महागंगा आरती को नवौ वार्षिकोत्सव मनाईयो
कमल साह
जनकपुरधाम,जेष्ठ १७ गते । धार्मिक नगर जनकपुरधामको प्राचीन तथा ऐतिहासिक सरोवर गंगा सागरमा सुरु भएको महागंगा आरती मंगलवारदेखि नवौं वर्षमा प्रवेश गरेको छ ।
प्रदेश सभा सदस्य,नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष रामअशिष यादव ले सेभ द हेस्टोरिकल जनकपुर नामक संस्था स्थापना गरेर वि.सं.२०७० साल फागुन ११ गते देखि गंगासागर सफाई कार्यक्रममा सहभागिहुन अहवान गर्नुभयो ।
गंगासागर सफाई कार्यक्रम संचालन भएको तीन महिन पछि २०७१ साल जेष्ठ २५ गते गंगादशारा देखि महागंगा आरती आरम्भ भएको हो । महागंगा आरती ले आन्तरिक तथा बाह्य दुवैखाले पर्यटकका लागि आकर्षक गन्तव्यस्थलका रूपमा स्थापित भएको छ ।
भारतको ऋषिकेश,हरिद्वार, बनारस लगायतको गंगा आरती जस्तै ख्याति आर्जन गरिसकेको गंगा आरतीमा देशविदेशका गरी लाखौँ धर्मावलम्बीले सहभागिता जनाइसकेका छन् । धार्मिक महत्व बोकेको यो गंगासागरमा गंगा आरती सुरु भएपछि यसले पर्यटक भित्र्याउन उल्लेख्य भूमिका खेलेको सेभ हिस्टोरिकल जनकपुरका संयोजक रामअशिष यादवले बताउनुभयो ।
विवाहपञ्चमी, राम नवमी, जानकी नवमी, छठ, दुर्गा पूजा, परिक्रमा जस्ता धार्मिक गतिविधिमा गंगा आरतीले सुनमा सुगन्ध थपेको छ । राजर्षि जनक ले महायज्ञ आयोजनाको क्रममा आउनु भएको गंगा माताले जानेक्रममा आफ्नो अंश छोडेर जानुभएको नै गंगासागर रहेको भनिन्छ । सो महायज्ञमा सबै देवी देवतालाई तथा ठुल–ठुला ऋषि महात्मालाई समेत आमन्त्रण गरिएको भनिन्छ ।
मिथिला महात्माका अनुसार पवित्र सरोवर गंगासागरको पूजाले धन, सुख, समृद्धि र सन्तान सुख प्राप्ति हुन्छ भने यसमा स्नान गर्नाले महाकुम्भमा स्नान गरे जत्तिकै फल प्राप्ति हुन्छ विश्वास छ ।
बृहत्, विष्णु पुराण, वायुपुराण, शतपथ, भागवत, वाल्मीकि रामायण, बृहदारण्यकोषनिसजस्ता धार्मिक ग्रन्थमा पुण्य भूमि, तपोभूमि र सर्वश्रेष्ठ तीर्थका रूपमा उल्लेख गरिएकाले पनि गङ्गा आरतीको धार्मिक महत्व बढ्न गएको छ ।
यतिमात्र नभएर गङ्गाको पूजा गर्दा हरेक प्रकारको विध्नबाधा र सङ्कटबाट मुक्ति पाइने आम धारणा छ । यो आरतीले कुण्डको संरक्षण र सफाइ हुने भएकाले यसको धार्मिक र वैज्ञानिक दुवै महत्व छ ।
भनिन्छ, विश्वमा जनकपुरधाम नै एउटा यस्तो धार्मिक स्थल हो जहाँ जगत् जननी सीता र गंगाको पूजा एकैसाथ हुन्छ । धर्तीको पूजा भनेको सीताको पूजा हो भने धर्तीलाई शीतलता दिनु भनेको गंगाको पूजा हो ।
याज्ञवल्क्य, अष्टावक्र, गार्गी र मैत्रयीको तपोभूमिका रूपमा प्रख्यात रहेको धार्मिक नगर जनकपुरधाममा सम्पन्न भएको गंगा आरतीको नवांै वार्षिकोत्सव उपलक्ष्यमा सामूहिक स्नान, गङ्गा सागर को सफाइ गरिएको छ । सन् १९८४ मा गंगा नदीको सफाइ राज्यको सम्पूर्ण साधन स्रोतबाट भएको थियो । विगत वर्षदेखि तीन जना पुजारीले नियमित रूपमा गंगा आरती गर्दै आएका छन् ।
