+977 9854027065 | akulpdsah@gmail.com

देवनगरी जनकपुरधाममा श्री कृष्ण जन्मोत्सव र श्री गोविन्द पूजनोत्सव भव्य र सभ्य तरिकाले मनाईयो

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

958 Views

कमल साह, जनकपुरधाम
जनकपुरधाम, भाद्र ५ गते । नखट् नन्दलाला श्री कृष्णको जन्मोत्सव संगै श्री गोविन्द जन्मोत्सव देवनगरी जनकपुरधाममा भव्य र सभ्य तरिकाले मनाईयो ।
श्री कृष्णको जन्मोत्सव यहाँका राम मन्दिर, जानकी मन्दिर,कृष्ण मन्दिर, श्याम मन्दिर,राधाकृष्ण लगायतका मन्दिरहरुमा शुक्रबार मध्यराति पूजा आर्चागरी मनाईएका छन् । भने शनिवार श्री कृष्ण जीको मुर्ति स्थापना गरिएको ठाउँ र गाउँहरुमा दिनभरी मेला लागेको थियो ।
जानकी मन्दिरमा भाद्र ३ गते देखि ६ दिनसम्म रामजानकीको युगल मुर्तिलाई हिडोलामा राखेर झुला आराम्भ भएका छन । भनिन्छ– द्वापर युगमा भगवान राम नै कृष्णा अवतार लिनु भएको हो ।
ब्रह्मकुमारी राजयोग सेवा केन्द्र जनकपुरद्वारा आज शुक्रवार बिहान चैतन्य झाँकी तथा सुखमय संसारको उदय विषयक प्रवचन कार्यक्रम गरियो । सो अवसरमा ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्माष्टमी पर्वले सम्पूर्ण प्राणीको हृदयमा धर्मको उदय गराउने कामना गरिएको हो ।
धर्मको नाउँमा हत्या गर्ने, राजनीति सिद्धान्तहिन हुने, आमा बाबुलाई शत्रु मान्ने, पत्नीलाई मित्रवत मान्ने, गाई विष्टा खाने, ब्राम्हणले तामसिक भोजन गर्ने कार्य हुंदै आएकोले मानव जीवन अशान्त बन्दै आएको विचारहरु सो प्रवच्चन कार्यक्रममा चर्चा गरिएको जगदिश भाई ले जनाएका छन ।
उहाँले पर चिन्ता नगरौं र शुभचिन्तन गरौं, हामी सबै मिलेर मात्र संसारमा एक भाषा एक धर्म र एक मत भए सुख शान्ति आउने विश्वास व्याक्त गर्नुहुन्छ ।
द्वापर युगमा भाद्र कृष्ण अष्टमी तिथिका दिन कंशहरुको नाशको लागि अवतार हुनु भएको भगवान श्री कृष्णको जन्मोत्सव हरेक वर्ष धार्मिक परम्परा अनुसार मनाईदै आएको हो ।
कृष्णाष्टमीको अवसर पारेर स्टेशन एरिया युवा कमिटीले विगत ५२ वर्षदेखि जनकपुर रेल्वे स्टेशन प्रांगणमा धार्मिक विधिपूर्वक श्रीकृष्ण जन्माष्टमी महोत्सव मनाईयो । उसैगरी गोपाल सेवा समितिद्वारा संचालित भगवान श्री कृष्ण मन्दिरमा सो महोत्सव विशेष रुपले मनाईयो । गोपाल सेवा समितिद्वारा निर्मित श्री कृष्ण मन्दिरमा भागवत कथा, प्रवचन, संकीर्तन पनि गरियो ।
उसैगरी जिरोमाईलमा सो क्षेत्रका युवाहरुको सक्रियतामा श्री कृष्णाष्टमी मनाईयो ।उसैगरी जनकपुरधाम उप महानगरपालिका वडा नं.– २३ बेला गाउँमा शुक्रबारदेखि आरम्भ भएको धार्मिक कार्य आज रविवार विधिवत सम्पन्न भएको छ ।
धार्मिक मान्यता अनुसार भगवान श्री गोविन्द जी को जन्म कृष्णाष्टमी तिथि पछि पर्ने शनिवार भएको हो । त्यसैले भगवान श्री गोविन्द जी को जन्मोत्सव शुक्रबार देखि आरम्भ भएको थियो । धार्मिक विधि विधान अनुरुप नेपाल तथा सीमापारी भारतका विभिन्न शहरहरुमा रहेको श्री गणिनाथ जी महाराज श्री गोविन्द भगवान मन्दिरमा श्रद्धालु भक्तजनहरु पूजा अर्चा गर्नको लागि भिड लागेको थिए ।
जनकपुरधाम उप महानगरपालिका वडा नं.– २३ बेला गाउँमा भगवान श्री गोविन्द पूजनोत्सव धार्मिक विधि अनुसार मनाईयो,‘गोविन्द सेवा समितिका अध्यक्ष राघवेन्द्र साह ले जनाएका छन ।’ शुक्रबार विहान २४ घण्टे अष्टयामबाट श्री गोविन्द जन्मत्सव आरम्भ भएको उहाँले थप्नुभयो । कोरोना भाइरसको संक्रमण फैल्न सक्ने भएको ले सामाजिक दुरी पालनगर्दै मास्क लगाएर मन्दिर भित्र प्रवेश गर्नको लागि सबै श्रद्धालु भक्तजनलाई सचेतना जनाएको उहाँले थप्नुभयो ।


