकार सुरेश रजकलाई प्रेसको लुगा तथा क्यामरा बोकिएको अवस्थामा जिउँदै जलाएर हत्या गरेको विरोधमा नेपाल पत्रकार महासङ्घ धनुषा ले ¥यालीसहित श्रद्धाञ्जली सभा गरेको हो ।


महासङ्घको सभापति पुरन गुप्ता कोअगुवाइमा निस्केको विरोध ¥याली नगरको विभिन्न भागको परिक्रमा गर्दै सभामा परिणत भएको थियो ।
ब्यानर, प्लेकार्डसहित निस्केको विरोध ¥यालीमा पत्रकार रजकलाई हत्या गर्ने माथि कारबाही गर, प्रेस स्वतन्त्रता कायम गर पत्रकार संस्था माथिको आक्रमण बन्द गर जस्ता विषयमा लगाइएको थियो ।


जनकचोकमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष पुरन गुप्ताले पत्रकार रजकको हत्यारालाई कारबाही नभए कडा आन्दोलनमा जाने बताउनुभयो ।
महासङ्घले विगतमा भएको प्रजातान्त्रिक आन्दोलनको क्रममा पनि पत्रकारलाई जिउँदै जलाउने काम नभएको भन्दै धनुषाका पत्रकारहरूले यस घटनाको निष्पक्ष छानविन गरी दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् ।


भोलि रविबार आआफ्नो संस्थामा कालो पट्टि बांधेर काम गर्ने महासंघ ले संचारकर्मिसंग अह्बान गरेको छ ।
सो कार्यक्रममा धनुषाका प्रेस संगठनमा संगलन प्रेस युनियन, प्रेस चौतारी, समाजवादी प्रेस संगठन, प्रेस मंच आदी संगठनहरुका सबै पत्रकारहरु सहभागी भई अन्तीमा हार्दिक श्रद्धाञ्जली अर्पन गरी दिप बालीएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

14 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

3 महीना पहिले