नेपाल चार्टर्ड एकाउन्टेण्ड लगायतद्वारा निःशुल्क भोजन
कमल साह
जनकपुरधाम,मंसिर २२ गते । श्री सीताराम विवाह महोत्सव अवसरमा नेपाल चार्टर्ड एकाउन्टेण्ड संघ जनकपुरधाम ले यहाँका एतिहासिक स्थल रंगभुभि मैदानमा निःशुल्क भोजन संचालन गरेको छ ।
बारहविगहा परिसरको शंकटमोचन क्षेत्रमा आयोजित निःशुल्क भोजन कार्यक्रमबाट १२ हजार ३ सय जनाले आफ्नो भोक मिटाएको जनाएको छ ।
चाटर्ड एकाउन्टेण्ड संघ जनकपुरधाम को निःशुल्क भोजन कार्यक्रम मनपराएर केहि प्रदेश स्तरीय संघका सदस्यको पनि सहयोग भएको थियो । उनिहरुले श्रद्धालुहरुलाई खुवाएको भोजनमा पुरी, बुनिया, च्युरा,तरकारी र ड्रिंकिंग पानी रहेको जनाएको छ ।
उनिहरुले धार्मिक तथा ऐतिहासिक स्थल रंगभुमि फोहरमय नहोस् उद्येश्यबाट खुवाएको पात तथा पानीका गिलासहरु समेत संकल गरेका छन ।
त्यस्तै जनकपुरधाम उप महानगपालिका स्थितका व्यापारीहरुको सहयोगमा,तैलिक समाज जनकपुरधाम द्वारा जनक चौकमा,मगही फाउण्डेशन द्वारा, जनकपुरधाम वार्ड नैे ९ द्वारा पनि निःशुल्क भोजन खुवाएको छ ।
त्यस्तै महावीर युवा कमिटी ले राम मन्दिरमा, सुड़ी समाजले रामजानकी सुडी मन्दिरमा,व्याहुत कलवार ८४ ले आफ्नै मन्दिरमा, जनकचौकका युवा व्यावसायीले जनकचौकमा,मिथिला समाज सेवा समिति ले आफ्नै कार्यालया जानकी चौका निःशुल्क भोजन गराएका छन ।
महोत्सव अवसरमा यहाँका विभिन्न संघ संस्थाले श्रद्धालु भक्तजनहरुलाई चिया बिस्कुट,पानी लगायतका अनेक प्रकारबाट निःशुल्क सेवा प्रदान गरेका छन । तैलिक साहु समाज ले शिवचोकमा निःशुल्क खाना खुवाएको छ । त्यस्तै हनुमान मन्दिर रेल्वे स्टेशनले खाना तथा अवासको व्यवस्था गरेको छ ।
मेलामा आउने यात्रीहरुको प्राथमिक उचारका लागि दजनौं संघ संस्थाहरुले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेका छन ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
2 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
5 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
19 दिन पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
2 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
2 महीना पहिले
संवाददाता
संवाददाता
