+977 9854027065 | akulpdsah@gmail.com

धनकौलका उखु किसान धर्नामा

2 घन्टा पहिले प्रकाशित

Akul Prasad Sah

63 Views

सन्जु कर्ण, सर्लाही, 
सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको बाँकी रकम माग गर्दै किसानहरूले आज (आईतबार) देखि धर्ना सुरु गरेका छन् । आर्थिक वर्ष २०७०÷७१ देखिको भुक्तानी बाँकी रहेको भन्दै उनीहरूले आन्दोलन थालेका हुन् । किसानहरूले उद्योग परिसरमै धर्ना दिएका छन् ।
धनकौल गाउँपालिका(४, महिनाथपुरका किसानले अन्नपूर्ण चिनी उद्योगमा २०७४ सालमा बिक्री गरेको उखुको पैसा अझै नपाएको गुनासो गरेका छन् । गत वर्ष उखुको मूल्य तय नहुँदै सञ्चालन भएको उद्योगले प्रतिक्विन्टल २० रुपैयाँ भुक्तानी दिन बाँकी रहेको छ ।
घरखर्च टार्न उद्योगमा उखुको भुक्तानीका लागि बारम्बार धाए पनि पैसा नपाएको किसानकोे गुनासो छ । २०८० फागुन ६ गते जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा उद्योगपतिले २०८१ जेठ मसान्तसम्म भुक्तानी गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म पैसा नदिएको उखु किसानहरूको गुनासो रहेको छ ।
उखु किसानका अगुवा रामआधार राय यादवले चिनी उद्योगीको बेइमानीविरुद्ध आन्दोलन सुरु गरिएको जानकारी दिनुभयो । आन्दोलित उखु किसानहरूले अन्नपूर्ण चिनी उद्योगले २०७१ सालदेखिको ९ करोड ७० लाख रुपैयाँ भुक्तानी दिन बाँकी रहेको दाबी गरेका छन् । तर किसानको बाँकी रकम पुरानो मालिक वा नयाँ मालिक कसले भुक्तानी गर्ने भन्ने विवाद रहेको छ ।
उद्योगपति राकेश अग्रवालले स्थापना गरेको उद्योग २०७७ सालमा अर्का उद्योगपति शैलेन्द्र गुप्ताले खरिद गरेका थिए । गत वर्षको भुक्तानी बाँकी रहेको विषयमा सुरुमा मूल्य कायम नहुँदै मिल सञ्चालन गरिएको र उखुबाट रिकभरीसमेत कम आएकाले किसानलाई भुक्तानी दिन समस्या परेको उद्योगका प्रशासकीय अधिकृत रमेशप्रसाद श्रीवास्तवले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

धनकौलका उखु किसान धर्नामा

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..

2 घन्टा पहिले

सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..

7 दिन पहिले

रमौलवाली रीना यादवको योगदानले मैथिली संस्कृतिमा नयाँ ऊ..

भागचरण यादब, जनकपुरधाम, जनकपुरधाम, कार्तिक १५ गते । रमौलवाली रीना यादव, जो बीस वर्षदेखि मैथिली कला र संस्कृतिसँग ..

10 दिन पहिले

जनकपुरधाम उपमहानगरले अब गुठीबाट मालपोत उठाउने अधिकार ..

कमल साहजनकपुरधाम,असार २२ गते । जनकपुरधाम उपमहानगरले पालिका भित्रका गुठी रैतानी जमिनको मालपोत दस्तुर उठाउने छ ।&nbs..

4 महीना पहिले

नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गुण..

4 महीना पहिले