बरिस्ठ पत्रकार राजेश्वर नेपालीको स्मृतिमा आयोजित चौथ दिनको क्रिकेट खेलमा बेला टिम बिजय
कमल साह
जनकपुरधाम, मंसिर २३ गते । नेपाली पत्रकारिताका भीष्म पितामह प्रेस तथा प्रजातन्त्र स्वतन्त्रता सेनानी राजेश्वर नेपालीको स्मृतिमा जनकपुरधाम उप महानगरपालिका वडा नंं २३ बेलामा महामना राजेश्वर नेपाली टि–२० क्रिकेट प्रतियोगिताको चौथो दिनको खेलमा धनुषाको बेला क्रिकेट टिम १ विकेटले जीत हासिल गरेको छ ।
शनिवार धनुषाको बेला र जनकपुरधाम ८ बलवा क्रिकेट टिमबीच भएको खेलमा बेला क्रिकेट टिमले दिएको १५१ रनको लक्षयलाई पछ्याउँदै बलवा क्रिकेट टिमले १४२ रन बनाएर अल आउट भई सबै विकेट गुमाएर पराजित भएको थियो ।
टस जितेर पहिलो इनिङमा ब्याटिङ गरेको बेला क्रिकेट टिमले खेलेको आक्रामक खेल दर्शकहरुका लागि आकर्षण बनेको थियो ।
उक्त खेलमा म्यान अफ दी म्याच बेला क्रिकेट टिमका जगदीश मुखियालाई घोषित गरिएको थियो ।
आजै धनुषाको कनकपट्टी र प्रको महुवा बीच भएको खेलको पहिलो इनिङमा टस जितेर ब्याटिङ गरेको कनकपट्टी क्रिकेट टिमले १०५ रन बनाएर अल आउट भएको थियो ।
दोश्रो इनिङमा प्रको महुवा क्रिकेट टिमले मात्र ६३ रन बनाएर अल आउट भएपछि कनकपट्टी क्रिकेट टिम ४२ रनले जीत हासिल गरेको थियो ।
दोश्रो खेलको म्यान अफ दी म्याच कनकपट्टी क्रिकेट टिमका सञ्जीवलाई घोषित गरिएको थियो ।
दूधमती युवा क्लब वडा नंं २३ वेला जनकपुरधामको आयोजनामा जारी भएको प्रतियोगितामा धनुषा तथा महोत्तरी जिल्लाका गरी १६ टिमको सहभागिता रहेको छ । १३ दिनसम्म चल्ने प्रतियोगितामा विजय हासिल गर्नेका लागि प्रथम पुरस्कार ५५ हजार ५ सय ५५ र दोश्रो पुरस्कार २५ हजार ५ सय ५५ रुपैया , प्रमाण पत्र र कप रहेको आयोजक जनकपुरधाम उप महानगरपालिका वडा नं २३ का वडा अध्यक्ष राघबेन्द्र प्रसाद साहले बताउनुभयो ।
उहाँले महामना राजेश्वर नेपाली टी ट्वेन्टी क्रिकेट प्रतियोगितालाई आगामी वर्षहरूमा निरन्तरता दिने र उक्त खेल जनकपुरधामको बेला लादो अवस्थित १४ बिघा जग्गा रहेको राजेश्वर नेपाली खेलकूद मैदानमा आयोजना गरिने बताउनु भएको छ ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
6 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
9 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
23 दिन पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
2 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
2 महीना पहिले
संवाददाता
संवाददाता
