सर्लाहीमा फेरि मूर्ति विसर्जनमा विवाद, प्रहरीको गाडी र गाउँपालिका कार्यालयमा तोडफोड
सन्जु कर्ण, सर्लाही,
सर्लाही, आश्विन ३ गते । सर्लाहीको ब्रम्हपुरी गाउँपालिकामा विश्वकर्माको मुर्ति सेलाउने विषयमा विवाद उत्पन्न भएको छ । त्यस क्रममा केही व्यक्तिले ब्रम्हपुरी गाउँपालिका कार्यालयमा तोडफोड गर्नुको साथै सशस्त्र प्रहरीको गाडीमा ढुंगामुढा समेत गरेका छन् ।
ढुंगामुढा प्रहारबाट गाउँपालिका कार्यालय र प्रहरीको गाडीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए । विश्वकर्माको मुर्ति सेलाउने जाने रुटको विषयमा विवाद हुँदा केही अराजक समूहले अवस्था विगार्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।
‘केही व्यक्तिले विश्वकर्माको मूर्ति सेलाउन जाने रुट नजिकैको मुस्लिम बस्तीलाई बनाउन खोजेका थिए,’ डीएसपी पञ्जियारले भने, ‘प्रहरीले त्यसलाई रोक्न खोजेपछि उनीहरुले प्रहरीको गाडी र गाउँपालिका कार्यालयमा ढुंगामुढा गरेका हुन् ।’
उनले ढुंगामुढा प्रहारबाट कोही घाइते नभएको र गाउँपालिका कार्यालयमा पनि झ्यालका सिसाहरु फुट्नु बाहेक ठूलो क्षति नभएको बताए । घटनामा संलग्न कसैलाई पनि पक्राउ नगरिएको प्रहरीले जनाएको छ ।
दुई साताअघि सर्लाही सदरमुकाम मलंगवामा कृष्ण जन्माष्टमीको मुर्ति सेलाउने क्रममा केही उच्छृंखल समूहले हिन्दु मुस्लिम बीचको साम्प्रदायिक सद्भाव विथोल्ने प्रयास गरेका थिए ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
6 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
9 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
23 दिन पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
2 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
2 महीना पहिले
संवाददाता
संवाददाता
