नेपाल चार्टर्ड एकाउन्टेण्ड लगायतद्वारा निःशुल्क भोजन
कमल साह
जनकपुरधाम,मंसिर २२ गते । श्री सीताराम विवाह महोत्सव अवसरमा नेपाल चार्टर्ड एकाउन्टेण्ड संघ जनकपुरधाम ले यहाँका एतिहासिक स्थल रंगभुभि मैदानमा निःशुल्क भोजन संचालन गरेको छ ।
बारहविगहा परिसरको शंकटमोचन क्षेत्रमा आयोजित निःशुल्क भोजन कार्यक्रमबाट १२ हजार ३ सय जनाले आफ्नो भोक मिटाएको जनाएको छ ।
चाटर्ड एकाउन्टेण्ड संघ जनकपुरधाम को निःशुल्क भोजन कार्यक्रम मनपराएर केहि प्रदेश स्तरीय संघका सदस्यको पनि सहयोग भएको थियो । उनिहरुले श्रद्धालुहरुलाई खुवाएको भोजनमा पुरी, बुनिया, च्युरा,तरकारी र ड्रिंकिंग पानी रहेको जनाएको छ ।
उनिहरुले धार्मिक तथा ऐतिहासिक स्थल रंगभुमि फोहरमय नहोस् उद्येश्यबाट खुवाएको पात तथा पानीका गिलासहरु समेत संकल गरेका छन ।
त्यस्तै जनकपुरधाम उप महानगपालिका स्थितका व्यापारीहरुको सहयोगमा,तैलिक समाज जनकपुरधाम द्वारा जनक चौकमा,मगही फाउण्डेशन द्वारा, जनकपुरधाम वार्ड नैे ९ द्वारा पनि निःशुल्क भोजन खुवाएको छ ।
त्यस्तै महावीर युवा कमिटी ले राम मन्दिरमा, सुड़ी समाजले रामजानकी सुडी मन्दिरमा,व्याहुत कलवार ८४ ले आफ्नै मन्दिरमा, जनकचौकका युवा व्यावसायीले जनकचौकमा,मिथिला समाज सेवा समिति ले आफ्नै कार्यालया जानकी चौका निःशुल्क भोजन गराएका छन ।
महोत्सव अवसरमा यहाँका विभिन्न संघ संस्थाले श्रद्धालु भक्तजनहरुलाई चिया बिस्कुट,पानी लगायतका अनेक प्रकारबाट निःशुल्क सेवा प्रदान गरेका छन । तैलिक साहु समाज ले शिवचोकमा निःशुल्क खाना खुवाएको छ । त्यस्तै हनुमान मन्दिर रेल्वे स्टेशनले खाना तथा अवासको व्यवस्था गरेको छ ।
मेलामा आउने यात्रीहरुको प्राथमिक उचारका लागि दजनौं संघ संस्थाहरुले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेका छन ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
1 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
21 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
