राजश्री जनककप सुरु, उद्घाटन खेलमा जावलाखेलको विजयी सुरुवात
सन्जु कर्ण, सर्लाही,
सर्लाही, माघ २५ गते । बुधवार देखि सर्लाहीको बागमतीमा सुरु भएको सातौ संस्करणको राजर्षी जनककपकोे उद्घाटन खेलमा जावलाखेल यूथ क्लवले सशस्त्र प्रहरी बल काठमाण्डौलाई १–० ले पराजित गरेको छ ।
बुधवार दिउँसो भएको खेलमा जावलाखेलका लागि खेलको ६३ औँ मिनेटमा बिनोद केसीले सुरुवाती गोल गरेका हो ।
खेलको सुरुवातीमा सशस्त्र प्रहरीले जावलाखेलाई दवावमा राखेपनि दोस्रो हाफदेखि दवाव टिकाई राख्न सकेन । खेलको म्यान अफ दि म्याच जावलाखेलका गोलकिपर अनिष देउला घोषित भए । उनले १० हजार रुपैया प्राप्त गरेका छन् ।
भोली बिहीवार यूनाइटेडकिंङ्गडम दार्जेलिङ र सुदुरपश्चिम ११ धनगढी बीच हुने आयोजकले जनाएको छ । जिल्लाको बागमती ११ सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा भएको प्रतियोगिता बागमती खेलकुद समिति र बागमति यूवा क्लब कर्मैयाको संयूक्त आयोजनामा भैरहेको छ । प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले ५ लाख प्राप्त गर्ने क्लबका अध्यक्ष किस्मत मैलालीले जानकारी दिए ।
आजको खेलको उद्घाटन नेपाल सरकारका उपप्रधान एवम् भौतिकपूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले गरेका छन् । उनले सामाजीक एकता र राष्ट्रिय प्रतिष्ठा बढाउन खेलकुदको महत्वपूर्ण भुमिका रहेको बताए ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
6 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
9 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
23 दिन पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
2 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
2 महीना पहिले
संवाददाता
संवाददाता
