+977 9854027065 | akulpdsah@gmail.com

होटल व्यवसायीहरुको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने प्रशिक्षण

7 महीना पहिले प्रकाशित

Akul Prasad Sah

1005 Views

नारायण घिमिरे
महोत्तरी, असार ८ गते । मधेस प्रदेशका होटल सञ्चालकहरुको व्यवसायिक क्षमता अभिवृद्धि तथा होटेलको स्तरोन्नतीमा सघाउने उद्देश्यले होटल सङ्घ नेपाल, काठमाडौंले नेपाल पर्यटन बोर्डको सहकार्य र मधेश प्रदेश सरकारको समन्वयमा बर्दिवास स्थित गौतम होटलमा एक प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

होटल सङ्घ नेपाल, मधेस प्रदेशका उपाध्यक्ष देवनारायण मण्डलको अध्यक्षतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा होटल सोल्टी ग्रुपका प्रशिक्षक डा. रुपेश श्रेष्ठले धनुषा, महोत्तरी र सप्तरीका होटल व्यवसायीहरुलाई प्रशिक्षण दिनुभएको थियो। नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ, मधेस प्रदेशका अध्यक्ष हिरालाल गौतमको प्रमुख अतिथि रहनु भएको कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी सङ्घ, महोत्तरीका अध्यक्ष गुञ्जबहादुर कार्की, होटल तथा पर्यटन व्यवसायी सङ्घ, धनुषाका कार्यवाहक अध्यक्ष रूपेश सिंह, होटल तथा पर्यटन व्यवसायी सङ्घ,सप्तरीका अध्यक्ष रामकुमार गुप्ता, बर्दिवास उद्योग वाणिज्य सङ्घ बर्दिवासका महासचिव उत्तम कुमार श्रेष्ठ , नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ, मधेस प्रदेशका सदस्य शरोज चौधरी विशिष्ट अतिथिको रुपमा रहनु भएको प्रशिक्षण कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी सङ्घ, धनुषा अन्तरगत ढल्केवर ईकाईका अध्यक्ष प्रमोद साहा अतिथि रहनुभएको थियोे ।

होटल तथा पर्यटन व्यवसायी सङ्घ, महोत्तरीका महासचिव नारायण घिमिरेले सञ्चालन गर्नुभएको प्रशिक्षण कार्यक्रममा महोत्तरी अध्यक्ष गुञ्जबहादुर कार्कीले आमन्त्रित महानुभावलाई सब्दद्वारा स्वागत गर्नुभएको थियो। प्रशिक्षण कार्यक्रमलाई संवोधन गर्दै प्रमुख अतिथि हिरालाल गौतमले कार्यक्रमको पूर्ण सफलताको कामना गर्नु भयो। उहाँले अगाडि भन्नू भयो, यस्ता खालका प्रशिक्षण कार्यक्रमले अतिथि सत्कारलाई मजबुत पार्दै व्यवसाय बढाउन समेत मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कार्यक्रम आयोजक संस्था होटल सङ्घ नेपाललाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत होटल व्यवसायीको हितार्थ यस्ता प्रशिक्षण कार्यक्रम गर्न सुझाउनु भयो ।
प्रशिक्षण कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुले यस्ता खाले प्रशिक्षणले व्यवसायीको मनोबल सधैव उच्च राख्न सघाउने विश्वास व्यक्त गरेका छन् ।
लगानी धेरै थोरै जे भए पनि स्थानीय उत्पादनलाई उपयोग गरेर अतिथि सत्कारलाई ध्यान दिन सके व्यवसाय बढाउन सकिने रहेछ भन्ने आत्माविश्वास पैदा भएको छ कार्यक्रममा सहभागी होटल तथा पर्यटन व्यवसायी सङ्घ, महोत्तरीका प्रथम उपाध्यक्ष अमित बस्नेतले भन्नू भयो। पाहुनाको रुचिलाई ध्यान दिदै विज्ञान र प्रविधिको सदुपयोग गरेर आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्न सके होटल व्यवसायबाट पछुताउन नपर्ने रहेछ भन्ने बोध भयो हाम्रो होटल एण्ड गेष्टहाउसका सञ्चालक कुबेर घिमिरेले सुनाउनु भयो। प्रशिक्षणबाट प्राप्त ज्ञानलाई उपयोग गरेर व्यवसाय बढाउन व्यवसायीलाई सदैव हौसला प्रदान गर्न लागि पर्ने छौ, होटल तथा पर्यटन व्यवसायी सङ्घ, महोत्तरीका सचिव पर्मेश्वर महतोले प्रतिबद्धता जनाउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

5 दिन पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

9 दिन पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

23 दिन पहिले

धनकौलका उखु किसान धर्नामा

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..

2 महीना पहिले

सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..

2 महीना पहिले