राममन्दिर क्षेत्र वेहुली झैं सजाईयो

कमल साह
जनकपुुरधाम,कार्तिक २ गते । श्री राम मन्दिर क्षेत्र बेहुली झैं श्रृंगारिएको छ । शरदीय नवरात्री आईतबारदेखि आरम्भ भएको देखि माता राजदेवी, अन्नपुर्णा माता र बौधी माताको गहवर तथा आंगनहरु वेहुली झैं श्रृंगारिएको छ ।
धार्मिक नगर जनकपुरधामको प्रमुख मन्दिर मध्येको एक रामदरबार, स्वर्णमण्डप नामबाट प्रचारित राममन्दिरको अर्को आंगनमा माता राजदेवी विराजमान छिन । माता राजदेवी प्रति आस्था र विश्वास जनकपुरवासीमा उम्रदै आएको ले सो क्षेत्र श्रद्धालु भक्तजनको लागि अचेल केन्द्रबिन्दु बन्दै छन ।
शरदीय नवरात्री अवसरमा जनकपुरधाम नगर क्षेत्रका युवा क्लबहरुले आ–आफ्ना नजिक रहेका शक्ति पीठहरुलाई गच्छ अनुसार सजाएका छन । राम मन्दिर क्षेत्र अहिल्ये जनकपुरवासीलाई भक्तिभाव आकर्षण गरिरहेको भान भईरहेका छन ।
राम मन्दिर क्षेत्र अन्तर्गत रहेको राजराजेश्वरी (राजदेबी) माता मंदिर परिसरलाई महावीर युवा कमिटीले र राम युवा कमिटी ले अन्नपूर्णा माता तथा बौद्धि माताको परिसरलाई बेहुली जस्तै सजाएका छन । राम मन्दिर क्षेत्रमा रहेको तीनवटै माता मंदिरमा पण्डाल बिजुली बत्ती तथा सेल्फी मोड लगायतका मनोरंजनको व्यवस्था गरिएको छ ।
महावीर र राम युवा कमिटीले नवरात्रीलाई उत्साहमय बनाउने प्रयास भई रहेको महावीर युवा कमिटीका अध्यक्ष अजय साह बताउनु हुन्छ ।
त्यस्तै जानकी मन्दिर छेउमा रहेको पल्टिमाईलाई यहाँका मिथिला समाजले, तेतरीमाई युवा कमिटीले तेतरीमाई,काली समाजले काली मंदिर, राजदेबी युवा क्लबले देवी चौक स्थितको राजदेबी मंदिर,सीताराम गौशाला ले फुलेश्वरी माई मंदिर, पिररीया समाज ले पिररीया मार्ई, सोना माईलाई सोही ठाउँका युवाहरुद्वारा सजाएका छन्् ।
उसैगरी जनकपुरधाम– २३ लादो स्थित सोनामाई युवा क्लबले सोनामाई मंदिरलाई, जउमनपा २ स्थित सोनावति माता मंदिरको बजरंग युवा कमिटीले सजाएका छन ।
त्यस्तै रामानन्द युवा क्लबले दुर्गा माताको प्रतिमा बनाएर दुर्गापूजा गर्दैछ ।
उसैगरी जनकपुरधाम– ७ स्थित बशिष्ट चौक,रजौल स्थित दुर्गा चौक र विद्यापति चौकमा दुर्गा माताको प्रतिमा निर्माणगरी दुर्गा पूजाको तयारी भईरहेको छ । तर, त्यसमा राजदेवी माता, बौद्धि माता र अन्नपूर्णा माताको मंदिर आकर्षणका केन्द्रबिन्दु छन् । दुर्गा पुजा अवसरमा यो स्थल पहिल्येदेखि नै केन्द्रबिन्दु भएको छ ।
राजदेवी मंदिरमा पर्दै आएको बोका वली यहाँका मुख्य आय रहेको बताउँदै बोका काट्ने,खुकुरीमा सान चढाउने, विजुली वत्तीसमेतको खर्च कटाएर महावीर युवा कमिटीको भागमा करिब ९ देखि १० लाख आउने अनुमान रहेको अध्यक्ष अजय साह थप्नुहुन्छ ।
बोका चढाउन आउनेहरुबाट प्रति बोका रु २०० लिईदै आएको छ । त्यसबाट खर्च कटाएर १० प्रतिशत राजदेवी मन्दिर निमार्ण कार्यको लागि र बाँकी रकमबाट राम र महावीर युवा कमिटीले आ–आफ्नो कोषमा आधा आधा रकम जाने प्राब्धान बनाएको छ ।
