हरिवन नगरस्तरीय हाजिरी जवाफ प्रतियोगतिा सम्पन्न, महादेव जनता मावि पहिलो

सन्जु कर्ण, सर्लाही,
हरिवन, मंसिर १६ गते । हरिवनस्थित महादेव जनता नमूना माध्यमिक विद्यालय नगरस्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगितामा पहिलो भएको छ ।
सोही विद्यालयमा भएको अन्तर माध्यमिक विद्यालय नगरस्तरीय हाजिरी जवाफ प्रतियोगितामा अन्य ९ ओटा विद्यालयलाई उछिन्दै हरिवन ८ पुरानो बजारमा रहेको महादेव जनता नमुना मावि प्रथम भएको हो ।
प्रतियोगितामा हरिवनकै एम्बिसन एकेडेमी दोस्रो, सनराइज आवासीय माध्यमिक विद्यालय तेस्रो र अर्किड माध्यमिक विद्यालय चौथो भएको शिक्षा शाखा हरिवनले जनाएको छ ।
विजेता विद्यालयहरुले शिल्ड र सहभागी विद्यार्थीहरुले विभिन्न पुरस्कारसहित मेडल तथा प्रमाण पत्र प्राप्त गरेका छन् । त्यस्तै प्रतियोगितामा सहभागी हुने विद्यालय र विद्यार्थीलाई पनि प्रमाण पत्र वितरण गरिएको आयोजक शिक्षा शाखा हरिवनले जानकारी दिएको छ ।
हाजिरी जवाफ प्रतियोगितामा कक्षा १० सम्मका सबै विषयहरुबाट र समसायिक विषयहरु समेत समेटेर प्रश्न तयार गरिएको नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख रुस स्टालिन चौलागाईंले बताए ।
प्रतियोगिता ९ ओटा राउण्डमा सम्पन्न गरिएको थियो । प्रतियोगितामा ९० ओटा प्रश्न सोधिएको शिक्षा शाखा प्रमुख चौलागाईंले बताए । जसको अंक भार १÷१ कायम गरिएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि तथा वडा नम्बर ८ का वडाध्यक्ष प्रज्वल ढुंगानाले विद्यालयहरुमा गरिने हाजिरी जवाफ लगायतका कार्यक्रमहरूबाट विद्यार्थीहरूले आफू भित्र रहेको प्रतिभालाई पहिचान गर्न सक्ने बताए ।
उनले प्रतियोगिताले विद्यार्थीलाई निजामती क्षेत्रमा प्रवेश गर्न सहज बनाउने बताए । उनले हाजिरी जवाफ प्रतियोगिताले विद्यार्थीहरुको प्रतिभाको पहिचान गर्ने र उनीहरुको प्रतिभालाई उजागर गर्ने समेत बताए ।
हाजिरी जवाफ प्रतियोगितामा हरिवन नगरभित्रका सामुदायिक तथा नीजि गरी १० ओटा माध्यमिक विद्यालयहरुले सहभागीता रहेको थियो ।
नगर शिक्षा अधिकृत रुस स्टालिन चौलागाईंको अध्यक्षतामा तथा सामाजिक विकास समितीका हरिवन नगरका संयोजक प्रज्वल ढुंगानाको आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई सहायक प्रधानाध्यापक गिरिराज रानाले सञ्चालन गरेका थिए ।
कमेन्ट गर्नुहोस्

गुठी कार्यालय झण्डै तीस वर्षको चिरनिन्द्रबाट बिउझदा बे..
कमल साह जनकपुरधाम, असार १० गते । नापी कार्यालय धनुषा र गुठी संस्थान कार्यालय जनकपुरको कमि कमजोरीले आज बेला गाउँका ..
7 दिन पहिले
जनकपुरमा कलाकार अंशा सदाको रहस्यमय मृत्यु ः आत्महत्या क..
मिथिला जागरण समाचारदाताजनकपुरधाम, असाढ १० गते । कलाकारिता क्षेत्रमा चर्चित जोडी ‘कलकतियावाली’ उर्फ अविनाश झ..
7 दिन पहिले
नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाड..
मिथिला जागरण समाचारदाता काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो..
8 दिन पहिले
होटल व्यवसायीहरुको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने प्..
नारायण घिमिरेमहोत्तरी, असार ८ गते । मधेस प्रदेशका होटल सञ्चालकहरुको व्यवसायिक क्षमता अभिवृद्धि तथा होटेलको स्त..
9 दिन पहिले
संघीय निजामती सेवा विधेयकमा मधेशी समुदायको समावेशीताको..
प्रेमचन्द्र झा, काठमाडौं, असार ०३ गते । संघीय निजामती सेवा विधेयक, २०८२ मा मधेशी समुदायको निष्पक्ष, समावेशी र न्या..
14 दिन पहिले
संवाददाता
संवाददाता

