अपांग संघ धनुषा को सभापतिमा पुनः महासेठ निर्विरोध निर्वाचित
कमल साह
जनकपुरधाम, असार ३ गते । नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र धनुषा शाखाको सभापतिमा पदमा पुनः नन्दकिशोर महासेठ निर्विरोध निर्वाचित हुनुभएको छ ।
नेपाल अपांग संघ धनुषाको निर्वाचन तालिका अनुसार एक जना सभापति पद र १३ जना सदस्य पदमा उम्मेदवादी दर्ता गराएकोले १४ जना निर्विरोध निर्वाचित भएका छन ।

सभापति पदमा पुनः नन्दकुमार महासेठ निर्वाचित हुनुभएको छ । त्यस्तै खुल्ला तर्फबाट सदस्य पदमा निर्वाचित हुनेहरुमा क्रमशःजानकी प्रसाद गिरी, बलराम सुबेदी,रामसेवक साह,सुरज कुमार साह, उर्मिला देवी साह रहेका छन । उसैगरी अपांगता आरक्षित तर्फबाट ब्रह्मदेव ठाकुर,इन्द्र कुमार झा,रत्न कुमार खडका,नवल किशोर साह,रामदयाल ठाकुर,दिपे खत्वे,राधेश्याम साह र रामउदगार महतो निर्विरोध निर्वाचित भएका छन ।
अपांग संघको विधान अनुसार १४ सदस्यीय कार्यसमितिमा महिला समेत पाँच जना खुल्ला तर्फबाट र आठ जना अपांगता आरक्षित तर्फबाट निर्वाचित हुनुपर्ने प्राब्धान रहेको छ ।
पुनः निर्वाचित अध्यक्ष महासेठ ले कार्यसमितिका अन्य पदाधिकारी लगायतका पद विभाजन अगामी बैठकबाट गरिने बताउनु भयो ।
कमेन्ट गर्नुहोस्
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
17 दिन पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
25 दिन पहिले
रमौलवाली रीना यादवको योगदानले मैथिली संस्कृतिमा नयाँ ऊ..
भागचरण यादब, जनकपुरधाम, जनकपुरधाम, कार्तिक १५ गते । रमौलवाली रीना यादव, जो बीस वर्षदेखि मैथिली कला र संस्कृतिसँग ..
27 दिन पहिले
जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..
कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..
5 महीना पहिले
नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..
5 महीना पहिले
संवाददाता
