+977 9854027065 | akulpdsah@gmail.com

हरिवनमा आज (आईतवार) कर शिक्षा तथा अन्तरकृया कार्यक्रम सम्पन्न

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1044 Views

सन्जु कर्ण, सर्लाही,
सर्लाही, असोज २२ गते । सर्लाहीको हरिवनमा कर सेवा कार्यलय लालबन्दीको आयोजनामा कर शिक्षा तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
(आज) आईतवार उद्योग बाणिज्य सघ हरिवनको सहजीकरणमा नेवा सेवा समाज हरिवनको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा हरिओनका उद्योगी ब्यापारीहरुको सहभागिता रहेको थियो ।


कर शिक्षा तथा अन्तरकृया कार्यक्रममा कर दाता सेवा कार्यलय लालबन्दीका प्रमुख नविन सुवेदीले सहभागिहरुलाई सहजिकरण गरेका थिए । अन्तरकृया कार्यक्रममा सहभागि उद्योगी ब्यापारीहरुले करको बिषय तथा ब्यवसाय ब्यवस्थापनको बिषयमा जिज्ञासा राखेका थिए ।


उद्योग बाणिज्य सघ हरिवनका अध्यक्ष प्रयागराज पोतेको अध्यक्षता तथा करदाता सेवा कार्यलय लालबन्दीका प्रमुख सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यलयका नायक सुब्बा सुरेन्द्र मण्डल, प्राविधिक रोशन कार्की, उद्योग बाणिज्य सघ हरिवनका उपाध्यक्ष दिनेश के सी, सचिव निरन्जन साह, सदस्य राम प्रवेश दास, दिनोद महत,दिपक दहाल लगाएतको आतिथ्यता रहेको कार्यक्रम सचालक एव उद्योग बाणिज्य सघ हरिवनका सदस्य यूवराज भण्डारीले जानकारी दिए ।
यस क्षेत्रका उद्योगी तथा ब्यापारीहरुलाई कर सम्बन्धी शिक्षा तथा अन्तरकृयाका लागि उद्योग बाणिज्य सघ हरिवनले बर्षेनी यस्ता कार्यक्रम सचालन गर्दै आईरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

6 दिन पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

9 दिन पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

23 दिन पहिले

धनकौलका उखु किसान धर्नामा

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..

2 महीना पहिले

सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..

2 महीना पहिले