महावीरका अध्यक्ष साह भन्छन– हाम्रो संस्थामा साढे चार सय सदस्य रहेको र त्यसमा चार सय जति युवा व्यवसायी रहेको ले उनिहरु आ–आफ्नो संस्थाबाट समेत सहयोगगर्दै आएको ले यत्रो ठुलो खर्च धान्दै छौं ।
नवरात्राको अवसरमा राजदेवी माताको मंन्दिरमा तोरणद्वार बनाएको, विजुली बत्ति लगाएको, नवरात्रा भरिमा भजन संध्या कार्यक्रम जारी रहेको र नौ दिनसम्म महाप्रसाद कार्यक्रम भईरहेको उहाँ जानकारी गराउनु हुन्छ ।
त्यस्तै श्रीराम युवा कमिटीले अन्नपूर्णा (अमरखाना) माता र बौद्धी माताको गहवर सजाउने, नित्य पूजा आजा तथा श्रृंगार, भजन संध्या लगायतलाई निरंतर्ता दिएको छ ।
राम युवा कमिटीका अध्यक्ष परमेश्वर साह ले तोरणद्वार निर्माण, बिजुली बत्ति जडान,भजन संध्या कार्यक्रम तथा बौद्धि माता र अमरखाना मन्दिरमा दैनिक श्रृंगार पूजा आरती लगायतका खर्चमा सहयोगको लागि मेला लगाएको बताउनु हुन्छ ।
त्यस्तै जनकपुर उप महानगरपालिका वाड नंं ५ महावीर चौकदेखि पश्चिम रहिम पथमा रहेको माता तेतरीको पुजा भव्य रुपमा मनाइने छ । माता तेतरीको पूजनोत्सवका लागी स्थानीय युवाहरु एकवद्ध भई सजाएका छन । माता तेतरीको मन्दिर गल्ली भित्र रहेको हुनाले श्रद्धालु भक्तजन तथा दर्शन गर्ने दर्शनार्थीहरुका लागी व्यवस्थित बनाएको छ ।
जिवको वलि नलिने माता
जनकपुरधामको रामानन्द चोक स्थित नेपाल आपांग संघ हाता भित्रमा मनोकामना माता हो । प्रभावशाली माता मनोकामना लडु पेडा लगायतका मिष्टान्न तथा फल फूल मात्र चढाईने गरिन्छ ।
माता वैष्णवी भएको हुनाले माता मनोकामनामा खँसी,बोका लगायतका जिव वलि दिने चलन रहेको छैन । विरख कुटी अधिन अन्तर्गत रहेको सो जमिनमा स्थापित माता मन्दिरमा पहिला पहिला सो कुटीका पुजारी आएर नित्य पूजा अर्चागर्दै थियो । तर, अचेल अपांग संघ जनकपुरले पूजा पाठ गर्दैछन । सर्वमङ्गलमङ्गल्ये शिवे सार्वार्थसाधिके । शरण्ये त्र्यम्बके गौरि नारायणी नमोऽस्तु ते ।।
कमेन्ट गर्नुहोस्

वरिष्ठ पत्रकार नेपालीको स्मृतीमा टी २० क्रिकेट टुर्नाम..
कमल साहजनकपुरधाम, मसिंर २० गते । प्रेस स्वतन्त्रता सेनानी तथा बरिष्ठ पत्रकार राजेश्वर नेपालीको स्मृतीमा जनकपुर..
2 महीना पहिले
विवाह पंचमी महोत्सवमा ७२ क्वीन्टल अनाज निर्मित श्री सित..
कमल साहजनकपुरधाम, मंसिर २० गते । श्री राम जानकी विवाह पञ्चमी महोत्सवको अवसरमा अनाजबाट निर्माण भएको ११ हजार वर्गफ..
2 महीना पहिले
बेलाको ब्राण्डको घराइसी सामग्रीको शाखा आजबाट जनकपुरधाम..
कमल साहजनकपुरधाम,मंसिर १६ गते । ब्रिटिस ब्राण्ड बेलाको (British brand home appliances) शाखा कार्यालय अजाबाट यहाँ सुभारम्भ भएको छ । ज..
2 महीना पहिले
धनुषा क्षेत्र ३ मा भएको महासमिति निर्वाचनको परिणाम अनुस..
कमल साहजनकपुरधाम, मंसिर १६ गते । नेपाली काँग्रेस महासमिति सदस्य पदका लागि क्षेत्र नं. ३ को निर्वाचन परिणामले आजका ..
2 महीना पहिले
हरिवन नगरस्तरीय हाजिरी जवाफ प्रतियोगतिा सम्पन्न, महादे..
सन्जु कर्ण, सर्लाही, हरिवन, मंसिर १६ गते । हरिवनस्थित महादेव जनता नमूना माध्यमिक विद्यालय नगरस्तरीय अन्तर मावि हा..
2 महीना पहिले