नेपाल अधिराज्य मै सबभन्दा पहिले २०३० सालदेखि यहाँ श्री गोविन्द पुजनोत्सव मनाईदै आएको हो । यसैगरी मिथिलांचलका प्रमुख शहर जनकपुरधाम, धनुषाको पौडेश्वर, जलेश्वर, वारको कलैया,रौतहटको शिवनगर र सुन्दरपुरमा श्री गोविन्दजीे जन्मोत्सव मनाईयो ।
श्री गोविन्द जन्मोत्सव मनाउनु भन्दा एक दिन अघि अर्थात् शुक्रवार पुजारीले दिनभरी निराहर रहि राती (बिडी खसाउने) निम्तोगर्ने चलन रहेको छ । सो अवसरमा पुजारीले बाबा श्री गणिनाथ जी महाराज,माता श्री छेमासती, भगवान श्री गोविन्द जी लगायत १४ देवान संगै गाउँ रक्षक नगर डिहवार देउताको समेत आमन्त्रण गरिसकेपछि सो राती नून बिनाका परिकार खाने गरिन्छ । कतिपय ठाउँमा अरुवा चावलको भात,मुंग या चानाको दाल र लसुन प्याजबाहेक बनाएको तरकारी समेत खाने गरिन्छ ।
त्यसको भोलीपल्ट शनिवारका दिन निराहार रहेर पुजारीले श्री गोविन्दको पूजा ढारने गरिन्छ । श्री गोविन्दको जन्मोत्सव सफलतापूर्वक सम्पन्न गर्न उहाँका पिता श्री गणिनाथ महाराज,आमा (क्षेमासती) खेमासती समेत १४ देवानलाई पूजा गरिन्छ । १४ देवानमा पर्नेहरुमा दुई दाई र भाउजु क्रमशः रामचन्द्र बाबा,बिजुली बहुरिया र श्रीधर बाबा र चतुरा बहुरिया, श्री गोविन्द महाराज जी को दुई बहिनी शिलमती र शोलमती तथा भतिजोहरुमा बौधा बाबा,साहेब बाबा, जगन्नाथ बाबा,चक्रपानी बाबा र नीलकंठ बाबा रहेका छन् ।
त्यसपछि श्री गोविन्द बाबा को अंगरक्षक लाल खाँ को भाग मन्दिर बाहिर दिने चलन रहेको छ । उहाँलाई भगवानलाई चढाएको प्रसादहरु ढकनीमा राखेर दिईन्छ भने संगै भांग पनि चढाईने गरिन्छ ।
श्री गणिनाथ जी महाराज श्री गोविन्द भगवान को निम्तो गर्ने दिन स्थानीय ग्राम देवताहरुमा नगर डिहवार, भैरव महराज, भुइयाँ, दुर्गा भवानी लगायतका देवतालाई समेत पूजामा सहभागी हुन तथा सफलतापूर्वक सम्पन्न पार्नको लागि आह्वान गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

पंचकोशी परिक्रमा आईपुग्यो सोमबार अन्तरगृह परिक्रमा र ह..

कमल साहजनकपुुरधाम,चैत्र ११ गते । पन्द्रह दिने मिथिला पंचकोसी आज आईतवार जनकपुरधाम आई पुगेका छन । भाली सोमवार अन्त..

5 दिन पहिले

बेला लादो बिन्धीमा लगभग साढेचौध बिगहा सर्वाजनिक सम्पति ..

कमल साहजनकपुरधाम, चैत्र ११ गते । जनकपुरधाम उपमहान पालिका २३ वडा (साबिक बिन्धी गाउँ पालिका) अन्तर्ग लगभग साढे १४ वि..

5 दिन पहिले

नारायणी अस्पतालको मुद्दा तत्काल छिनोफानो गर्न सांसद या..

रंजित चौरसिया, वीरगंज, वीरगंज चैत्र २ गते । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादवले नारायणी..

14 दिन पहिले

टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्पियनसिप २०८..

मिथिला जागरण समाचारदाताजनकपुरधाम, चैत्र २ गते । जनकपुरधाममा आयोजित टाटा पेन्टस दोस्रो अन्तर कलेज क्रिकेट च्यम्..

14 दिन पहिले

पंचकोशी परिक्रमा मटिहानीबाट जलेश्वर हुँदै मडई पुग्यो

कमल साहजनकपुुरधाम,चैत्र २ गते । पन्द्रह दिने मिथिला पंचकोसी परिक्रमा मटिहानीबाट जलेश्वर हुँदै आज मडई पुगेको छ । ..

14 दिन पहिले