सनातन धर्मको उद्गम स्थलहरु मध्येको एक जनकपुरधाम जैन धर्मावलम्बीहरुको लागि पनि तिर्थस्थल रहेको छ । जैनहरूको २४औँ तीर्थंकरको जन्म यहीँ भएको थियो । अन्तिम तीर्थंकर महावीरको एउटा गणधर यहीँका थिए । भनिन्छ, महावीर स्वयम्ले पनि यहाँ छ वर्षसम्म व्यतीत गरेको पुराणमा उल्लेख छ । बौद्ध जातकमा जनकपुरको वर्णन भेटिन्छ । विभिन्न प्रकरणमा स्वयम् भगवान् श्रीकृष्ण यहाँ तीन पटक आएको महाभारतमा वर्णन छ ।
सुफी सन्तहरूको पवित्र कर्म क्षेत्र रहेको आधारमा मुस्लिम धर्मावलम्बीका लागि पनि जनकपुरधाम परम पावन क्षेत्र मानिन्छ ।
जनकपुरमा सामान्यतः सेप्टेम्बरदेखि डिसेम्बरसम्मको मौसम सबभन्दा अनुकूल हुने र यही समयमा मिथिलाका सबै चाडपर्व पर्ने हुँदा यहाँ आउने पर्यटक अन्य धार्मिक स्थलको दर्शनसँगै महागंगा आरतीमा सहभागी हुन पाउँछन् ।
नवांै वार्षिक समारोहका प्रमुख अतिथि मधेश प्रदेश प्रमुख हरिशंकर मिश्र ले गंगासागरमा सनातन धर्माबलम्बीहरुको आस्था एवं भरोसाको केन्द्र रहेको ले यहाँ आयोजना हुँदै आएको गंगा आरती विशेष महिमा भएको बताउनु भयो ।
जनकपुरधाममा शुरु भएको गंगा आरतीपछि, वीरगञ्ज, पोखराको फेवातालका साथै सिरहा, महोत्तरीको जलेश्वर,देवघाट लगायतका स्थानमा आरती हुन थालेको छ ।
सेभ द हिस्टोरिकल जनकपुरका संस्थापक अध्यक्ष एवं प्रदेशसभा सांसद रामअशिष यादवले जलको संरक्षण र प्रकृतिको पूजा गर्ने उद्देश्यले गंगाआरतीको प्रारम्भ गरिएको बताउनु हुन्छ । उहाँले पोखरी नै पोखरीले भरिएको जनकपुरधाममा पोखरीको संरक्षण सम्बद्र्धन बिना पर्यटकीय विकास सम्भव छैन त्यसैले दर्शनीय स्थलको रुपमा पोखरीको विकास गर्ने उद्देश्यसमेत रहेको थप्नुहुन्छ ।
सो कार्यक्रमको अध्यक्षता सेभ द हेस्टोरिकलका अध्यक्ष अधिवक्ता राजकुमार महासेठ ले गर्नुभयो । उहाँले ज्ञान,विज्ञान, अध्यात्म केन्द्र जनकपुरधामको संस्कृति जगेर्ना गर्नमा यस महागंगा आरतीले ठुलो मद्दत पु¥याउने बताउनु भयो ।
कमेन्ट गर्नुहोस्
बौधीमाई मंदिर ट्रष्टमा नया कार्य समिति चयन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असोज २ गते । जनकपुरधाम उपमहानगरपालिका –९ स्थित रहेको बौधीमाई मन्दिर ट्रष्ट..
2 दिन पहिले
कविता ः असल शुसासन
कविता ः असल शुसासन लेखक ः मनोज पण्डितबिदेह न.पा. ७,वेलापटटी, धनुषा जनक बुद्धको देशमा छैन अनुशासनअन्याय अत्याचार ..
2 दिन पहिले
मनोज साह क्रान्तिकारी इन्द्र पूजा सेवा समिति तथा नागरिक ..
कमल साह जनकपुरधाम,भाद्र २६ गते । खोजबीन साप्ताहिक का सह सम्पादक मनोज कुमार साह क्रान्तिकारी इन्द्र पूजा सेवा समि..
2 दिन पहिले
कलाले संस्कृति संरक्षण गर्छन ः साँसद कार्की
मिथिला जागरण समाचारदाताजनकपुरधाम, २९ भदौ । संस्कृति जोगाउन कलाको महत्वपूर्ण योगदान हुन्छ । संस्कृतिले देश र समा..
4 दिन पहिले
कविता ः हामी असल साथी
कविता ः हामी असल साथी लेखक ः मनोज पण्डितबिदेह न.पा. ७,वेलापटटी, धनुषा फुलको बगैचामा भमराको हुल ।आउ साथी सँगै जाउ स..
6 दिन पहिले